×

NMB BANK
NIC ASIA

तस्करी नफापेपछि मुक्तकमैया र बादीले जोगाएको वनमा तोडफोड

साउन २२, २०७७

NTC
Premier Steels

अति विपन्न मुक्तकमैया र बादी सामुदायले संरक्षण गरी जोगाएको सामुदायिक वनभित्र तोडफोड भएको छ ।

Muktinath Bank

कैलालीको लम्की चुहा नगरपालिका–३ बलचौरस्थित मुक्तकमैया सामुदायिक वन उपभोक्ता समूहको सुरक्षार्थ गरिएको तारबार उखेलेर फाल्नुका साथै कामै नलाग्ने गरी तोडफोड गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समूहका कोषाध्यक्ष दिपु चौधरीका अनुसार तारबार काटेर फाल्नुका साथै गाडिएको १ हजार बढी सिमेन्टको पोल नष्ट गरिएको छ ।


Advertisment
Nabil box
Kumari

२०६५ पहिले सो वन अतिक्रमणको चपेटामा पर्नुका साथै गौचरणको रुपमा परिणत भएको थियो । भने नजिकै रहेको चुरे क्षेत्रबाट वहुमूल्य काठ तस्करी र वन्यजन्तुको चोरी शिकार हुँदै आएको थियो ।

Vianet communication

तर त्यहाँस्थित मुक्तकमैया र बादी समुदायले संरक्षणमा जुटेपछि सो वनको मुहार फेरिएर हराभरा मात्रै भएन, चोरी शिकार समेत नियन्त्रणमा आएको कोषाध्यक्ष चौधरी बताउँछन् ।

तर चोरी शिकार गर्न नपाएपछि वन जोगाउन गरिएको संरचनामा तोडफोड गरिएको हुन सक्ने उनको भनाइ छ ।

उनले भने–‘हामीले जोगाएको वन सबैभन्दा राम्रो हुँदै आएको छ । तर राम्रो देख्नै नचाहने व्यक्तिहरुले सुनियोजित ढंगले तोडफोड गरेका छन् । पूरै आधुनिक अतिहारसहित आएको समूहले नै तोडफोड गरेका हुन् । यो घटना हाम्रो पसिना माथिको प्रहार हो ।’

साउन २० गते राती सो संरचना भत्काइएको जनाइएको छ ।

त्यस्तै, वन सरक्षणकर्मी पुष्कल बमले वन जोगाउन तयार गरिएको संरचना तोडफोडलाई गैरमानवीय क्रियाकलाप रहेको बताएका छन् । घटनामा संलग्न पक्षलाई कारवाहीको लागि सम्बन्धित निकाय संग माग गरेको बलमे बताए ।

त्यहाँ बसोबास गर्दै आएका मुक्तकमैया र बादी समुदायले २०६५ देखि वनको संरक्षण गर्दै आएका हुन् । भने ४५६ दशमलव १९ हेक्टर क्षेत्रफलमा फैलिएको सो वन २०७२ मा समूहमा हस्तान्तरण भएको हो ।

सो वन ३५० घरधुरी मुक्तकमैया र बाँकी वादी समुदाय गरी साढे ४ सय घरधुरीले संरक्षण गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x