×

NMB BANK
NIC ASIA

काठमाडौं – करीब ३ वर्षअघि गायक दुर्गेश थापाको एउटा गीत निकै चर्चित भयो– 'कि दुर्गेश रेलमा, कि दुर्गेश जेलमा ।

Muktinath Bank

सन् २०१६ को जुन २० तारिखमा दुर्गेशको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको भिडियो यो समाचार तयार पार्दासम्म ४३ लाख ६२ हजारभन्दा बढीपटक हेरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंमा अहिलेसम्म रेल त आएको छैन, दुर्गेश थापालाई भने आफ्नै अर्को एउटा गीतले प्रहरी हिरासत (जेल भने होइन) सम्म पुर्‍याएको छ ।


Advertisment
Nabil box
Kumari

किन पक्राउ परे दुर्गेश ?

Vianet communication

हिन्दू नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक तथा आध्यात्मिक पर्व तिहारलाई लक्षित गरी दुर्गेशले एउटा गीत निकालेका छन्– ‘ह्याप्पी तिहार, चिसो बीयर’ ।

तिहारजस्तो आध्यात्मिक पर्वमा बीयरको विज्ञापन गरेको भनेर सामाजिक रूपमा उनको आलोचना भइरहेकै थियो, यसबीचमा एक व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिए ।

गीतमा कानूनले बर्जित गरेको गाँजाको समेत प्रचार गरिएको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई मंगलवार नियन्त्रणमा लिएको छ ।

यद्यपि यो समाचार तयार पार्दासम्म दुर्गेशले उक्त गीत युट्युबबाट हटाइसकेका छन् ।

दुर्गेशलाई बालाजुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकूल थापाले जानकारी दिए ।

तिहारको उक्त गीतमा दुर्गेशले गाएका छन् –

डन आयो डन,
जा मूला भन्,
राजा हो राजा,
बजाइदिन्छ बाजा,
ए निकाल गाँजा,
खानुपर्छ आज !

गाँजा नेपालमा कानूनी रूपमै बर्जित छ ।

गीत हटाइसकेपनि उनीमाथि आवश्यक अनुसन्धान अघि बढ्ने एसएसपी थापाले लोकान्तरसँग बताए ।

गीत हटाउन तयार भएपछि उनी जेल नै त नजालान् तर उनले कमाएको प्रतिष्ठामा भने आँच पुगेको छ ।

तीजमा कमाएको लोकप्रियता दशैंमा आधा, तिहारमा खत्तम !

नेपाली हिन्दू नारीहरूको महान पर्व तीजलाई लक्षित गरी दुर्गेशले एउटा गीत बजारमा ल्याए– 'हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा' ।

तीज गीतको परम्परागत शैलीभन्दा केही बाहिर गएर ल्याइएको उक्त गीत दर्शकले निकै मन पराए ।

दुर्गेशकै च्यानलबाट अपलोड भएको उक्त गीत यो समचार तयार पार्दासम्म ९८ लाख २२ हजारभन्दा बढीपटक हेरिएको छ ।

त्यतिबेला निकै चर्चा कमाएको गीतलाई दुर्गेशले दशैंको अवधिमा 'छ माया छपक्कै' नामक फिल्म प्रमोशनमा प्रयोग गरे ।

उक्त कुरा धेरै दर्शकले मन पराएनन् । अझ 'यसपालि त दीपाश्री ब्याउने कुरा छ' भन्ने वाक्यांशको त चर्को आलोचना पनि भयो ।

तीजमा दुर्गेशले कमाएको लोकप्रियता दशैंमा आइपुग्दा आधा भइसकेको थियो ।

त्यसबाट पनि पाठ नसिकी दुर्गेशले कानूनलाई नै चुनौती दिँदै अराजक शैलीको गीत निकाले, जसले उनलाई प्रहरी हिरासतसम्म पुर्‍याएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x