×

NMB BANK
NIC ASIA

दुःखका साथी स्थानीय सरकार र सुरक्षाकर्मी

बैशाख ११, २०७७

NTC
फाइल फोटो
Premier Steels

सुनसरीका ताङचुक बासुक मियाँ ३ महिनादेखि सुर्खेतमा मजदुरी गर्थे । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि १५ दिन विना काम बस्नुपर्दा भोकै बस्ने अवस्था आएपछि प्रहरीलाई गुहारे ।

Muktinath Bank

उनको अवस्था बुझेपछि सुर्खेत प्रहरीको सहयोगमा सुनसरी जानका लागि उनी ३ घण्टामा कोहलपुर पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म यता लकडाउनमा परें । २ छोरा भारतमा लकडाउनमा छन् । श्रीमती बिरामी परेकी थिइन् । धेरै गुहार गरेपछि प्रहरीले मेरो समस्या बुझ्यो । निकै खुशी लाग्यो,’ कोहलपुरको चौराहामा भेटिएका उनले भने । उनलाई चौराहाबाट स्थानीय सरकार र प्रहरीको समन्वयमै बुटवलसम्म पुर्‍याइएको थियो । 


Advertisment
Nabil box
Kumari

जाजरकोटकी रुपा विक पनि गत चैत ७ गते उपचारका लागि नेपालगञ्ज आएकी थिइन् । यहाँ पुगेको केहीदिनमै लकडाउन भएपछि लामो समयसम्म सपरिवार होटलमा बसिन् । कोहलपुर चौराहामा भेटिएकी उनले भनिन्, ‘उपचार भएन । अलिअलि भएको पैसा पनि सकियो । खान समस्या भएपछि हाम्रो स्थानीय सरकारले जाजरकोटबाट गाडी पठाएको छ, यसैले यहाँका आएका हौंं ।’

Vianet communication

उनका अनुसार उनीहरूजस्तै अलपत्र परेका नागरिकलाई स्थानीय सरकारले सहयोग र उद्धार गरेर घरसम्म जाने वातावरण बनाइदिएको छ । नेपालगञ्जबाट कर्णाली तथा सुदूरपश्चिम दैनिक जाने ५ सयभन्दा बढी छन् ।

कोरोना भाइरसको त्रासबीच आफ्नो घर पुग्न भोकभोकै पैदल हिँडेर जान थालेपछि सुरक्षा निकाय र स्थानीय सरकारले उनीहरुलाई सहजरुपमा घरसम्म पुग्ने वातावरण निर्माण गरिरहेका छन् । लकडाउनमा हजारौं किलोमिटर हिँडेर जान थालेपछि अलपत्र र बेवारिसेलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन थालिएको हो ।

स्थानीय सरकारले १ हप्तादेखि बन्दाबन्दीका मारमा परेका नागरिकको उद्धार तथा व्यवस्थापनलाई तीव्रता दिएका छन् । नेपालगञ्जबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा जाने नागरिकलाई गन्तव्यमा पठाउने गरिएको हो । पूर्वपश्चिम राजमार्गको चौराहामा कोहलपुर नगरपालिकाले खाना खाने व्यवस्थासमेत मिलाएको छ । 

नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरले अनिवार्यरुपमा स्वास्थ्य जाँच गर्ने तथा सम्बन्धित स्थानमा पठाउन सहयोग समन्वय  गरिरहेका छन् । नगरपालिकाका प्रमुख लुटबहादुर रावतले महामारीका समयमा अपलपत्र नागरिकको उद्धारलाई मुख्य प्राथमिकता दिइएको बताए । उनले छिमेकी गाउँपालिकाको सहयोग तथा सुरक्षा निकायको समन्वयमा नागरिकलाई गन्तव्यमा पुर्‍याउने काम भइरहेको बताए ।

‘हामीले नगरपालिकाभित्र राहत वितरणसँगै बाहिर जानेहरुलाई उद्धार गरिरहेका छौं । चौराहामा हेल्थ डेस्कको स्थापना गरेर अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । यस्तो अवस्थामा कोही पनि नागरिकले दुःख नपाऊन्, भोकै नबसून् भनेर सक्रिय छौं,’ उनले भने ।– काशीराम शर्मा/रासस 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x