×

NMB BANK
NIC ASIA

राजनीतिमा नातावाद

राजेन्द्र महतोको परिवार मोह : ज्वाइँदेखि भतिजासम्मका नातेदारलाई पदै–पद !

फागुन २३, २०७६

NTC
Premier Steels

२ नम्बर प्रदेशका सभामुख सरोजकुमार यादवका राजनीतिक सल्लाहकारमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका ज्वाइँ अनिलकुमार महासेठलाई नियुक्त गरिएको छ ।

Muktinath Bank

विगत ५ महिनादेखि सल्लाहकार पद रिक्त रहेका बेला सभामुख यादवले महासेठलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले महासेठको नियुक्ति भएको पुष्टि गरे । २०७६ माघमा उनको नियुक्ति भएको यादवले बताए । महासेठले मासिक ३० हजार ५०० रुपैयाँ पारिश्रमिक पाउनेछन् ।


Advertisment
Nabil box
Kumari

महासेठ सिरहा जिल्लाका वासिन्दा हुन् । उनले महतोकी छोरी अन्जु महतोसँग बिहे गरेका छन् । महतोका छोरा राघबेन्द्र महतोले राजनीतिमा त्यति चासो देखाएका छैनन् ।

Vianet communication

राजनीतिक उत्तराधिकारीका रुपमा स्थापित गर्ने प्रयास स्वरूप महतोले ज्वाइँलाई सल्लाहकार बनाएको हुनसक्ने आकलन राजपाभित्र गर्ने गरिएको छ । काठमाडौंमा पनि महासेठ महतोसँगै उनकै घरमा बस्ने गर्छन् ।

ज्वाइँ भएकै कारण सभामुखको सल्लाहकार बनेको नभएर कानून निर्माणमा योगदान गर्न सकूँ भनेर पार्टीको निर्देशनानुसार सल्लाहकार बनेको महासेठ बताउँछन् । ‘पदकै लागि सल्लाहकार बनेको होइन,’ महासेठले लोकान्तरसँग भने, ‘पद नै चाहेको भए प्रदेश सरकारबाट मनोनयन हुने जुनसुकै राजनीतिक नियुक्ति लिइसकेको हुन्थें ।’ कानून बनिसकेपछि पनि संशोधन गर्न समस्या आउन सक्ने हुनाले निगरानी साथ प्रदेशको हितमा कानून निर्माण गर्ने उद्देश्यले सभामुखको सल्लाहकारमा नियुक्त भएको उनले बताए ।

राजपामा उनी केन्द्रीय सदस्य छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको उनले बताए । ‘शुरूमा नेपाल बिद्यार्थी संघको राजनीति गर्दै आएको थिएँ,’ महासेठले भने, ‘२०६३ सालको मधेश आन्दोलनपछि सद्भावना पार्टीमा आवद्ध भएको थिएँ ।’ आफ्नो मनोनयन राजनीतिक कार्यकर्ताकै हैसियतमा भएको उनले दाबी गरे ।

‘महासेठको मनोनयनभन्दा पनि राजनीतिक रुपमा पीडित भएका नेतालाई मनोनयन गरेको भए पार्टीको हितमा हुन्थ्यो,’ राजपा अध्यक्ष मण्डल धनुषाका एक जना सदस्यले भने, ‘उहाँ त अध्यक्षज्यूको किचेन क्याबिनेट नै हुँदा त्यसै शक्तिशाली हुनुहुन्थ्यो ।’ राजपा नेपालभित्र राजनीतिक हैसियत एउटा केन्द्रीय सदस्यको मात्र भएकाले राजनीतिक रुपमा उनको कद बढाउन अध्यक्ष महतोले मनोनयन गराएको हुनसक्ने उनले बताए ।

सभामुख यादव राजपा नेपालका तर्फबाट सांसद बनेका हुन् । उनी साविकदेखि नै महतोले नेतृत्व गर्दै आएको सद्भावना पार्टीमा थिए । यसअघि २०७५ भदौ १ गतेदेखि लागू हुने गरी राजपा अध्यक्ष मण्डलका धनुषाका सदस्य सञ्जयकुमार सिंहलाई नियुक्त गरिएको थियो । मासिक ३० हजार ५०० रुपैयाँ पारिश्रमिकबापत उनले बुझ्दै आएका थिए तर २०७६ भदौ महिनामा अचानक उनले राजीनामा गरेका थिए ।

‘राजनीतिक काम गर्न समस्या भएको थियो, जनतासँग सम्पर्कविच्छेद हुन गएर एक खाले उकुसमुकुस थियो,’ सिंहले लोकान्तरसँग भने, ‘मन नलागेपछि राजीनामा गरेको हो ।’ 

सिंहले सल्लाहकारको पदबाट राजीनामा गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा अस्पताल विकास समितिको अध्यक्षमा मनोनित भएका छन् । राजेन्द्र महतो निकट नै रहेका सामाजिक विकास मन्त्री नबल किशोर साहले उनलाई अस्पतालमा मनोनयन गरेका हुन् । ‘अब अस्पतालमा जनताको सिधा काम गर्न पाएकाले खुशी छु,’ सिंहले भने ।

महतोको परिवार मोह 

पटक–पटक सांसद तथा मन्त्री समेत बनिसकेका महतोमा परिवार मोह उजागर भएको छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनले पत्नी शैलदेवी महतोलाई तत्कालीन सद्भावना पार्टीको तर्फबाट समानुपातिक सभासद् बनाएका थिए । महतो ३ दाजुभाइ छन् ।

जेठा दाजु महेन्द्र महतो सुडीलाई स्थानीय तहको निर्वाचनमा राजपाको तर्फबाट सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्ष पदका लागि टिकट दिएका थिए । उनी निर्वाचित भएर गाउँपालिका अध्यक्ष छन् ।

पछिल्लो प्रतिनिधिसभा चुनावमा उनी आफैं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार उठेपछि सर्लाहीको क्षेत्र नम्बर १(१) बाट प्रदेशसभा भतिजा उपेन्द्र महतोलाई टिकट दिएका थिए । प्रतिनिधि सभामा धनुषाबाट उनी आफैं र प्रदेश सभामा सर्लाहीबाट उनका भतिजा पनि निर्वाचित भए ।

विगतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएको बेला महतोले अर्का दाजु जोगेन्द्र महतोलाई समेत राजनीतिक नियुक्ति गरेर लाभका पद दिलाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

बैशाख २४, २०८१

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् ।  देउवाले एमालेसँ...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x