×

NMB BANK
NIC ASIA

कर्णालीको ‘लोकप्रिय’ आवास बीमा कार्यक्रम : हात्ती आयो हात्ती आयो फुस्सा !

साउन १, २०७७

NTC
Premier Steels

गत बिहीवार रातिको पहिरोले जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भए । जसमध्ये ९ जनाको शव फेला परेको छ ।

Muktinath Bank

गत वर्ष रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पहिरो जाँदा दर्जनौं घर उठीबास भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो १ वर्षको अवधिमा कर्णालीमा १३८ स्थानमा पहिरो गएको छ । जसमध्ये दैलेखमा ६, कालिकोटमा ४, हुम्लामा ४, डोल्पामा १४, जाजरकोटमा ४५, सल्यानमा १३ र रुकुमपश्चिममा ५२ स्थानमा पहिरो गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले बताए । 


Advertisment
Nabil box
Kumari

कर्णालीमा बाढी र पहिरोको उच्च जोखिम भएको बताउँदै प्रदेश सरकारले लोकप्रिय कार्यक्रम ल्यायो, प्राकृतिक जोखिम आवास बीमा कार्यक्रम । यो लोकप्रिय कार्यक्रम कार्यान्वयन नहुँदा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएको छ ।

Vianet communication

प्रदेश सरकारले नै विपद्मा परेका व्यक्तिको व्यक्तिगत बिना कार्यक्रम भने कार्यान्वयन गरेको छ । कर्णालीका १० वटै जिल्लाका नागरिकले विपद्मा परेर ज्यान गुमाएमा परिवारले प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत पाइरहेका छन् । प्रदेश सरकारले १७ लाखभन्दा बढी नागरिकको सामूहिक जोखिम बीमा गरेको थियो ।

तर आवास बिमा कार्यक्रम भने कार्यान्वयन नहुँदा आन्तरिक मामिला तथा कानून मन्त्रालयले विनियोजन गरेको ५० लाख रुपैयाँ जगेडा (फ्रीज) भएको छ । प्रदेश सरकारले १० जिल्लाका जोखिममा रहेका १० हजार घरको आवास बिमा गर्ने घोषणा गरेपनि कार्यान्वयन भएन । कार्यक्रम कार्यान्वयन भएको भए पहिरोले घर बगाएको खण्डमा ५ लाख, व्यक्तिसहित घर बगेको खण्डमा प्रतिव्यक्ति ५ लाख गरी ५ जनासम्मलाई २५ लाख रुपैयाँ र घरको ५ लाखसहित ३० लाख रुपैयाँ प्रतिपरिवार पाउने घोषणा गरिएको थियो । बिमा कार्यक्रम कार्यान्वयन नहुँदा घरसहित पहिरोमा परी ज्यान गएका नागरिकका आफन्तले प्रतिव्यक्ति २ लाख मात्रै पाइरहेका छन् ।

‘सरकारले ल्याएको कार्यक्रम असाध्यै राम्रो थियो तर कार्यान्वयन नै नगरेपछि कसको के लाग्छ र ?’ वीरेन्द्रनगर–६ का कमल शर्मा भन्छन्, ‘यो कार्यक्रम लागू भएको भए कम्तिमा पीडामा परेका नागरिकलाई राज्यले थप राहत दिनुपर्ने थिएन । त्यो रकमले उनीहरूलाई केही हदसम्म स्थापित हुन सहयोग पुग्ने थियो ।’ 

राष्ट्रिय बीमा कम्पनी लिमिटेडका अध्यक्ष उमेशचन्द्र उपाध्यायले आफूहरू बिमा गर्न तयार रहेको बताए । ‘कोरोनाका कारण हामी यो वर्ष धेरै स्थानमा जान पाएनौं । आगामी भदौतिर हामी कर्णाली आउँछौं । प्रदेश सरकारसँग हामी निरन्तर सम्पर्कमा छौं,’ उनले भने, ‘हामी त प्रदेश सरकारका सबै संरचनाको बीमा गर्न चाहन्छौं । त्यही विषयमा कुराकानी भइरहेको छ ।’

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले हरेक जिल्लालाई जोखिममा रहेका घरको तथ्यांक पठाउन भने पनि प्राप्त नभएको बताए । ‘हामीले तत्काल पठाउन भनेर पत्राचार गरेका थियौं,’ मन्त्री भण्डारीले भने, ‘लकडाउनका कारण उहाँहरूले पठाउन सक्नुभएन । यो राम्रो कार्यक्रम भएपनि खेर गयो । बजेट फ्रीज भयो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x