कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भदौ २१, २०७७
बुटवलका यातायात व्यवसायी सागर सापकोटाका ६ वटा एसी बस छन् । तीमध्ये तीनवटा ‘सुपर डिलक्स’ गाडी ‘लकडाउन’ शुरू हुनुभन्दा २ महिना अगाडि मात्र बैंकबाट २ करोड ९० लाख लगानीमा ‘लोन’ गरेर सञ्चालनमा ल्याएका थिए ।
‘अर्जुन रथ’ नामक ती बस सापकोटाले भैरहवा–काठमाडौं रूटमा चलाउँदै आएका छन् । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले बन्दाबन्दी शुरू गरेको दुई दिनअगाडि (गएको चैत ९ गते) देखि उनका गाडी थन्किएका छन् ।
अहिले उनका सबै गाडीका अगाडिका टायर कामै नलाग्ने भएका छन् । झण्डै ६ महिनासम्म गाडी ‘स्टार्ट’ समेत नुहँदा ब्याट्री पनि ‘चार्ज’ नै नहुने गरी कामै नलाग्ने भएको छ । उनी भन्छन्, ‘लामो समयसम्म गाडी नचल्दा घामपानीमा अगाडिका टायर त कामै नलाग्ने भएका छन्, पछाडिका टायर पनि चल्न थालेपछि पड्किँदै जान्छन् ।’
एउटा टायरको मूल्य ३७ देखि ४५ हजार रूपैयाँसम्म पर्छ । गाडी जहाँको त्यहीँ रोकिँदा इञ्जिन समेत बिग्रिन थालेका छन् ।
‘बैंकले किस्ता र ब्याज बुझाउन तकेता गरेको गर्यै गरेर प्रत्येक दिन हैरान बनाएको छ । मैले बैंकले आएर गाडी नै लैजान भनिदिएँ । कमाएर तिर्ने गाडी ६ महिना बन्द भएपछि केले तिर्नु ?’ सुरक्षाका मापदण्ड अपनाएर अब ‘पब्लिक भेइकल’ पनि सञ्चालनमा ल्याउनुपर्ने उनको माग छ ।
बुटवलका अर्का गाडी धनी राजेन्द्रकुमार पौडेलका पनि ३ वटा एसी पर्यटकीय बस छन् । साकुरा ग्रीन नामक ती स्तरीय गाडी लकडाउन शुरू भएको दुई महिनासम्म त पौडेलले एउटा गाडीको प्रत्येक दिनको भाडा १ सय रुपैयाँका दरले पार्किङ शुल्क तिर्ने गरी ‘प्राइभेट ग्यारेज’मै थन्क्याए । असार लागे पछि पार्किङको शुल्क समेत तिर्न नसक्ने अवस्था आएपछि एउटा स्कूलभित्र लगेर गाडी थन्क्याएका छन् ।
‘भदौ लागेपछि गाडी सञ्चालनमा ल्याउने भनेर गाडीको सर्भिसिङ गरें’ पौडेल भन्छन्, ‘फेरि कोरोना भाइरसका संक्रमित बढेपछि गाडी चल्ने अनिश्चित छ । हामी त अहिले घर न घाटको हुने अवस्था आयो । गाडीका पार्टपूर्जा झारपातमा डुबिसकेका छन् । यहीँ अवस्था अझै दुई महिना लम्बिँदै जाने हो भने व्यवसायी पलायन हुनुको विकल्प छैन ।’
राजेन्द्र भन्छन्, ‘लामो लकडाउनले राज्यबाट उपेक्षित तर खर्बौं लगानी रहेका यातायात क्षेत्रमा खिया लागिसक्यो । गाडी मजदुर खान नपाएपछि गिट्टी कुट्न थाले गाडी बिग्रिन थाले ।’
रूपन्देहीका अर्का गाडी धनी सुरेन्द्र श्रेष्ठ दुईवटा गाडीमध्ये एउटा अर्घाखाँची–काठमाडौं र अर्को भैरहवा काठमाडौं रूटमा सञ्चालनमा थिए ।
गाडी चल्न त छाडेछाडे गाडीका महत्वपूर्ण पाटपूर्जा र इञ्जिन समेत बिग्रिने थालेकोमा चिन्ता थपिएको छ ।
