कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
असोज २८, २०७७
गत असोज २० गते प्रदेश सभाको दुईतिहाइ बहुमतबाट ५ नम्बर प्रदेशको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी प्रदेश बनाउने प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भयो ।
प्रदेश सभाका ८७ मध्ये ८६ जना सांसद बैठकमा सहभागी भए भने नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमाल प्रदेशसभा ऐतिहासिक बैठकमा सहभागी भएनन् ।
आफन्तको मृत्यु भएका कारण अकस्मात काठमाडौं जानु पर्दा बैठकमा सहभागी हुन नसकेको हमालले बताए । उनले लोकान्तरसँग भने, ‘असोज १९ गते प्रस्तावमाथि छलफल हुँदा बैठकमा थिएँ । त्यही दिन आफन्तको मृत्यु भएपछि अनिवार्य काठमाडौं पुग्नुपर्ने नै भयो । प्रदेश सभाको ऐतिहासिक बैठक गुमाउनुपर्दा पछुतो छ ।’
ऐतिहासिक बैठकमा मात्रै होइन, प्रदेश सभाका अन्य धेरै बैठकमा माननीयहरू कम जाने गरेको देखिन्छ । प्रदेशसभा स्थापना भएयता छैठौं अधिवेशन सकिएर प्रदेश सभाको प्रमुख काम नाम र स्थायी राजधानी तोक्दासम्म १४९ वटा बैठक बसेका छन् ।
प्रदेश सभाका बैठकमध्ये १०० वटा पनि बैठकमा उपस्थित नहुने सांसद १५ जना छन् । त्यसमा पर्छन्, मुख्यमन्त्री शंकर पोखरेलसहित सबै दलका प्रदेश सभामा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरू । प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २१ गते बसेको थियो ।
यी हुन् कम उपस्थित हुने १५ माननीयहरू
प्रदेशसभा बैठकमा कम हुनेहरू हुन् मुख्यमन्त्री शंकर पोखरेल, विपक्षी दलका (नेपाली कांग्रेस) नेता वीरेन्द्र कनौडिया, सामाजिक विकास मन्त्री (नेकपा) सुदर्शन बराल, आन्तरिक मामिला तथा कानूनमन्त्री (नेकपा) कुलप्रसाद केसी, सार्वजनिक लेखा समितिका सभापति (कांग्रेस) डिल्लीबहादुर चौधरी, सुमन शर्मा रायमाझी (जसपा), विमला पन्थी (नेकपा), बसिउद्धिन खाँ (कांग्रेस), युवराज खनाल (नेकपा), वीरबहादुर राना (कांग्रेस), दीपेन्द्रकुमार पुनमगर (नेकपा), चिन्तावती कुर्मी (नेकपा), कृष्णध्वज खड्का (नेकपा), इन्द्रजीत थारु (नेकपा) र अजय शाही (स्वतन्त्र राजनीतिक समूह) सय वटा बैठकमा पनि उपस्थित भएका छैनन् ।
यी सांसदहरू प्रदेशसभा सचिवालयमा कुनै सूचनाविनै जिल्ला भ्रमण, घरायसी र पार्टी काम लगायतका कारण देखाई संसद् बैठकमा अनुपस्थित हुँदै आएका छन् । संविधानको धारा १८०(घ) मा प्रदेश सभालाई कुनै सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ ।
सबैभन्दा कम बैठकमा आउने यी ५ माननीय
प्रदेशसभा सचिवालयले दिएको तथ्यांक अनुसार ५ जना सांसद त कूल बैंक संख्याको आधा मात्र उपस्थित भएका छन् । प्रदेश सभाका ५५ वटा बैठकमा मात्र उपस्थित हुने सांसदमा पर्छिन् जनता समाजवादी पार्टीकी सांसद सुमन शर्मा रायमाझी । उनी बर्दियाबाट प्रतिनिधित्व गर्ने जसपाकी सांसद हुन् ।
रायमाझीपछि संसदमा कम आउने अर्का सांसद हुन् दाङबाट प्रदेश सभामा निर्वाचित सांसद डिल्लीबहादुर चौधरी । उनी ६२ वटा बैठकमा मात्र उपस्थित छन् । वीरेन्द्र कनौडिया ६८ वटा बैठकमा मात्र उपस्थित छन् ।
रुपन्देहीबाट निर्वाचित कांग्रेस सांसद बसिउद्धिन खान र कांग्रेसकै पाल्पाका समानुपातिक सांसद वीरबहादुर राना पनि संसदमा कम आउने ५ जनाभित्र पर्छन् । उनीहरू २ जना क्रमशः ७० र ७५ वटा बैठकमा मात्र सहभागी भएका छन् । कानून निर्माण गर्ने प्रमुख थलो प्रदेशका नियमित बैठकभन्दा बाहिरका विभिन्न साधारणसभा उद्घाटनमा रमाउने प्रवृत्ति नेताहरूमा देखिएको छ ।
बसेका बैठकमध्ये आधामा मात्र उपस्थित हुन पनि ७५ बैठकमा उपस्थिति चाहिन्छ ।
बैठकमा गयल हुने माननीयहरू के भन्छन् ?
यही प्रवृत्तिलाई पुष्टि गर्छ बैठकमा कम सहभागी हुने सांसद इन्द्रजित थारूको भनाइले पनि । उनी भन्छन्, ‘संसद नियमावली मिचेरै बैठकमा उपस्थित नभएको भन्ने होइन । जनताका काम जिल्लामा पर्ने हुँदा बैठकमा धेरै सहभागी हुन नपाएकै हो ।’
उनले थपे, ‘भत्ता पचाउनको लागि मात्र बैठक गइनँ । म सत्तापक्षको सांसद हुँ । कानून बनाउनका लागि सरकारले ल्याएका मस्यौदाहरू म जिल्लामै बसेर पनि अध्ययन गर्छु । आफ्नो गृहजिल्लामा राजधानी पनि ल्याउन सफल भयौं । यसप्रति जिल्लावासी धेरै खुशी छन् ।’
रूपन्देहीबाटै निर्वाचित सांसद बसिउद्धिन खानले पार्टीको संगठन विस्तारदेखि जनताको काममा खटिँदा बैठकहरू गुमाउनु परेको बताए । उनले भने, ‘त्यतिधेरै बैठक ‘मिस’ गरेजस्तो त लाग्दैन । महत्त्वपूर्ण बैठक छुटाएको छैन । अबका बैठकहरू सकभर गयल नहुने प्रयत्न गर्छु ।’
‘कानून निर्माणमा असर पुर्याउँछ’
उच्च अदालत तुलसीपुर इजलास बुटवलका अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले सांसदहरू कम उपस्थितिका बीच प्रदेश सभाले निर्माण गरेका कानूनहरू गुणात्मक नहुने बताए । सांसदबीच छलफलविना बनेका विधयेकहरू कार्यान्वयनमा आउँदा समस्या देखिन सक्ने पाण्डेको तर्क छ । प्रदेश सभाले झण्डै ३ वर्षको अवधिमा ५६ वटा कानून निर्माण गरेको छ ।
सांसदहरू कोही आधाभन्दा बढी र कोही आधाजसो बैठकमा अनुपस्थित हुँदा पनि तलब भने पूरापूर नै पाइरहेका छन् । तलब पूरा लिएर आफ्नो जिम्मेवारी आधा पनि पूरा नगर्नु बेइमानी भएको आलोचकहरूको भनाइ छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...