×

NMB BANK
NIC ASIA

प्रदेश सरकारको उपलब्धि ७ महिनामा जम्मा ७ आईसीयू, बेड नपाएर हुन थाल्यो संक्रमितको मृत्यु !

असोज २८, २०७७

NTC
Premier Steels

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ८४ वर्षीय पुरुषको रुपन्देही अस्पतालमा आईसीयू बेड नपाएपछि दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भयो ।

Muktinath Bank

त्यस्तै बुटवलमा आईसीयू बेड नपाएर दाङ पुर्‍याइएकी तिलोत्तमा नगरपालिका– ३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिवार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देहीकै देवदह नगरपालिकाका ८७ वर्षीय पुरुषले आईसीयू बेड नपाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको ज्वरो क्लिनिकमा राखेर उपचार गरिएको छ । 


Advertisment
Nabil box
Kumari

लुम्बिनी प्रदेशमा संक्रमण तीब्र रूपमा फैलिँदा बेड नपाएर जटिल संक्रमितको मृत्यु हुन थालेको हो ।

Vianet communication

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले गम्भीर अवस्थामा पुगेका संक्रमित बिरामीहरूको उपचारका लागि बेड अभाव भएको बताए । 

उनले भने, ‘संक्रमण तीव्र रूपमा फैलिँदै जाँदा अस्पतालमा आएर पीसीआर जाँच गरेपछि पोजेटिभ केसहरूलाई उपचार गर्न बेड अभाव हुँदा काठमाडौ, दाङ, चितवनलगायत शहरमा दैनिक ३/४ जना बिरामीलाई रिफर गरिरहेका छौं ।’ 

गम्भीर अवस्थामा पुगेका बिरामीहरूको उपचारका लागि आईसीयू बेडको कमी हुँदा आफन्तहरू बेडको व्यवस्थापन गर्न एक अस्पतालबाट अर्को अस्पताल भौंतारिन बाध्य छन् भने आईसीयू आवश्यक रहेका बिरामीहरू पनि आइसोलेसनमा राखिएको छ । 

संक्रमणको संकट गहिरिँदै जाँदा पनि प्रदेश सरकारले जटिल संक्रमितहरूलाई उपचारका लागि आईसीयू र भेन्टिलेटर बेड थप्नेतर्फ ध्यान दिएको देखिँदैन । 

महामारी शुरू भएयताका सात महिनामा प्रदेश सरकारले प्रदेशका १२ जिल्लाका लागि जम्मा ७ वटा आईसीयू र भेन्टिलेटर मात्र थपेको छ ।

संक्रमित बढ्दै जाँदा बुटवल धागो कारखानामा बनाइएको कोभिड अस्पतालमा २०० आइसोलेसन बेड थप गर्ने बताए पनि त्यो अगाडि बढ्न सकेको छैन ।

कति छन् बेड ?

लुम्बिनी प्रदेशमा कोभिड–१९ उपचारका लागि १९५ आइसोलेसन बेड, जम्मा ३४ आईसीयू र १२ वटा मात्र भेन्टिलेटर छन् ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बुटवलमा १६ आईसीयू भैरहवाको भीम अस्पतालमा ५, भेरी अस्पताल नेपालगञ्जमा ५ र बेलझुण्डी दाङमा ५ वटा छन् । त्यस्तै भेन्टिलेटर बुटवलमा ५, भैरहवा १, नेपालगञ्ज ५ र दाङमा पनि ५ वटा मात्र छन् । अहिले बेड अभाव हुँदा सक्रिय संक्रमितको ५० प्रतिशतभन्दा बढी होम आइसोलेसनमा बसेका छन् ।

प्रदेशमा संक्रमितको संख्या १३ हजार ५ सयभन्दा माथि पुगेको छ । 

कोभिडका लागि कति गर्‍यो प्रदेशले खर्च ?

प्रदेश सरकारले महामारी शुरू भएपछि लुम्बिनी प्रदेशका १०९ स्थानीय तहलाई क्वारेन्टीन व्यवस्थापनका लागि भन्दै उपमहानगरपालिकालाई २०, नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख रुपैयाँका दरले करीब १३ करोड रुपैयाँ उपलब्ध गरायो । 

त्यस्तै ८ करोड रुपैयाँ प्रदेशका चारवटा कोभिड विशेष अस्पतालहरूलाई बेड व्यवस्थापन गर्नेदेखि जनशक्ति व्यवस्थापनका लागि भनेर उपलब्ध गरायो । त्यस्तै प्रदेशको कोभिड नियन्त्रण कोषबाट २० करोड निकासा गरी शवबाहान खरिद गर्न स्थानीय तहहरूलाई बजेट उपलब्ध गराउनेदेखि कोरोनाका संक्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँका दरले उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई उपलब्ध गराएको छ । 

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले संक्रमण १२ भेन्टिलेटर र ३४ आईसीयू बेड थप गर्ने गरी प्रदेश सरकार अगाडि बढेको बताए । उनले भने, ‘१९५ अक्सिजन पाइपसहित (आईसीयूजस्तै) बेड थप्दै छौं । ती बेडमध्ये ५० बुटवल, भैरहवा, दाङ र बाँकेमा रहनेछन् ।’ 

मृत्युदर मुलुकको भन्दा लुम्बिनी प्रदेशको बढी 

लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या १०४ पुगेको छ । यो संख्या कुल संक्रमित संख्याको ०.७६ प्रतिशत हो । यो संख्या मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुने ०.५९ प्रतिशतभन्दा बढी हो ।
सबैभन्दा धेरै बुटवलको धागो कारखाना कोभिड अस्पतालमा ४० जनाको मृत्यु भएको छ । 

सीमा नाकाबाट सहजरूपमा भित्रिएर सिधै घर 

लुम्बिनी प्रदेशमा ठूला नाकाहरूबाट भारतबाट आउनेहरू सिधै घर गएर बस्न थालेका छन् । रुपन्देही बेलहिया (सुनौली) नाकाबाट दैनिक ५ सय नेपाली र केही भारतीय कामदारहरू आउने गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।

इप्रकामा कार्यरत प्रहरी निरीक्षक ईश्वरी अधिकारीले दैनिक ५ सय नेपाल भित्रिने र ३ सयदेखि ४ भारततर्फ जाने गरेको बताए ।

‘पहिलाजस्तो कडाइ छैन । भारतका विभिन्न शहरहरूमा काम गरेर नाकामा आएका नेपालीहरूको इन्ट्री गरेर (नाम, ठेगाना र मोबाइल नम्बर राखेर) सिधै घर जान दिइन्छ । उनीहरू सार्वजनिक बस चढेर आफ्नो गृहजिल्ला जान्छन् ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x