बैशाख ४, २०८१
नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको खबरले फेरि एकपटक विश्वमा नेपालको नाम फैलिएको छ । नेपाल र चीनका नापी प्राविधिकहरूले संयुक्त रूपमा गरेको नापीपछि सगरमाथाको उचाइ बढेको तथ्य मंगलवार सार्वजनिक गरिएको थियो ।
सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर अग्लो भनेर लेखिँदै आएकोमा अब त्यो बढेर ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर भएको छ । २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने अन्तर्राष्ट्रिय बहसकाबीच नेपालले आफ्नै प्राविधिक र स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।
सन् १८४९ मा बेलायती नागरिक सर जर्ज एभरेस्ट नेतृत्वको टोलीले सगरमाथालाई विश्वकै उच्च शिखर भएको प्रमाणित गरेको थियो । उनैको नामबाट सर्वोच्च शिखरको नाम ‘एभरेस्ट’ राखिएको थियो । सन् १९५४ मा भारतको सर्वे अफ इन्डियाले गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर कायम भएको थियो ।
शान्तिका दूत गौतमबुद्ध र सर्वोच्च शिखर सगरमाथा जसले विश्वमा नेपाललाई चिनाएको छ । पर्वतारोहणमा चासो राख्ने विश्वका लाखौं पर्यटक मात्र नभई पर्यावरण र जलवायु परिवर्तनमा चासो राख्नेहरूका लागि पनि सगरमाथाको उचाइ बढेको कुराले महत्त्व राख्नेछ । विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिएको, सेता हिमाल काला पहाडजस्ता देखिएकोमा विश्वका पर्यावरणविद्हरू चिन्तित छन् ।
नेपाल र चीनले एकैपटक सगरमाथाको नयाँ उचाइ घोषणा गर्दा यसको सन्देश विश्वव्यापी रूपमा फैलिएको छ । कोरोना भाइरसको महामारीका कारण थलिएको पर्यटन उद्योगलाई उकास्न चीनले भविष्यमा यसबाट निकै फाइदा लिनेमा दुईमत छैन ।
चीनले सगरमाथा (चोमोलुङ्मा)को आधार शिविरसम्म पूर्वाधार विकास गरिसकेको छ । सगरमाथाको हिउँबाट बनेको भन्दै चीनले पानीको बिक्री थालिसकेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भन्नुबाहेक नेपालले यसबाट अपेक्षित फाइदा लिन सकेको छैन– सगरमाथा चढ्नेहरूको रोयल्टीबाहेक । बरू सगरमाथा आरोहण गर्नेहरूले प्रयोग गरेका सामानका कारण प्रदूषण बढेको समाचार बेलाबखत आइरहन्छ ।
चीनसँगको संयुक्त प्राविधिक टोलीले सगरमाथाको उचाइ नापेर नयाँ तथ्य सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद दिनुपर्छ ।
सगरमाथाको उचाइ बढेको तथ्यलाई विश्वव्यापी मार्केटिङ गर्दै कोरोना महामारीको संकट सकिएपछि सगरमाथालाई पर्यटकको रोजाइस्थलको रूपमा प्रचार गर्न सके नेपालले धेरै फाइदा लिन सक्छ । सगरमाथा नेपालको राष्ट्रिय गौरव हो । सगरमाथाको उचाइ बढ्दा नेपालको गौरव चुलिएको छ ।
नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...
संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...