भदौ २४, २०८०
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् ।
४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा सरकारबाट भए/गरेका नियमित कामको व्याख्या/बयान गरे ।
जनताले प्रत्यक्ष अनुभूत गर्ने खालको काम सरकारले एक वर्षमा गर्न सकेन । प्रचण्ड स्वयंले स्वीकार गरेका छन्– हुटहुटी अनुसारको परिणाम आएन ।
परिणाम आएन भनेपछि सरकार सफल भयो भन्न कसरी मिल्छ ? शपथको दिनदेखि नै तेस्रो कार्यकालमा केही नयाँ काम गर्ने उनले बताउँदै आएका थिए ।
प्रचण्डले पहिलो वर्ष प्रभावकारी नभएको निष्कर्षसहित कार्यशैली परिवर्तन गर्ने बताएका छन् । अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताएका छन् । दिनमै तीनवटा कार्यक्रममा गएर समय खर्च गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो ।
राजनीतिक नेतृत्वको कार्यशैली अनुसार कर्मचारीतन्त्रले काम नगरेको सरकारका मन्त्रीहरूले गुनासो गर्दै आएका छन् । प्रचण्डले सिंगो राज्यसंयन्त्रलाई सन्देश दिनेगरी प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन यसै साता गर्ने बताएका छन् ।
एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बने पनि अहिले प्रचण्डले कांग्रेससँग सत्ता साझेदारी गरिरहेका छन् । गठबन्धन सरकार रहे पनि राजनीतिक स्थायित्वमा कुनै प्रश्न नरहेको र सरकार तानातानमा नरहेको उनले उल्लेख गरेका छन् । यदि यस्तो हो भने सरकारले किन जनअपेक्षा अनुसार काम गर्न सकेको छैन ? प्रचण्डले जवाफ दिन सकेका छैनन् ।
प्रचण्डले कामको जति व्याख्या बयान गरे पनि सर्वसाधारणले सरकारप्रति विश्वास गरिरहेका छैनन् । सरकारी अस्पतालको दुरावस्था र निजी अस्पतालमा पहुँच नभएका आमनागरिक तड्पिरहेका छन् । एउटा सामान्य शल्यक्रियाका लागि सरकारी अस्पतालमा महिनौं कुर्नुपर्ने बाध्यता छ । उपचार सुलभ गराउने कुरामा सरकारले एउटै काम गरेन, जुन नागरिकले प्रत्यक्ष अनुभूत गर्ने विषय हो ।
सम्बोधनमार्फत प्रचण्डले आजसम्मका सबै ऊर्जा र अनुभव खन्याएर राष्ट्रनिर्माणमा निर्णायक रूपमा होमिन तत्पर र प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रचण्डले पहिलो एक वर्ष उपलब्धिमूलक नभएको स्वीकारेका छन् । दोस्रो वर्षको जति समय उनी सरकारमा बस्छन्, त्यसलाई सम्भनलायक बनाउनतर्फ लागून् ।
कर्मकाण्डी कार्यशैलीले उनी असफल हुने मात्र होइन, देशको महत्त्वपूर्ण समय समेत बर्बाद हुनेछ ।
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...