श्रवणशक्ति गुमाएकाहरूलाई संगीतको अनुभव दिलाउने वस्त्र बनाइयो (भिडियो)

असोज ३०, २०७६

काठमाडौं – वैज्ञानिकहरूले संगीतको आवाजलाई अनुभूतिमा परिणत गर्ने नयाँ कपडा बनाएका छन् । 

साउन्ड शर्ट नाम दिइएको यो वस्त्रमा १६ वटा सेन्सर फिट गरिएको छ । ती सेन्सरले संगीत बज्दै गर्दा शरीरभरि संवेदना उत्पन्न गर्छ र संगीत कार्यक्रममा गएका श्रवणशक्ति नभएका मानिसलाई अनुभूति दिलाउँछ । 


ADVERTISEMENT

उच्च प्रविधियुक्त शर्ट कम्प्युटर प्रणालीमा जोडिएको छ र यसले विभिन्न स्थानमा रहेका माइक्रोफोनको अडियो समात्छ र सुन्न नसक्नेहरूले पनि कन्सर्ट, सिम्फोनी र म्युजिकलको आनन्द लिन पाउँछन् ।

लन्डनमा रहेको कम्पनी क्युटसर्किटले साउन्ड शर्ट बनाएको हो । कन्सर्टमा गायिका केटी पेरीले लगाउने चम्किला कपडा यसैले बनाउँछ । 

साउन्डशर्टले बहिरा मानिसलाई छालामा संगीतको अनुभव गर्ने मौका दिन्छ र लाइभ सिम्फोनिक कन्सर्टको आनन्द उठाउने अवसर दिन्छ, क्युटसर्किटले व्याख्या गरेको छ ।

एजेन्सी
 

असोज ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस