सरकारी सुपथ मूल्य पसलमा संसदीय समितिको छापा

असोज १०, २०७६

काठमाडौं– सरकारले सञ्चालनमा ल्याएका सुपथ मूलय पसलमा संसदीय समितिले अनुगमन गरेको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले शुक्रवार सुपथ मूल्य पसलमा अनुगमन गरेको हो ।

समिति अन्तरगत गठित कार्यदलले दशैँ, तिहार र छठ पर्व लक्षित गरी सरकारले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलहरुमा अनुगमन गरेको हो ।


ADVERTISEMENT

अनुगमनका क्रममा सुपथ मूल्य पसलहरुमा त्यस्तो कुनै कैफियत नभेटिएको अनुगमन समितिले जानकारी दिएको छ ।

अनुगमनका क्रममा सुपथ मूल्य पसलमा दैनिक उपभोग्य सामग्रीको उपलब्धता रहेको, वास्तविक मूल्यमा १० देखि ३० प्रतिशतसम्म छुट गरी सामान बिक्री गरिएको पाइएको र टुकुचास्थित खसी बजार व्यवस्थित नभएको पाइएको कार्यदलले जनाएको छ ।

सरकारले दशैं, तिहार चाडपर्व लगायतका उपभोक्तालाई छुट दिने उद्येश्यले गत भदौ २३ गते देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । 

अनुगमनमा सांसदहरु कालीबहादुर मल्ल, विमला राई पौडेल र प्रमिलाकुमारी, समिति सचिव निर्मलादेवी लामिछाने (वस्ती) लगायतको सहभागिता रहेको थियो । रासस
 

असोज १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार