×

NMB BANK
NIC ASIA

बङ्गाली स्वरमा ‘कलकत्ते काईंयो...’

फागुन ११, २०७६

NTC
Premier Steels

बङ्गाली स्वरमा ‘कलकत्ते काईंयो...’
कलकत्ते काईंयो
केश मेरो बाङ्गो टेबलमा ऐना छ
पिरती मैले नलाको हैन 
तकदिरमा रैनछ...
धानकै बाला झुलाउँला
मायालाई बोलाउँला...


नेपालीले झैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर बङ्गली कलाकारले जब मञ्चमा स्वर भरे, तब खुट्याउनै गाह्रो भो । धक फुकाएर लोकलयमा नेपालको चर्चित गीत प्रस्तुत गर्दा माहोल नै नेपालमय बन्यो । 

Muktinath Bank

नेपाली मौलिक पोशाकमा ठाँटिएका बङ्गाली कलाकारले नेपाली झैँ हाउभाउसमेत लोकलयमै अभिव्यक्त गरे । गीतको रसमा डुब्दै दर्शकले हात र कम्मर हल्लाउँदै कलाकारलाई साथ दिएको दृष्य निकै लोभलाग्दो देखिन्थ्यो । केही बेरमा फेरि अर्को चर्चित नेपाली गीतको धुन बज्यो ।

रेशम फिरिरि, रेशम फिरिरि
उडेर जाउँ कि डाँडामा भञ्ज्याङ
रेशम फिरिरि...


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस गीतमा बङ्गाली कलाकारसँगै हलमा उपस्थित सबै एकैसाथ गाउन थाले । सिङ्गो हल नै बेसरी गुञ्जियो । लाग्थ्यो कुनै ठूलै साङ्गीतिक अभ्यास चल्दैथियो । ढोलक, मादल, सारङ्गी र टुङ्नाको धुनले जति गीतमा रस भरेको थियो, त्यति नै विदेशी कलाकारको उत्साहित आवाजले थप सुमधुर बनाएको थियो ।


Advertisment
Nabil box
Kumari

गीतमा रम्दै नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते शाम्सले फुरुङ्ग हुँदै तालीले गीतको प्रशंसा गरे। रौसिएका कलाकार झन मग्न भएर झुम्न थाले । कालजयी र विश्व चर्चित यो गीत हरेक विदेशी र स्वदेशीको कण्ठमा बसेको छ । कतिपय विदेशीले यस गीतको लय र सङ्गीतको रसलाई आफ्नै सुरमा रेकर्ड गर्न भ्याएका छन् । दर्शकले सेल्फी खिचेर चिनो राखे ।

Vianet communication

नेपाली कलाकार पनि बङ्गाली गीत गाएर पाहुनालाई मख्ख पारे । फरक भाषा, सङ्गीत र सुरको धुनमा ‘सोनो सोनो, बकुल फूल बकूल फुल, बउल सङ, लोक बोले बोले रे, मधु होइ होइ..’ गीत संयुक्तरुपमा पस्किए । बङ्गलादेशी कलाकारलाई नेपालीले लय मिलाउन साथ दिए । पालैसँग कला संस्कृतिको साटासाटसँगै साङ्गीतिक साटफेरमा कलाकार रमे । हलमा दुई देशका कलाकार थिए भन्ने कसैले भेउ पाउन सकेनन् । बङ्गलादेशका कलाकारले वीर रसले ओतप्रोत क्रान्ति र स्वाधीनताका गीत गाएर दर्शकमा थप ऊर्जा भरे । 

नेपाल र बङ्गलादेश युवा सम्मेलनका लागि काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा सहभागी दुई देशका १०० बढी युवाले शनिबारको संयुक्त सांस्कृतिक कार्यक्रममा दर्शक दीर्घाबाटै संयुक्त नृत्यको साथ पाए । दर्शक गीत सङ्गीतको तालमा झुम्न थाले । भाषा नबुझे पनि सङ्गीतको इशारा काफी बन्यो । कलाकारले संयुक्त बाजामा दुई देशका गीत संयुक्तरुपमै सुनाए । बङ्गाली गीतमा नेपालीले नाचेर साथ दिए भने नेपाली गीतमा बङ्गलीले । गायक, गायिका र सङ्गीत भने संयुक्त थियो । झण्डै एक दर्जन गीतमा यो क्रम जारी नै रह्यो । 

यस्ता कार्यक्रमले जनस्तरबाटै दुई देशको सांस्कृतिक सम्बन्ध थप बलियो हुने राजदूत शाम्सले बताउनुभयो । अघिल्लो दिन शुक्रबार नै कलाकारले एकअर्काका गीतको अभ्यास गरेकाले उनीहरुले उक्त स्टेजमा सहजसँग गीत पस्किए । संयुक्त प्रस्तुतिमा दुवै देशका कलाकारको राम्रो सहकार्य थियो । अझै नेपाली मौलिक पोशाकमा सजिएका बङ्गाली कलाकारको चमक बेग्लै देखिन्थ्यो । नेपाल–बङ्गलादेशको भाषा, संस्कृति, रहनसहन, भौगोलिक अवस्था र खानपानसमेत मिल्दोजुल्दो छ । विकासका दृष्टिमा पनि उस्तैउस्तै छ । त्यसैले सम्मेलनका सहभागिता पनि फरक देखिँदैनथ्यो ।

कलाकारले अघिल्लो दिन चन्द्रागिरि गएर नेपाली र बङ्गाली गीतको संयुक्त अभ्यास गरको थिए । शुक्रबार साँझ नेपालस्थित बङ्गलादेशी दूतावासमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाले एकअर्काका गीत सङ्गीतको प्रस्तुतिमा निखारता थियो । 

सांस्कृतिक कार्यक्रममा बङ्गलादेशबाट कलकार मसुद आलम (दोतारा), अनुपम विश्वास (दोतारा), एसके आवु जाफोर (बाँसुरी), बाउल गारिब, मोक्तर, कालिम शाह (ढोलक), शेख दिना (एकतारे), अब्दुल अल ममुन, अवन्ती, मेहरिन मसुद, माहिर मसुदलगायत सहभागी थिए । धेरै कलाकार बङ्गलादेश टेलिभिजनका थिए । उनीहरुलाई नेपाली कलाकार गायिका कृतिका राईसहित विशाल नकर्मी (सारङ्गी), अस्मिता भट्टराई (सारङ्गी), सुमन कश्यप (मादल), सुमन नगरकोटी (मादल), उपेन्द्र शाही (टुङ्ना) ले साथ दिएका थिए ।

सबै गीतमा दुवै देशका दर्शक बसेकै स्थानबाट नाचेर साथ दिए भने तालीसँग ‘वान्स मोर’को हुटिङ गरिरहे । हलमा दुई देशका प्रतिनिधिको छनक थिएन । उनीहरुले एकअर्काका संस्कृति साटासाट गरेको हलमा प्रष्ट देखिन्थ्यो । यस्ता कार्यक्रमले संस्कृति साटासाट, एकअर्कामा भाइचाराको विस्तार र दुई मुलुकबीचको जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने सम्मेलन आयोजक समितिका संयोजक अभिनभ चौधरी बताउनुहुन्छ । 

युवा विकास केन्द्र, सरसफाइ, वातावरण तथा ऊर्जा नेपाल, दक्षिण एशिया पाटनरसीप (साप) नेपालको आयोजना तथा नेपालस्थित बङ्गलादेश राजदूतावासको समन्वयमा शनिबारदेखि जारी दुईदिने तेस्रो ‘नेपाल बङ्गलादेश युवा सम्मेलन’मा दिगो विकास लक्ष्य, उद्यमशीलता, सामाजिक विकास, जलवायु परिवर्तन, सुशासनलगायत विषयमा छलफल भइरहेको छ । सम्मेलनको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गर्नुभएको थियो । नेपाल र बङ्गलादेशबीच हरेक वर्ष यस्ता पाँच/सात सम्मेलन हुँदै आएको आयोजक समितिका सल्लाहकार पदमराज जोशीले बताए। जोशीले यस्ता संयुक्त कार्यक्रमले सांस्कृतिक सम्बन्धको विकाससँगै जारी नेपाल भ्रमण वर्ष सफल बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताए । नारायण ढुङ्गाना,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x