कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बैशाख २८, २०७७
वैशाख २६ गते कोशी अस्पताल विराटनगरमा अनौठो दृश्य देखियो । विराटनगरको मुस्लिम समुदायका अगुवाहरू कोशी अस्पताल विराटनगरमा पुगेका थिए ।
सबै जनाको हातमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. संगीता मिश्रलाई शुक्रिया कागजमा लेखिएको ब्यानर थियो । त्यसदिन कोरोना संक्रमित भएका ९ जना दोस्रोलटमा अस्पतालबाट डिस्चार्ज हुँदै थियो ।
डिस्चार्ज भएर आएका व्यक्तिहरूले समेत डा. मिश्रलाई धन्यवाद दिएका थिए ।
उपचारमा खटिने चिकित्सकलाई त्योभन्दा ठूलो उपहार के पो हुन सक्छ ? समाजमा कोरोना संक्रमणलाई लिएर ठूलो त्रास रहेका बेला संक्रमितहरूको हेरचाह तथा उपचार गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी अहिले फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन् ।
सोही क्रममा मोरङको विराटनगरमा समेत कोशी अस्पतालले कोभिड– १९ विशेष अस्पताल सञ्चालनमा ल्याएको छ, जसको अगुवाई एक महिला चिकित्सक डा. संगीता मिश्रले गरिरहेकी छिन् ।
उनी उक्त अस्पतालको प्रमुख कन्सलटेन्ट तथा वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ रहेकी मिश्रको कुशल व्यवस्थापन गरिरहेकी छन् ।
हालसम्म कुल ३५ जना कोरोनापोजेटिभ भएका बिरामीहरूको उनले उपचार गरिरहेकी छिन् । भोजपुरका १ जना, झापाका २ जना र बाँकी सबै उदयपुरका रहेको उनले बताइन् ।
जसमध्ये वैशाख २४ गते पहिलो लटमा ६ जना र वैशाख २६ गते ८ जना गरेर कुल १४ जना उपचारपश्चात निको भएर घर फर्किसकेका छन् । पहिलो लटमा डिस्चार्ज भएका ६ जना भारतीय नागरिक तथा जमाती थिए भने दोस्रो लटमा डिस्चार्ज हुने ८ जनामध्ये १ जना भारतीय जमाती तथा ७ जना नेपाली नागरिक थिए ।
‘डिस्चार्ज भएर जाने बिरामीहरूले आफूलाई मोबाइलमा एसएमएस गरेर जिन्दगीमा कहिल्यै पनि नबिर्सिने तथा कहिल्यै कुनै काम परे सम्झनुहोला भनेर म्यासेज पठाउने गरेका छन्,’ मेसु मिश्रले लोकान्तरसँग भनिन्, ‘कोरोनाका बिरामी भर्ना गरेर उपचार गर्दै निको बनाएर डिस्चार्ज गर्न पाउँदा निकै खुशी लागेको छ ।’
उपचारमा संलग्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल समेत बढ्दै गएको छ ।
शुरूमा भारतीय जमातीले सहयोग नगर्लान् कि भन्ने एक किसिमको मनोविज्ञान सबैमा थियो, तर पछि सबै सामान्य हुँदै गएको छ ।
‘भारतीय जमातीहरू पढे लेखेका भएका कारण काउन्सिलिङ गर्न तथा कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री पत्ता लगाउन समेत सहज भएको थियो,’ उनले भनिन्, ‘वैशाख ५ गाते पहिलो दिन उयदयपुरका संक्रमित बिरामीहरूलाई अबेर राति म आफैंले रिसिभ गर्दाको त्रास र अहिले डिस्चार्ज हुँदै जाँदाको अवस्था हेर्दा हामी सबै जनाको मनोबल उच्च भएको छ ।’
अहिलेसम्म भर्ना भएका बिरामीहरूमध्ये कुनै पनि बिरामीमा क्रिटिकल समस्या थिएन । ६० वर्षको उमेरभन्दा माथि ६ जना बिरामी थिए । कुनैमा उच्च रक्तचाप, कुनैमा मधुमेहजस्ता रोग पहिलेदेखि नै भएका कारण चिन्ता पनि लागेको थियो ।
‘विशेष उपचार केही गरिएन, मधुमेह भएका मानिसलाई मधुमेह तथा ब्लड प्रेसर भएका मानिसलाई ब्लड प्रेसरको औषधि चलाएका थियौं,’ उनले भनिन्, ‘आईसीयू तथा भेन्टिलेटर सहितको तयारी गरेर राखिएको भएपनि हालसम्म कुनै पनि बिरामीलाई उक्त वार्डमा राख्नुपरेको छैन ।’
कतिपय ठाउँमा बल्ल आएर कोरोनाको उपचारका लागि अस्पतालहरू तयारी गरिरहेको अवस्थामा उनी भने पहिलेदेखि नै सचेत तथा तयार थिइन् । महोत्तरीको पिपरा गाउँपालिका घर भएकी डा. मिश्रले कोरोना सामना गर्नका लागि फागुन महिनामा नै तयारी थालेकी थिइन् ।
कोशी अस्पतालमा अन्य बिरामीहरूको उपचारलाई निरन्तरता दिँदै उनले साल्ट ट्रेडिङको दुईतल्ले भवनमा कोभिड विशेष अस्पतालको पूर्वाधार निर्माण गरिन् । एउटा ठूलो हलसहित २२ वटा कोठामा कूल ७० वटा शय्याको व्यवस्थापन गरेकी थिइन् ।
उनले कोरोना अस्पतालमा डाक्टर दीप सिग्देलको संयोजकत्वमा डाक्टर डेनप्रसाद आचार्यसहितको टोली फ्रन्टलाइनमा परिचालन गरिन् ।
यस्तै डा. भुपेशमान राजभण्डारी, डा. हरि खनाल, डा. त्रिनेत्र कर्ण, डा. प्रमोद साहको टोली पनि कोरोना संक्रमितको उपचारमा खटिएका छन् । कुल ७२ जना चिकत्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई उनले खटाएकी छन् । व्यवस्थापकीय हिसाबले पनि डाक्टरको टीमले राम्रो काम गरेको उनको प्रतिक्रिया छ ।
‘शुरूमा हामीलाई केही थाहा थिएन, डाक्टर दीपक सिग्देल, डाक्टर डेनप्रसाद आचार्यको टीमले प्रत्येक दिन कोरोनाबारे अध्ययन गर्दै खटिएपछि अहिलेको रिजल्ट आएको हो,’ मिश्रले भनिन्, ‘एकदम विषम परिस्थिति थियो, त्रासको माहोल थियो, रोगको प्रकृति पनि थाहा थिएन ।’
जनस्वास्थ्यमा स्नातकोत्तर समेत गरेका कारण अहिलेको महामारी व्यवस्थापन गर्न सहज भएको उनी बताउँछिन् ।
शुरूका १५ दिन कोभिड अस्पतालको सम्पूर्ण व्यवस्थापन कोशी अस्पतालकै जनशक्तिबाट गरिएको थियो ।
‘एकपटकमा २६ जनाको जनशक्ति कोभिड अस्पतालमा खटिएको हुन्छ, त्यो जनशक्ति १४ दिनका लागि क्वारेन्टाइनमा जानुपर्ने हुन्छ,’ मिश्रले भनिन्, ‘एक हप्ता काम गरेपछि ३ हप्ता काम रोकिने भएपछि प्रदेश सरकारसँगको समन्वयमा करारका ५० प्रतिशत र कोशी अस्पतालका ५० प्रतिशत जनशक्ति परिचालन गरी काम अघि बढाइएको छ । ’
को हुन् मिश्र ?
