×

NMB BANK
NIC ASIA

बुद्धको मावली स्थल देवदह, जन्मस्थल लुम्बिनी र दरबार स्थल तिलौराकोट (कपिलवस्तु) जोड्ने लुम्बिनी बौद्ध सर्किट सडकमा झण्डै एक दशकदेखि अलपत्र पुल निर्माणको काम बल्ल अगाडि बढेको छ। 

Muktinath Bank

रुपन्देहीको तिलोत्तमा–६ गोरकट्टामा निर्माणको क्रममा रहेको तिनाउ पुल झण्डै एक दशकदेखि अलपत्र बनेको थियो। पुलको बैकल्पिक डिजाइन स्वीकृति भएसँगै अलपत्र पुलको निर्माणको काम अगाडि बढेको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० वर्ष अगाडि ०६७ साल असार २५ गते सम्झौता भएर निर्माण थालिएको उक्त पुलको ३ वटा फाउण्डेसन (जग) र २ स्याम्पल ढलान भएपछि रोकिएकाे थियो।


Advertisment
Nabil box
Kumari

यो पुन भन्दा पछि निर्माण शुरू भएका यही नदीका अन्य पुलहरू सञ्चालनमा आइसकेका छन्। 

Vianet communication

६ वटा फाउण्डेसन रहने गरी डिजाइन गरिएको उक्त पुलका ३ वटा फाउण्डेसनमा कडा चट्टान परेका कारण निर्माणको काम रोकिएको थियो। ठप्प भएको पुलको काम मंगलबारदेखि बैकल्पिक डिजाइन स्वीकृत गराएर सुरू गरिएको सडक डिभिजन कार्यालय, बुटवलका इन्जिनियर दुर्गा गौतमले बताए।

यस अगाडि वयल फाउण्डेसन (कुवा जस्तो) डिजाइनमा स्वीकृत भएको थियो। तर, सम्झौता र डिजाइन अनुसार १७ मिटर जमिन बाहेक जानुपर्ने फाउण्डेसन कडा चट्टान परेपछि जम्मा ७ देखि १० मिटरसम्म भित्र गएको थियो। त्यसपछि सडक विभागको पुल महाशाखाबाट विभिन्न चरणमा छलफलपछि फाउण्डेसनलाई परिर्वतन गरी पाइल फाउण्डेसन बनाउने बैकल्पिक डिजाईन स्वीकृत भएपछि पुन निर्माण थालिएको गौतमले बताए। 

पहिलो चरणमा ०६९ पुस २४ गते सक्ने गरी १० करोड ३७ लाख ९५ हजार रुपैयाँमा काठमाडौंको एलिट कन्स्ट्रक्सनले ठेक्का पाएको थियो। तर, निर्माणको काम सम्पन्न नभएपछि निर्माण कम्पनीले अन्तिम म्याद ०७७ फागुन १३ गते सम्म थप गरिएको छ।

विभागले वैकल्पिक डिजाइनका लागि चरण–चरणमा छलफल समेत गरिरहेका थिए। पुल्चोक इन्जिनियरबाट पुलको निरीक्षण र अनुगमन हुँदा समेत चट्टानको बनोट र प्रकृतिका कारण फाउण्डेसन तल जान नसक्ने भन्दै बैकल्पिक डिजाइन समेत इन्जिनियरिङ कलेज दिएको थियो। तर उक्त डिजाइन महंगो भएपछि पुल महाशाखाले नै वैकल्पिक डिजाइन तयार गरी स्वीकृत गराएको थियो।

उक्त पाइल डिजाइनबाट फाउण्डेसन थप गर्दा केही रकम ठेक्का रकममा थप हुने समेत बताइएको छ। सम्झौता अनुसार १७ मिटर जानुपर्ने फाउण्डेसन अधिकतम १० मिटरसम्म गएकाले बाँकी जानुपर्ने ७ मिटरको लागत अनुसार रकम घटाएर फाउन्डेसनको रकम थप गरिने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासनीले बताए। 

यो पुल निर्माण भएपछि मोतिपुर, शुद्धोधनबाट तिलोत्तमा आउन छोट्टिने छ।  उनले भने, ‘लुम्बिनी जाने आन्तारिक एवं बाह्य पर्यटक सिधा पुग्न सक्नेछन्।’

नेकपाका महासचिव विष्णु पौडेलको पहलमा निर्माण थालिएको थियो। पौडेलकै पहलमा पुनः पुल निर्माणको बैकल्पिक डिजाइन र काम अगाडि बढेको हो। पौडेलले अब पुल निर्माणको काम छिट्टै अगाडि बढाएर सम्पन्न गर्न निर्देशन समेत दिएका छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x