×

NMB BANK
NIC ASIA

सवारी दुर्घटनामा दुईको मृत्यु

कात्तिक ५, २०७६

NTC
Premier Steels

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपा र रोशीखोलामा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Muktinath Bank

    प्ररहीका अनुसार बनेपा नगरपालिका वडा नं ७ स्थित चारदोबाटो चोक नजिकै कृष्णप्रसाद अस्पताल अगाडि आज बेलुका बोलेरोले रोकी राखेको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा१८च ३९५२ नंको महेन्द्र बोलेरो गाडीले रोकिराखेको बा५०प ४४४७ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार पाँचखाल नगरपालिका–७ बस्ने ४० वर्षीया सीता काफ्ले घाइते भई उपचारका लागि शिरमेमोरियल अस्पताल बनेपामा लगिएकामा उहाँको उपचारका क्रममा मृत्यु भएको हो ।


Advertisment
Nabil box
Kumari

    मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Vianet communication

    यसैबीच आज बिहान काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ ल्हासकोटस्थित सडकमा एम्बुलेन्स अनियन्त्रित भई दुर्घटनामा घाइते भएका सिराहा जिल्ला कर्जनाद नगरपालिका–७ का वर्ष ७२ को शोभित साहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार सिराहा जिल्ला कर्जनाद नगरपालिका–७ घर भएकी ६० वर्षीया गङ्गादेवी साह मुटुसम्बन्धी बिरामी भई स१च ११९१ नंको एम्बुलेन्समा सिराहाबाट बिहान शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा ल्याइको र उपचारका क्रममा मृत्यु भएपछि शव लिएर फर्कने क्रममा नमोबुद्ध नगरपालिका–५ ल्हासकोटस्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा छ जना घाइते भएका थिए ।

    घाइतेमध्ये गम्भीर रहेका साहको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारका क्रममा मृत्यु भएको गिरीले बताउनुभयो । गाडीका चालक धनुषा जिल्ला मिथिला नगरपालिका–७ बस्ने २६ वर्षीय देवराज श्रेष्ठलाई उपचारपश्चात् घर पठाइको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा राखेर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    घटनामा घाइते भएका मृतक साहको छोरा ४३ वर्षीय देवकुमार साहको दाहिने खुट्टा र हातमा सामान्य चोट लागेको, देवकुमार साहका श्रीमती ३५ वर्षीया निलुकुमारी साहको कम्मरमा सामान्य चोट रहेको, सोही ठाउँका ५६ वर्षीय श्रीराम साहको बाँया खुट्टामा सामान्य चोट लागेको र अन्य एक जना भने सामान्य घाइते भएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x