‘टायरलाई जोगाउन प्लाष्टिक समेत राख्न थाले त्यो पनि लामो समयसम्म टिक्ने रहेनछ । बैंकले दिनदिनै फोन गरेर ब्याज र किस्ता माग्छ । घरमा केटाकेटीले टोकसो गर्छन् । मजदुरले चामल सकियो भन्छन् । आम्दानी गर्ने साधन नचल्दा अब कसरी बाँच्ने ?’ उनले प्रश्न गरे ।
श्रेष्ठले थपे, ‘सधैँभरी कोरोना भन्दै बस्न हुुँदैन । सुरक्षाका उपाय अपनाउँदै भौतिक दूरी कायम गरेर पब्लिक गाडी पनि चल्न दिनुपर्छ, अब कोरोनाले होइन खान नपाएर मर्ने स्थिति आयो ।’
देशकै सबैभन्दा धेरै बसहरू आबद्ध भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिमा २ हजार ५ सय गाडी आबद्ध छन् । ती कुनै पनि गाडी चल्न नसक्दा अहिले २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी नोक्सान भएको व्यवसायी बताउँछन् ।
मौद्रिक नीतिले समेत यातायात क्षेत्रलाई अति जोखिमको क्षेत्र भन्नुपर्नेमा मध्य जोखिमको क्षेत्रमा राखेको प्रति व्यवसायीको ठूलो गुनासो छ । प्रालिका अध्यक्ष दधिराम खरेलले महामारीबाट सबैभन्दा बढी यातायात क्षेत्र प्रभावित भएको बताए ।
‘महामारीले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पब्लिक ट्रान्सपोर्ट हो,’ खरेलले भने, ‘सरकारको मौद्रिक नीतिले पनि हामीलाई सम्बोधन गर्न सकेन । महामारीको अवधिको बैंक ब्याज मिनाहा गरी सार्वजनिक यातायातलाई बचाउनुपर्छ, नत्र व्यवसायी कि पलायन हुन्छन् कि आन्दोलनको विकल्प छैन ।’
उनले थपे, ‘सरकारको काटेको घाउमा नुनचुक दल्यो काम गर्यो । अब सुरक्षित रूपमा गाडी चलाउने वातावरण मिलाउनुपर्छ । क्षमताभन्दा आधा कम यात्रु बोकेर भएपनि अब गाडी चल्नबाट रोक्न हुँदैन ।’ सुरक्षित रूपमा चलाउन राज्यको ध्यान जानुपर्छ । यातायात क्षेत्रका सवारी साधान ९९ प्रतिशत फाइनान्स गरी सञ्चालनमा आएका हुुन् ।
प्रालिका गाडी देशका ६० भन्दा बढी जिल्लाका लागि बुटवल र भैरहवाबाट छुट्ने गर्दछन् । पश्चिम नेपाल व्यवसायी प्रालिमा प्रत्यक्ष ७ हजार २ सय मजदुर आबद्ध छन् ।
तिनीहरूसँग करीब १० हजार जना परिवारका सदस्य आश्रित रहेको प्रालिको दाबी छ । साउन पहिलो साता कोरोना संक्रमण कम भएपछि रुपन्देही लगायत प्रदेश पाँचका विभिन्न जिल्लामा एउटा जिल्लाबाट अर्को जिल्लामा नजाने गरी छोटो दुरीका गाडी सञ्चालनमा आएका थिए । संक्रमण बढेसँगै फेरि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएपछि गाडी चल्न पाएका छैनन् ।
आजदेखि रुपन्देही सहित प्रदेश ५ का धेरै जिल्लामा बजार ८ घण्टासम्म खुल्न दिने गरी खुकुलो बनाइएको छ । तर, सार्वजनिक गाडी सञ्चालनको विषयमा केही बोलेको छैन ।
सधैँभरी कोरोना महामारी भन्दै बन्द गरेर बस्न नहुने पक्षमा व्यवसायी छन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...