×

NMB BANK
NIC ASIA

१२ छोराछोरीकी आमा वृद्धाश्रममा, भन्छिन्, ‘छोराले एक छाक खान पनि दिएन’

कात्तिक २०, २०७४

NTC
Premier Steels


काठमाडौं, १३ वैशाख– 
पशुपतिनाथ मन्दिर परिसरमा गाइएका भजनका धुनले वातावरणलाई अझ शान्त बनाएको छ । त्यही शान्त पाशुपतक्षेत्रमा रहेको वृद्धाश्रमको माथिल्लो तलामा केही आमाहरू लहरै बसेका छन् ।

Muktinath Bank

आमाको मुख हेर्ने मातातीर्थ औंसीको दिन पशुपति क्षेत्रमा चहलपहल छ । कसैकसैले आमालाई पशुपति दर्शन गर्न ल्याएका छन् । तर, यो वृद्धाश्रममा सन्नाटा छ ।

लस्करै सुत्न मिल्नेगरी राखिएका खाटमा बोल्न नसक्ने केही आमाहरू पल्टेका छन् । केही आमाहरू खाटमै बसिरहेका छन् । कोठामा त्यति धेरै उज्यालो छिर्न सकेको छैन । यहाँका दर्जनौ वृद्ध आमाहरूलाई मातातीर्थ औंसीले छोएको छैन ।

तल्लो तलामा बस्ने एक वृद्धा आमाले मलाई माथिल्लो तलामा पुर्‍याइदिनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘यहाँ छोराछोरी भएका थुप्रै आमाहरू बस्छन् तर उनीहरूले आफ्ना छोराछोरी छन् भन्दैनन् ।’

केही दिनअघि छोरीको घर जाँदा लडेर जिउ दुखेको बताउने चित्रकुमारी अधिकारी दुई खाटबीचको भुइँमा बोरा ओछ्याएर बसेकी छन् । एकदमै कम उज्यालो छिरेको झ्यालको उज्यालोमा उनको अनुहार थकित देखिन्छ ।

‘बाबु, म वृद्धाश्रम जान्छु । खानै नपाउने ठाउँमा जान लागेकी त हैन नि भनेर सुनाउँदा बुवा बित्दा पनि नरोएको छोरोले तरक्कै आँसु झार्‍यो,’ मुसुक्क हाँस्दै मधुरो आवाजमा चित्रकुमारीले सुनाइन्, ‘एउटो हो र ? मैले १२ छोराछोरी पाएकी थिएँ । धेरैलाई बचाउन सकिनँ । अहिले पनि तीन छोराछोरी काठमाडौंमै छन् ।’

बाह्र छोराछोरीकी आमा चित्रकुमारी सानोतिनो कारणले वृद्धाश्रममा आएकी होइनन् । बिरामी शरीर यसरी यो एकलासे ठाउँमा आउनुको कारण उनी आफ्नो भाग्यलाई मान्छिन् ।

‘कान्छो छोरो सानै हुँदा उसका बुबाको मृत्यु भयो । जेठो छोरोले घर धान्ने भन्दा पनि लंगुरबुर्जा खेलेर पैसा सक्न थाल्यो ।’ नौ वर्षको उमेरमा आफ्नो बिहे भएको सम्झँदै उनी सुनाउँछिन्, ‘जेठो छोराले सबै सम्पत्ति खायो । गाउँमा जाने बाटो पनि राखेको छैन ।’

जेठो छोरासँग उनको राम्रो सम्बन्ध छैन । सम्पत्तिकै कारणले भाइभाइको सम्बन्ध पनि राम्रो बन्न नसकेको उनी बताउँछिन् ।

‘दशैं तिहारमा पनि जेठो छोरो भेट्न आएको छैन । बाँचेको पहिलो छोरो हो । माया त लाग्छ नि । तर कहिल्यै भेट्न आउँदैन,’ सुकेको स्वरलाई अझै सुकाउँदै चित्रकुमारी भन्छिन्, ‘यतै काठमाडौंमा कालिमाटीतिर कता बस्छ भन्ने सुनेकी छु । म गएँ भने एक छाक खान पनि दिँदैन ।’

उनी कुराकै क्रममा बेलाबेलामा चिसोले गर्दा आफ्नो ज्यान दुखेको पनि सुनाउँछिन् ।

बाह्र छोराछोरीमध्ये बचेका दुई छोरा र दुई छोरीमध्ये बनेपामा बिहे भएकी एउटीले विष खाएर आत्महत्या गरेको उनी बताउँछिन् । तर, किन छोरीले आत्महत्या गरिन् भन्ने उनलाई थाहा छैन । भन्छिन्, 'अहिले त उसको छोरो नै सुब्बा भइसक्यो ।'

‘अर्की छोरीकहाँ पनि कहिलेकाहीँ जान्छु । बेलाबेलामा खाना खानेगरी बोलाउँछे,’ उनी भन्छिन्, ‘कान्छो छोराले त राम्रै गरेको थियो । उसलाई पनि रगतको क्यान्सर लाग्यो ।’

बेलाबेलामा रगत फेरिरहनुपर्ने छोराले बूढी आमैको हेरचाह गर्न नसक्ने उनी बताउँछिन् । ‘आफैंले भातको थाल उचाल्न सक्दैन, मलाई उसले के सहयोग गर्थ्यो ?’ उनी भन्छिन्, ‘रोगी भयो । आफैंले कमाएर खान सक्दैन । उसको राम्रो भए मलाई पुग्छ ।’

कान्छो छोरोले भने उनलाई ‘आउनुस्, हामीसँगै बस्नुस्’ भनेर भनिरहने उनी बताउँछिन् । कहिलेकाहीँ आश्रममा पनि भेट्न आउँदा उनलाई खुशी लाग्छ ।

‘एक छोरोले भएको सम्पत्ति पनि खायो । अर्को छोरो बिरामी पर्‍यो,’ उनी भन्छिन्, ‘अहिलेको जमानामा बुहारीको कमाइ खान सकिन्न रहेछ नानी ।’

उमेरसँगै उनलाई पनि रोगले च्याप्दै गएकोमा उनलाई साँच्चिकै गाह्रो भएको छ । त्यसो त उस्तै व्यथा भएका धेरै आमाहरू उसरी नै खाटभरि सुतेका छन् ।

चित्रकुमारी सुनाउँछिन्, ‘मैले यत्तिका छोराछोरी पाएर पनि यो उमेरमा आश्रममा आएर शरण माग्नुपर्ला भनेर सपनामा पनि सोचेकी थिइनँ ।’

यसो भन्दा धेरैबेरदेखि सिधै मलाई हेरेर कुरा नगरेकी चित्रकुमारीले पुलुक्क मलाई हेरेर सोधेकी थिइन्, ‘तपार्इंको घर कहाँ हो नि?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x