कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकामा अचानक उच्च ज्वरो आउने र बेहोस हुने समस्या भयवाह बन्दै गएको छ ।
उच्च ज्वरोबाट पछिल्लो १० दिनयता १० जना बिरामीमध्ये ६ जनाको मृत्यु भएको महाकाली नगरपालिकाले जनाएको छ ।
महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीका अनुसार नगरपालिकाका प्रायः सबै वडामा उच्च ज्वरोको समस्या देखिएको छ ।
नगरपालिकाकाको ६ नम्बर वडाका वडाध्यक्ष समेत रहेका प्रवक्ता सिजालीले भने, ‘यो समस्या भदौ महिनाभित्रै देखिएको समस्या हो । अचानक ज्वरो आउने । कसैकसैलाई १०२ देखि १०५ डिग्रीभन्दा बढी ज्वरो आउने । क्षणभरमै बेहोस हुने र अन्ततः मृत्यु नै हुने समस्या देखियो । हामी धेरै चिन्तित छौं । यो कोरोनाको कहरसँगै खै कस्तो महामारी आइलाग्यो ?’
महाकालीस्थित दोधारा स्वास्थ्य केन्द्रलाई उदृत गर्दै प्रवक्ता सिजालीले १० दिनको अवधिमा ८ जनामा लक्षण देखिएको बताए । २ जना निको भएर घर फर्के भने ६ जनाको मृत्यु भएको उनले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेहरू ६७ वर्षीय पुरुष, १४ वर्षीया महिला, २१ वर्षीय पुरुष, १४ वर्षीय पुरुष लगायत छन् । सबैको रगत परीक्षण भएको र कसैकसैमा जापानिज इन्सफ्लाइटिसको लक्षण समेत देखिएको प्रवक्ता सिजालीको भनाइ छ ।
दोधारा स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको बताउँदै उनले अधिकांशको कोरोना परीक्षण समेत नभएको र त्यत्तिकै अन्तिम संस्कार गरिएको खबर पाएको बताए ।
सामाजिक विकास मन्त्रालय धनगढीका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले महाकाली नगरपालिकामा इन्सफ्लाइटिसको लक्षण देखिएको बताए । प्रभावितहरूले ‘जेई भ्याक्सिन’ नलिएको बुझिएको उनले बताए ।
सबैको रगत संकलन गरेर थप परीक्षणको लागि काठमाडौं पठाउने तयारी गरिएको र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले परीक्षण हेर्दै आएको महाशाखा प्रमुख कार्कीले बताए । तर महाकाली नगरपालिकाका मृतकको पीसीआर जाँच भएको वा नभएको तथा गराउने जिम्मेवारी स्थानीय तहको रहेको उनले बताए । उच्च ज्वरोको समस्या दार्चुला जिल्लाको गोकुलेश्वरमा पनि देखिएको मन्त्रालयले जनाएको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...