बैशाख १६, २०८१
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सोमबार प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको हो।सुदूरपश्चिमकाे चालू आवकाे बजेट २८ अर्बको थियाे।
प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।
बजेटमा यूवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको छ। कोभिड-१९ कारण रोजगारी गुमाएका तथा बेरोजगार युवालाई लक्षित गरी 'युवाको जवानी, प्रदेशको लगानी ' भन्ने नाराका साथ युवा उद्यम कार्यक्रम ल्याउने भएको छ। जसलाई मध्येनजर गरी स्वरोजगार विकास कोष स्थापना गरिने भएको छ। ३५ करोड थप गरी ५ करोड सञ्चालन खर्च थप गरी ४० करोड बनाइएको छ। कोषको आकार १ अर्ब ५० करोड बनाइएको छ।
त्यस्तै प्रदेश राजधानी निर्माणको लागि बजेट बिनियोजन गरिएको छ। प्रदेश राजधानी बनाउन २ करोड बिनियोजन गरिएको हो।
सार्वजनिक खर्चमा पर्न सक्ने चापलाई व्यवस्थापन गर्ने जनाइएको छ। सवारी साधन, मर्मत इन्धनलगायत अन्य सार्वजनिक सेवा खरिदलाई मापदण्ड बनाई लागू गरिने भएको छ। भने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत राष्ट्रसेवक बाहेक अरुलाई प्रदान गरिने प्रोत्साहन भत्ता, अतिरिक्त समयकाे भत्ता, बैठक भत्ता, जोखिम भत्तालगायत सबै भत्ता साउनदेखि खारेज गरिने भएको छ।
बजेटकाे पूर्ण पाठका लागि यहाँ क्लिकगर्नुहाेस्
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...