एएफसी छनोट : अन्तिम खेलमा नेपाल श्रीलङ्कासँग भिड्दै

असोज ५, २०७६

काठमाडौं–जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज (शनिवार) श्रीलङ्कासँग खेल्दैछ ।

जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल श्रीलङ्कासँग भिड्ने छ । 


ADVERTISEMENT

श्रीलङ्का विरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटामा बराबरी र दुई खेलमा पराजय भोगेको थियो ।

नेपाल जोर्डनसँग ७–० गोलले हारेको थियो भने कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजकिस्तानसँग ८–० गोलले पराजित भएको थियो ।
    
नेपाल एएफसी यु–१६ च्याम्पियनको छनोटबाट बाहिरिएको छ ।  श्रीलङ्का पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल रहेको समूह ‘ए’ मा जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छ ।  
 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस