×

NMB BANK
NIC ASIA

अधिकांश संक्रमितमा लक्षण छैन

जेठ १८, २०७७

NTC
Premier Steels

मुलुकमा हालसम्म कोरोना संक्रमण भएका व्यक्तिमध्ये ८० प्रतिशतलाई कुनै पनि लक्षण देखिएको छैन । स्वास्थ्य अवस्था सामान्य रहेकै अवस्थामा उनीहरूमा संक्रमण देखिएको छ । संक्रमणको लक्षण देखिएकामध्ये केहीलाई मात्र सामान्य रुघाखोकी लागेको पाइएको छ ।

Muktinath Bank

विशेषज्ञहरुका अनुसार अधिकांश व्यक्ति एसिम्प्टोम्याटिक अर्थात् लक्षण नदेखिएका संक्रमित हुन् भने स्वास्थ्य समस्या देखिएकामा समेत अत्यन्त सामान्य लक्षण देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाबाट मृत्यु भएका ६ जनामध्ये आधाजतिमा ‘निमोनिया’ देखिएको छ । मृत्यु भएका अधिकांशमा पहिलेदेखि अन्य जटिल स्वास्थ्य समस्या थियो ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म कोरानाले १ हजार ४ सय १ जना संक्रमित हुनुका साथै ७ जनाको मृत्यु भएको हो । कोरोनाले मृत्यु हुनेमा ५ पुरुष र १ जना महिला छन् । कोरोना संक्रमितको मृत्युदर ०.५ प्रतिशत छ । शनिबारसम्म २ सय १९ जना निको भएर घर फर्किसकेका छन् ।

Vianet communication

‘हाम्रो प्रारम्भिक आँकलनअनुसार अधिकांश कोरोना संक्रमित अर्थात् करिब ८० प्रतिशतभन्दा बढीलाई एसिम्प्टोम्याटिक अर्थात् कुनै लक्षण देखिएको छैन,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘मधुरो लक्षण देखिने संक्रमितलाई सुक्खा खोकी, मध्यम ज्वरो, अलि गति कमजोरी मुख्य रूपमा देखिएको हो ।’


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हरेक दिन पत्रकार सम्मेलनमा थोरै मात्र लक्षण देखिएको केस रहेको बताउँदै संक्रमितहरूको अवस्था जटिल नरहेको औंल्याउने गरेका छन् । वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार अस्पतालमा शुक्रबारसम्म भर्ना भएका कोरोनाका १ सय ११ जना बिरामीमध्ये कसैलाई पनि लक्षण देखिएको छैन । ‘हामीकहाँ भर्ना भएका कोरोनाका सबै एसिम्प्टोम्याटिक (लक्षणविहीन) बिरामी हुन्,’ उनले भने, ‘उहाँहरूमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, पेटसम्बन्धी समस्या देखिए पनि कोभिडको कुनै लक्षण देखिएन ।’

यस्तै कोसी अञ्चल अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.संगीता मिश्रले विराटनगरको कोभिड उपचार केन्द्रमा उपचारार्थ आएका ६४ जना संक्रमितमध्ये ६२ जना एसिम्प्टोम्याटिक (लक्षणविहीन) रहेको जानकारी दिइन् । संक्रमितमध्ये २ जनामा अत्यन्त सामान्य श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताउँदै उनले भनिन्, ‘उनीहरूमा कोभिडको कारण वा पहिलेदेखि नै श्वासप्रश्वासमा समस्या देखिएको थियो भन्नेबारे हामी थप जानकारी लिँदै छौं ।’


स्वास्थ्य मन्त्रालयका अधिकारीले कोरोनाबाट मृत्यु भएकाहरूमा खासगरी निमोनिया देखिएको बताएका छन् । ‘मृत्यु भएका आधाजतिमा अन्य रोग भए पनि पछि निमोनियासमेत देखिएको हो,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले भने, ‘मृतकहरूमा निमोनिया प्रमुख कारणका रूपमा देखिएको छ ।’

विभिन्न कारणले बिरामी परेर अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरूमा पहिलेकै विभिन्न स्वास्थ्य समस्याले गर्दा शरीर कमजोर बनाइरहेको भ्रम पनि छ । ‘उहाँहरू आफू पहिलेदेखि नै विभिन्न स्वास्थ्य समस्याले गर्दा कमजोरी अनुभव गरेको ‘डालिमा’ मा देखिनुहुन्छ,’ डा.अधिकारी भन्छन् ।

हाल करिब ५ जना संक्रमितमध्ये ४ जनालाई कोरोनाको कुनै लक्षण नदेखिएको जनाउँदै डा. अधिकारीले अधिकांश संक्रमित अस्पतालमा खासै उपचार गराउने आवश्यकता नपर्ने धेरै सामान्य लक्षण देखिएका औंल्याए । तर हाल संक्रमणको दर बढ्ने सुरुवात मात्र भएकाले प्रभावितहरूबाट अन्य व्यक्तिमा रोग नसरोस् र समाजमा त्रास कम हुने वातावरण बनाउन अस्पताल भर्ना गरिएको उनले बताए ।


अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सामान्यतः कुनै पनि व्यक्ति भाइरसको सम्पर्कमा आएको २ देखि १४ दिनपछि कोभिड–१९ को लक्षण देखिन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ज्वरो, सुक्खा खोकी र थकाइ कोरोनाको मुख्य लक्षण हो । योबाहेक केही बिरामीलाई सामान्य नरहेको लक्षण देखिन्छ ।

यसअन्तर्गत एकहोरो दुखाइ र दुखाइ, नाक बन्द हुनु, टाउको दुखाइ, आँखा दुखेर सुन्निने (कन्जक्टिवाइटिस), घाँटी दुख्नु, पखाला, स्वाद वा गन्ध थाहा नपाउनु, छालामा बिमिरा, हात वा खुट्टाका औलाको रंग परिवर्तित हुनु आदि समस्या देखिन्छ ।

सीडीसीले कोरोनाका बिरामीहरूमा देखिने अन्य लक्षणमा ‘चिसो लाग्नु’ का साथै अन्य कम सामान्य लक्षणमा पेट र आन्द्रा (ग्यास्ट्रोइन्टेस्टाइनल) सम्बन्धी लक्षणजस्तै वाकवाकी, बान्ता र पखालासमेत रहेको उल्लेख गरेको छ ।

डब्लूएचओका अनुसार कोरोना संक्रमितमध्ये करिब ८० प्रतिशत बिरामी अस्पतालको उपचारबिना नै आफैं निको हुन्छन् । तर संक्रमित ५ मध्ये एक जना गम्भीर रूपले बिरामी पर्छन् र सास फेर्नमा समस्या देखिन्छ । ज्वरो र सुक्खा खोकीसँगै सास फेर्न समस्या भएका, छाती दुखाइ/दबाब, वा बोल्न नसक्नु वा हिँड्डुल गर्न नसक्ने स्थिति देखिए तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ । वृद्घ, उच्च रक्तचाप, मुटु र फोक्सोसम्बन्धी समस्या, मधुमेह, क्यान्सरलगायत विभिन्न चिकित्सा समस्या भएकाहरू कोरोना संक्रमणले गम्भीर रूपले बिरामी हुन सक्ने जोखिम उच्च हुन्छ ।  कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x