कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पछिल्लो समय कैलाली प्रहरी विवादको घेरामा तानिएको छ भने चौतर्फी आलोचना खेपिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीकै थुनुवा कक्षमै थुनुवाको मृत्यु भएर सत्यतथ्य बाहिर अझै आएको छैन ।
अर्कोतिर सोही घटनामा धनगढीस्थित सञ्चार गृहमा सांघातिक आक्रमण तथा पत्रकारमाथि नै कुटपिट भएको ४ दिन बित्दा समेत संलग्न व्यक्तिलाई पक्राउ गर्न नसक्दा प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेको छ ।
गत शुक्रवार धनगढी उपमहानगरपालिका–१ का १९ वर्षीय रोशन विक जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षस्थित शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । चोरी आरोपमा भदौ २२ गते पक्राउ परेका उनी झुण्डिएको फेला परेका हुन् ।
उनका आफन्तले उनको मृत्यु आत्महत्या नभई हत्या भएको भन्दै विरोधमा उत्रिएका छन् । तर अझैसम्म प्रहरी सत्यतथ्य कुरा बाहिर ल्याउन सकेको छैन । जसको छानबिनको लागि प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक राजिव बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ । तर सो टोली अझैसम्म छानबिन प्रतिवेदन ल्याउन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सोही घटनालाई लिएर मृतकका आफन्त सहितका व्यक्तिले गएको शुक्रवार धनगढीस्थित दिनेश सञ्चार गृहमाथि सांघातिक आक्रमण गर्नुका साथै कार्यरत पत्रकारलाई कुटपिट समेत गरे । दिनेश सञ्चार गृह अन्तरगतको दिनेश खबरले प्रहरीलाई उदृत गर्दै विकले आत्महत्या गरेको भन्दै समाचार सम्प्रेषण गरेको थियो । तर आत्महत्या नभई हत्या हो भन्दै १५–२० जनाको समूहले दिनेश सञ्चार गृहभित्र संघातिक आक्रमण गर्दै कार्यरत पत्रकारलाई कुटपिट गरेका थिए ।
तर घटना घटेको ४ दिन बित्दा समेत प्रहरीले संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनुप सम्शेर जबराले संलग्नको खोजी कार्य जारी रहेको बताए । तर आरोपीलाई पक्राउ गर्न नसक्दा कैलाली प्रहरी आलोचित बनेको छ ।
यसैबीच कैलालीका पत्रकारले आन्दोलनलाई सशक्त बनाएका छन् । नेपाल पत्रकार महासंघ कैलालीको नेतृत्वमा आन्दोलनरत पत्रकारले धनगढीमा प्रदर्शन गर्नुका साथै सोमवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना समेत दिएका छन् ।
ब्रोड कास्टिङ एसोसिएसन अफ नेपाल (बान) का केन्द्रीय उपमहासचिव गोविन्द रोस्याराले प्रहरीको बाक्लो उपस्थिति भएको धनगढी बजार त्यो पनि आक्रमणकारीले आक्रमण गर्दै गर्दा फेसबूक लाइफ गरे पनि ४ दिन बित्दा समेत पक्राउ गर्न नसक्नु दुःखद रहेको बताए ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव .योगेश रावलले सञ्चार गृहभित्रै पत्रकारहरू दिनदहाडै कुटिनु र उनीहरूविरुद्ध किटानी जाहेरी दिँदा समेत प्रहरी प्रशासन निकम्मा बनेको बताए । जनतालाई सुसूचित पार्ने पत्रकारहरू नै पीडित बनेपछि आमजनताले कसरी न्याय पाउने भन्दै महासचिव रावलले आशंका पनि व्यक्त गरे ।
यसैबीच नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष जगत साउँदले प्रशासनले नै आक्रमणकारीलाई संरक्षण त दिइरहेको छैन भन्दै आशंका बढेको बताए । आक्रमणमा संलग्नलाई पक्राउ नगरेसम्म आन्दोलनलाई सशक्त बनाउँदै जाने अध्यक्ष साउँदले चेतावनी समेत दिए ।
यसैबीच पत्रकारहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकषर्ण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले घटनामा संलग्नलाई कारवाही हुने बताएका छन् ।
उनले सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीका लागि प्रदेश सरकारले पनि पहलकदमी चाल्दै आएको दाबी गरे । ‘धनगढीस्थित दिनेश एफएमको समाचार कक्षमा छिरेर पत्रकार कुटिनु दुःखद हो,’ उनले भने, ‘कानूनभन्दा माथि कोही छैनन् । अपराधीलाई कानूनले तोकेबमोजिम कारवाही हुनुपर्छ ।’
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...