×

NIC ASIA

अनलाइन पढ्न कहाँ ल्यापटप, कताको इन्टरनेट ! महामारी चिर्दै खुले दुर्गमका विद्यालय

असोज ७, २०७७

Prabhu Bank
NTC
Premier Steels

झण्डै ५ महिनापछि विद्यालयमा पाइला टेकेपछि कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीस्थित अपरम्पार आधारभूत नमूना विद्यालयमा अध्ययनरत छात्रा रिया चौधरीको खुशीको सीमा छैन ।

लामो बिदा र ४ कक्षाबाट प्रथम स्थानसहित उत्तीर्ण भइ ५ कक्षामा पहिलो पटक प्रवेश गर्न पाउँदा उनको मुहारमा पढाइको हुटहुटी निकै छाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साढे ९ बजे नै विद्यालय पुगेकी उनले भनिन्, ‘धेरै दिनपछि स्कूल आउँन पाउँदा मज्जा आयो । पढ्न र खेल्न पाउँदा रमाइलो लागेको छ ।’


Advertisment
Rupse Holidays
Nabil box

विद्यालयको ५ कक्षामा अध्ययरत छात्र सुशील चौधरी कोरोना महामारीले जारी लकडाउनपछि विद्यालय बन्द भएपछि घरायसी काममा क्रियाशील थिए । 

Vianet communication

कहिले साथीहरूसँग खोलानालामा माछा मार्ने त कहिले वस्तुभाउको लागि घाँसपात काट्ने काम गरेको बताउने उनी विद्यालय खुल्ने खबरले आफू खुशी भएको बताउँछन् ।

गाउँपालिकाका सबै विद्यालयलाई लकडाउन अवधिमा क्वारेन्टीन बनाइएको थियो । क्वारेन्टीन खाली गराइएपछि विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीमा केही मनोवैज्ञानिक त्रास छाएको छ ।

विद्यालयको ८ कक्षामा अध्ययनरत छात्र अमर चौधरीले भारतबाट आएकालाई विद्यालयमा राखिएकाले केही हुने त होइन भन्ने डर लागिरहेको बताए । तर विद्यालयका प्रधानाध्यापक रामबहादुर चौधरीले आवश्यक सुरक्षा सतर्कता अप्नाएर विद्यालय सञ्चालनमा ल्याएको बताए ।

उनी भन्छन्, ‘विद्यार्थीलाई सामाजिक दूरी कायम गरी बसाउने गरेको छौं । मास्क र स्यानिटाइजर तथा साबुन प्रयोग गराउन विद्यार्थीलाई बारम्बार सिकाउने गरेका छौं ।’

कैलालीको कैलारी गाउँपालिकाले कोभिड– १९ ले बन्द रहेको विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेसँगै त्यहाँस्थित विद्यालय सञ्चालनमा आएको हो । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार वैकल्पिक शिक्षा प्रणाली अपनाई विद्यालय सञ्चालनमा ल्याएको हो ।

जसको लागि सबै विद्यालयलाई कार्ययोजना पेश गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताउँछन् । कार्ययोजना अनुसार वैकल्पिक शिक्षा प्रणालीलाई प्रभावकारी ढंगले अगाडि बढाइने अध्यक्ष चौधरीको भनाइ छ ।

सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । जसको आधारमा विद्यालय सञ्चालन गर्न निर्देशन जारी गरेको हो ।

अध्यक्ष चौधरीले वैकल्पिक शिक्षा प्रणाली अपनाई आवश्यक विधि, विद्यालय तथा विद्यार्थीको वर्गीकरण, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया गरी सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन गरेको जानकारी दिए ।

निर्देशिका अनुसार वैकल्पिक शिक्षा प्रणाली अन्तर्गत शिक्षण सिकाइ केन्द्र स्थापना र रेडियो, टीभी तथा अनलाइनबाट कक्षा लिने विद्यार्थीको वर्गीकरण गरी पठनपाठन गरिने छ ।

जिल्लाको दुर्गम गाउँपालिकाको रूपमा चिनिने सो गाउँपालिकामा रेडियो, टेलिभिजन तथा अनलाइन प्रविधिको पहुँच नरहेकाले विद्यार्थीलाई विद्यालयमै बोलाउनुपर्ने अवस्था रहेको बताउँछन् गाउँपालिकास्थित सरस्वती माविका प्रधानाध्यापक बुद्धिप्रसाद सुवेदी ।

अन्य पालिकामा पनि तयारी

सरकारको निर्देशनपछि जिल्लाका अन्य विद्यालयहरू पनि वैकल्पिक प्रणालीमार्फत विद्यार्थी सिकाइ सहजीकरणको तयारीमा जुटेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरी पनि विद्यालय सञ्चालन शुरू गरेको जानकारी दिए ।

उनले भने, ‘विद्यालयमा दैनिक २ वटा कक्षा मात्रै सञ्चालन गर्ने गरी विद्यार्थीलाई हप्ताभरको गृहकार्य दिने गरी सञ्चालन गर्न निर्देशन दिएका छौं । विद्यार्थीको बसाइ व्यवस्थापन फराकिलो बनाउन पनि भनेका छौं । शुरूमा विद्यार्थी कम आएका छन् । तथापि विद्यालय क्रमशः सञ्चालन गर्दै जाने योजना छ ।’

कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका विद्यालय पनि सञ्चालनको तयारीमा जुटेका छन् । असोज १६ गतेदेखि वैकल्पिक शिक्षा प्रणाली अपनाइ पठनपाठन सञ्चालन गर्ने जनाइएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x