भारतको झारखण्डस्थित राँचीमा जन्मिएकी मिश्र नेपालकी बुहारी हुन् । हाल उनको घर नेपालको महोत्तरीस्थित पिपरामा छ । एमबीबीएससम्मको अध्ययन उनले भारतको राँचीबाट गरिन् ।
सन २००५ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उनले एमडी गरिन् ।
उनले सन २००९ मा अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयबाट पूर्ण छात्रवृत्तिमा ‘मास्टर्स इन पब्लिक हेल्थ’ गरेकी छिन् । त्यसअघि नै उनले विद्यावारिधि गरिसकेकी थिइन् ।
‘यहाँको स्वास्थ्य सेवा र नागरिकमा स्वास्थ्य पहुँचका विषयमा म जानकार नै थिएँ, अमेरिकामा अध्ययन पूरा गरेपछि मलाई नेपालमै काम गर्ने सोच थियो र म नेपाल आएँ,’ उनले भनिन् ।
वि.सं. २०६९ सालमा ‘फस्र्ट क्लास अफिसर’मा डा. मिश्रको नाम निस्कियो । सरकारी सेवामा प्रवेश भएसँगै उनको पोस्टिङ काठमाडौंको प्रसूती गृहमा भएको थियो, तर उनले आफ्नै इच्छाले कोशी अञ्चल अस्पताल विराटनगर रोजिन् ।
स्त्री तथा प्रसूती रोग विशेषज्ञको रूपमा उनले काम गरिन् । काम गर्दै जाँदा उनलाई उक्त विभागको प्रमुख नै बनाइयो । लामो समय प्रसूती विभाग प्रमुखको रूपमा काम गरेकी मिश्रले पछिलो ३ महिनादेखि कोशी अस्पताल विराटनगरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको रूपमा नेतृत्व गरिरहेकी छन् ।
उनको बिहे नेपालकै महोत्तरीको पिपरामा राकेश मिश्रसँग भएको छ । श्रीमान मिश्रसहित घर परिवारका सदस्यले शुरूदेखि नै साथ र प्रेरणा दिइरहेका कारण अहिले पनि महामारी व्यवस्थापनमा भरपूर सहयोग पाएको उनी बताउँछिन् ।
‘प्रदेश सरकार, संघीय सरकारदेखि समन्वय गर्नुका साथै कोशी अस्पतालमा नै कोरोनाको ल्याब समेत स्थापन भएको हुँदा ल्याबमा हुने गरेको परीक्षण र अन्य निकायसँग समन्वय गर्दा फुर्सद नै हुँदैन,’ मिश्रले लोकान्तरसँग भनिन्, ‘अहिले त मुश्किलले ५ देखि ६ घण्टा जति पनि आराम गर्ने मौका पाइएको छैन ।’
बिहान अस्पताल पुगेपछि राति घर फर्किने समयको कुनै ठेगान नै हुँदैन । कुनै–कुनै दिन त रातिको २ बजेसम्म पनि अस्पतालमै बस्नुपर्ने बाध्यता हुने गरेको उनले बताइन् ।
कोरोनाको उपचारसँगै कोशी अस्पतालको अन्य सेवाहरू समेत सुचारू राखेकाले त्यसको समेत व्यवस्थापन समेत गर्दै आएको उनले बताइन् । एउटा चिकित्सक तथा अस्पताल प्रमुखको रूपमा यस्तो महामारीको व्यवस्थापन गर्ने अवसर प्रदान गरेकोमा प्रदेश सरकार तथा संघीय सरकारलाई समेत उनी धन्यवाद दिन चाहन्छिन् ।
‘प्रदेश सरकारले छुट्टै कोभिड उपचार केन्द्र बनाउन सहयोग गरेकै कारण एकातर्फ कोरोनाको छुट्टै विशेष उपचार गर्न सकिएको छ,’ उनले भनिन्, ‘दुई अलग–अलग भवनमा अस्पताल भएकै कारण पहिलेदेखिका अन्य रोगका बिरामीहरूको कोशी अस्पतालमा उपचार गर्न सम्भव भएको छ ।
कोरोना परीक्षणका लागि विभिन्न ठाउँबाट संकलन गरिएका स्वाब कोशीकै ल्याबमा बढी आउँछन् । ती नमूनाको रिपोर्ट, पुनःप्रमाणीकरण र जानकारी स्वास्थ्य मन्त्रालयसम्म पुर्याउनुपर्छ ।
‘कतिपय रिपोर्ट त यस्तो डाउटफूल आउँछन् कि क्रस भेरिफिकेसनका लागि धरान पठाउनुपर्छ,’ उनले भनिन्, ‘प्रमुख भएका कारणले सबैमा मैले विवादरहित ढंगले निर्णायक भूमिका खेल्नुपर्छ ।’
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...