कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
असोज १३, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जाँच गर्दा लाग्ने शुल्कमा एकरूपता कायम गर्न निर्देशन दिए पनि ५ नम्बर प्रदेशका प्रयोगशालाले फरक–फरक शुल्क असुल्दै आएका छन् ।
प्रदेशका प्रयोगशालाले तीनथरि शुल्क उठाएर कोराना जाँच गर्दै आएका छन् ।
गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी र निजी प्रयोगशालाले २ हजार रुपैयाँमा पीसीआर जाँच गर्न शुल्क तोकेको थियो । तर प्रदेशको निजी ल्याबले सरकारले तोकेकोभन्दा झण्डै दोब्बर शुल्क लिएर पीसीआर जाँच गरिरहेका छन् ।
५ नम्बर प्रदेशमा ५ वटा प्रयोगशालाले कोरोना जाँच गर्दै आइरहेका छन् । प्रदेश सरकारले तोकेको शुल्कमा कार्यान्वनमा कडाइ नगर्दा सर्वसाधारणले बढी पैसा तिर्न बाध्य छन् ।
नेसनल ल्याबले लिन्छ ३ हजार ८००
बुटवलको निजी प्रयोगशाला नेसनल प्याथ ल्याबले अहिले पनि ३ हजार ८०० रुपैयाँमा लिएर पीसीआर जाँच गरिरहेको छ । प्रयोगशालाका सञ्चालक शरद भुसालले सरकारले तोकेको शुल्कमा जाँच गर्दा आफूहरूको खर्च पनि नपुग्ने बताए ।
‘हामीकहाँ पीसीआर जाँच गर्न आउनेलाई हामी शुरूमै २ हजारमा जाँच गर्न सकिँदैन भनेर बिरामीलाई काउन्सिलिङ गर्छाैं,’ भुसालले लोकान्तरसँग भने, ‘सरकारले तोकेको शुल्कमा जाँच गर्न सकिँदैन भनेर २ दिन त प्रयोगशाला बन्द नै गर्यौं । सबै क्षेत्रबाट जाँचका लागि दबाब आएपछि हामीले पुनः जाँच गर्न थालेका हौं । छुट्टै भवन भाडामा लिएका छौं । प्रयोगशालामा काम गर्ने १४ जना कर्मचारीलाई तलब, होटलमा बस्ने व्यवस्थादेखि उपकरण र विद्युत् खर्च कति उठ्छ अनि २ हजारमा कसरी जाँच गर्न सकिन्छ ?’ बिरामीले ३ हजार ८०० तिर्न तयार भएपछि मात्र आफूहरूले स्वाब लिने भुसाल दाबी गर्छन् ।
नेसनल प्याथ ल्याबले हालसम्म ५ हजार ४४७ जनाको पीसीआर जाँच गरिसकेको छ । दैनिक ८० जनासम्मको पीसीआर जाँच गर्दा नेसनलले दैनिक सरकारले तोकेकोभन्दा १ लाख ४४ हजार रुपैयाँ बढी शुल्क उठाइरहेको छ । जाँच गरिएका मध्येबाट १० प्रतिशतको रिपोर्ट पोजेटिभ आउने गरेको भुसाल बताउँछन् । नेसनल प्याथ ल्याबले साउन २६ गतेदेखि पीसीआर जाँच शुरू गरेको हो ।
बागेश्वरीमा सरकारले तोकेकोभन्दा पनि सस्तो
निजी क्षेत्रबाटै पीसीआर जाँच गर्ने बाँकेको नेपालगञ्जमा रहेको बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरले भने १ हजार ९९० रुपैयाँमा पीसीआर जाँच गर्दै आएको छ । प्रयोगशालाका सञ्चालक विमल बुढाथोकीले सर्वसाधारणलाई सहजताका लागि भनेर सरकारले तोकेकोभन्दा पनि सस्तोमा पीसीआर जाँच गर्ने गरिएको बताए ।
‘शुरूमा ५ हजार ५००, त्यसपछि ४ हजार ४०० रुपैयाँमा जाँच गरियो । सरकारले २ हजार तोकेपछि हामी त्यसभन्दा पनि सस्तो हुने गरी १ हजार ९९० रुपैयाँमा जाँच गर्न थालेका हौं,’ उनले भने, ‘हामीकहाँ त धेरै जाँच हुँदैन । कार्यालयमा रिपोर्ट लैजानुपर्ने र लक्षण भएकाहरू केही मात्र आउँछन् । सरकारले भनेको भन्दा बढी शुल्क लिए यहाँ कोही पनि आउँदैनन् ।’ बागेश्वरीले १ हजार ९५७ जनाको पीसीआर जाँच गरिसकेको छ ।
सरकारी प्रयोगशालामा २ हजारमै
लुम्बिनी प्रादेशिक अस्पतालले सरकारले २ हजार शुल्क तोकेको दिन नै आफूहरूले २ हजार ५०० रुपैयाँमा पीसीआर जाँच गर्ने बताए पनि भोलिपल्टबाटै २ हजार रुपैयाँमै जाँच गर्न थालेको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले सरकारी अस्पतालले सरकारी निर्देशन पूर्ण पालना गरेको बताए ।
‘हामीले फिवर क्लिनिकमा ज्वरो रुघाखोकी र गर्भवतीको निःशुल्क पीसीआर जाँच गर्दै आएका छौं,’ उनले भने, ‘आफैं जाँच गर्न आउनेलाई हामीले २ हजार शुल्क लिएर जाँच गर्छाैं । २४–३० घण्टाभित्र रिपोर्ट दिन्छौं ।’
बाँकेको भेरी अस्पतालले भने अन्य प्रयोगशालाले ४ हजार ४०० रुपैयाँमा पीसीआर जाँच गर्दा नै शुल्क घटाएर २ हजार ५०० रुपैयाँमा जाँच गर्दै आएको थियो । अस्पतालका अध्यक्ष प्रमोद धितालले हामीले जनतालाई सस्तोमा पीसीआर सेवा दिएको बताए । गुल्मी अस्पतालमा पनि गत १ हप्तादेखि कोरोना जाँच थालेको छ । गुल्मीका सबै स्थानीय तहले बजेट खर्च गरी प्रयोगशाला सञ्चालनमा ल्याएका हुन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले ‘कन्ट्रयाक ट्रेसिङ’मा परेकाहरूको मात्र स्वाब जाँच गर्छ ।
‘२ हजारभन्दा बढी लिन पाइँदैन’
पीसीआर जाँच गर्दा २ हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाइने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले सरकारले तय गरेकोभन्दा बढी शुल्क नलिन निजी प्रयोगशालालाई पत्राचार गरिएको बताए । ‘हामीकहाँ निर्देशन आएको छैन । बढी शुल्क लिए भन्ने हामीलाई बढी शुल्क लिएको रसिदसहित आएमा हामी कारवाहीको लागि प्रक्रिया अगाडि बढाउछौं । व्यावहारिक समस्याका नाममा सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क असुल गर्न पाइँदैन,’ पौडेलले भने ।
प्रदेशमा संक्रमितको संख्या १० हजारभन्दा माथि
५ नम्बर प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । रुपन्देहीमा मात्रै २ हजारभन्दा बढी संक्रमित पुगेकोमा ६०० भन्दा बढी सक्रिय संक्रमित छन् । लकडाउन खुलेपछि दिनदिनै नयाँ संक्रमित थपिने क्रम बढेको छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...