ट्वाइलेटमा तस्वीर नखिचाए पैसा नपाइने !

असोज २३, २०७६

काठमाडौं – वेडिङ फोटोशूटका लागि बेहुला र बेहुलीहरू उत्साहित हुन्छन् । तर भारतको मध्य प्रदेशमा उत्साह भंग हुने गरी दुलाहाहरूले ट्वाइलेटमा बसेर सेल्फी खिचाउनुपर्ने भएको छ । 

शौचालय निर्माणलाई प्रोत्साहन गर्न बेहुलाहरूले आफ्नो घरको ट्वाइलेटमा उभिएर फोटो खिचाउनुपर्नेछ । नत्र मुख्यमन्त्री कन्या विवाह योजनाअन्तर्गत दिइने ५१ हजार भारु दुलहीलाई दिइने छैन । 


ADVERTISEMENT

यस योजनाको आवेदन फार्म नै बेहुलाको घरमा ट्वाइलेट भए मात्र पाइन्छ । अधिकारीहरूले हरेक घरमा गएर शौचालय छ कि छैन भन्ने कुरा चेक नगरेर ट्वाइलेटमा उभिएका दुलाहाको फोटो मागिरहेका छन् । 

भोपालमा एक सामूहिक विवाह कार्यक्रममा बिहे गर्न लागेका एक व्यक्तिले भने, ‘ट्वाइलेटमा उभिएको तस्वीर मैले प्रस्तुत गरिनँ भने काजीले नमाज नपढ्ने मलाई बताइयो ।’

योजना प्रभारी सीबी मिश्राले शौचलायमा उभिएर दुलाहाले तस्वीर खिचाउनु कुनै गलत काम नभएको बताए । त्यो तस्वीर बिहेको कार्डमा छापिने त हैन नि, उनले भने । 

मुख्यमन्त्री कन्या विवाह योजना आर्थिक रूपमा पछि परेका वर्गका लागि हो । सरकारले योजनाको रकम २८ हजाबाट ५१ हजार पुर्‍याएपछि निवेदनको संख्या बढ्यो र अधिकारीहरूले घर घर गएर शौचालय निरीक्षण गर्न गाह्रो पर्‍यो ।

एजेन्सी
 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस