×

NMB BANK
NIC ASIA

कोरोना संक्रमणको अवस्था कस्तो छ, कसरी बच्न सकिन्छ ? – डा. रवीन्द्र पाण्डे

असार १७, २०७७

NTC
Premier Steels

कोरोना संक्रमण नेपालका ७७ जिल्लामै पुगेको छ। कोरोना संक्रमणको त्रासले गर्दा हाम्रो दिनचर्या लथालिंग भएको छ। परीक्षणको दायरा निकै साँघुरो भएको हुँदा नेपालमा संक्रमितको संख्या कति छ भनेर यकिन गर्ने ठोस आधार छैन।
.
अन्य देशको कोरोना संक्रमणसँग नेपालको अवस्था मिल्दो छैन। हालको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमणको मृत्युदर ०.२ प्रतिशत मात्र छ अर्थात संक्रमित १ हजारमा करिब २ जनाको मात्र मृत्यु भएको छ। यसलाई अझै विश्लेषण गर्ने हो भने ती मृत्युमध्ये ५० प्रतिशत मृत्यु कोरोना संक्रमण नभएको भए पनि हुने अवस्थाका छन्। त्यस्तै परीक्षणमा नसमेटिएकालाई गणना गर्ने हो भने मृत्युदर नगण्य हुन आउँछ।
.
विश्वको संक्रमण गति हेर्ने हो भने अत्यन्तै तीब्र गति देखिन्छ। अमेरिकाका सरुवारोग बैज्ञानिक एन्थोनी फाउचीले यदि सबै नागरिकले मास्क नलगाउने हो भने अमेरिकामा आगामी दिनमा संक्रमितको संख्या प्रतिदिन १ लाख बढ्ने बताएका छन्।
.
छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दो गतिमा छ। महाराष्ट्रमा मात्र १ लाख ७५ हजार संक्रमितको संख्या पुगेको छ भने दिल्लीमा ९० हजार संक्रमित भएका छन्। हिजोमात्र भारतमा ५ सय ३७ जना व्यक्तिको कोभिड १९ को कारण मृत्यु भएको छ।
.
कोरोना संक्रमणको लागि प्रयोग भएका औषधिमध्ये एचाइभी/ एड्सका औषधि निष्प्रभावी बनेकाले अब कोभिड-१९ का बिरामीलाई प्रयोग नगरिने भएको छ। त्यस्तै इबोलाको औषधि रेमडेजेभिरलाई एफडीए पनि प्रयोगको लागि अनुमति दिएको छ। त्यस्तै बेलायतका ४० हजार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण नहोस् भनेर मलेरिया तथा बाथमा प्रयोग हुने Hydroxychloroquine सेवन गर्न दिइएको छ। यसको परिणाम सफल देखिने बेलायतको विश्वास छ। त्यस्तै विश्वका धेरै देशमा संक्रमणबाट निको भएका व्यक्तिको रगतमा रहेको प्लाज्मालाई नयाँ संक्रमितमा दिएर उपचार गर्ने विधि अपनाइएको छ।

Muktinath Bank

डेक्सामेथासोनको प्रयोगको कारण गम्भीर हुने, अक्सिजन चाहिने वा भेन्टिलेटर चाहिने बिरामीको संख्या एक तिहाइले घटेको छ भने मृत्युलाई पनि घटाएको छ।
.
कोरोना संक्रमणविरुद्ध खोपको अन्वेषणले सन्तोषजनक परिणाम दिएको छ। चीनले हालमात्र सैनिकमा परीक्षण सुरु गरेको छ। त्यस्तै अमेरिका, बेलायतको अक्सफोर्ड युनिभर्सिटी, रुस, इजरायल, इटली, जापान लगायतका देशमा खोपको प्रक्रिया धेरै अघि बढिसकेको छ।
.
इटलीको हालको अनुसन्धानले बताएको छ कि कोरोना भाइरस क्रमशः कमजोर भइरहेको छ। जसले गर्दा संक्रमण भएपनि अस्पताल जाने, आइसीयु तथा भेन्टिलेटर चाहिने संक्रमितको संख्या एकदम न्यून छ। जबकी इटलीमा लकडाउन धेरै खुकुलो गरिएको छ।
.
भारतमा भएको एक अनुसन्धान अनुसार दक्षिण एसियामा फैलिएको कोरोना भाइरसको जीन अधययन गर्दा यहाँको भाइरस बुहान, इटली, न्युयोर्क, लन्डन भन्दा कमजोर प्रजातिको पाइएको जनाइएको छ। अन्य देशको तुलनात्मक अध्ययन गर्ने हो भने १ सय ३० करोड भन्दा धेरै जनसंख्या भएको तथा नेपालको जनसंख्या जति सडकमा माग्न बस्ने देश भारतको मृत्युदर त्यति धेरै हैन। पाकिस्तान, श्रीलंका, बंगलादेश, बर्मा, नेपाल, भुटान लगायत देशमा मृत्युदर अन्य विकसित देशमा भन्दा थोरै छ। त्यतिमात्र हैन हिमालयन रेन्जमा रहेका नेपाल, चीनको तिब्बत, भारतको सिक्किम तथा भुटान धेरै सुरक्षित छन्। यसको कारण अनुसन्धानको विषय हुनसक्छ।
.
घरबाहिर जाँदा मास्क सबैले प्रयोग गर्ने (गाउँघरको हकमा अन्य व्यक्तिसँग भेट्दा मात्र ), ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने, पटकपटक हात धोइरहने, भीडभाडमा नजाने, सकभर खुला ठाउँमा बस्ने, भोजभतेर नगर्ने, नाक, मुख तथा आँखामा हात नपुर्याउने, सन्तुलित तथा प्राकृतिक भोजन गर्ने, दिनमा १ घन्टा व्यायाम गर्ने वा हिँड्ने, राति ८ घण्टा सुत्ने, दिनको १ घन्टा घाममा बस्ने, चिन्ता तथा तनाब नलिने, योगध्यान गर्ने, उपलब्ध मनोरञ्जन गर्ने तथा सकारात्मक सोच राख्ने हो भने कोरोना संक्रमणबाट बच्न र बाँच्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामी सबैले सुरक्षित भएर आफ्ना काम गर्ने, एकअर्कालाई सहयोग गर्ने तथा आधिकारिक सूचना एवम् स्वास्थ्यकर्मीका कुरामा विश्वास गर्ने बानी बसाल्यौँ भने कोरोना संक्रमणजन्य चिन्ताबाट बच्न सकिन्छ।
.
अन्त्यमा बुधबार मुस्ताङका ८३ बर्षिय संक्रमित हजुरबुवा कोरोनामुक्त हुनुभएको छ। हामीकहाँ जेष्ठ नागरिक तथा दीर्घरोग भएका धेरै जनाले सजिलोसँग कोरोना संक्रमण जितिरहनुभएको छ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x