कात्तिक १३, २०८०
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
बैशाख २४, २०८०
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं ।
तपाईंहरूको शुभेच्छा, हौसला र प्रेरणाले लोकान्तर डट्कम यात्रामा अविराम खटिरहन सकेको छ भन्ने हाम्रो बुझाइ छ ।
प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर २०७३ वैशाख २४ गते हामीले खोजी पत्रकारिताको एउटा नयाँ अध्याय शुरू गरेका थियौं ।
जुन सोच राखेर लोकान्तरको यात्रा शुरू भएको थियो त्यसमा थोरै भए पनि लक्ष्य प्राप्त गर्न सकेको हाम्रो मूल्यांकन छ ।
मूलधारका मिडियामा खोजी पत्रकारिताको धार भुत्ते हुँदै गइरहेको समयमा हामीले त्यसैलाई मूलमन्त्र मानेर कठिन यात्रा शुरू गर्यौं, जतिबेला चलनचल्तीको भाषामा अनलाइन भनिने डिजिटल पत्रिकालाई राज्यले ‘रिकग्नाइज’ नै गरेको थिएन । तर, अहिले अनलाइन पत्रिकाहरूमा आइरहेका खोजमूलक समाचारले मूलधार मिडियाको परिभाषा पूरै बदलिएको छ । हामी अघिअघि र परम्परागत मिडिया पछिपछिको अवस्था छ ।
सात वर्षको समयमा हामीले सुशासनलाई केन्द्रमा राखेर खोजमूलक समाचारलाई प्रधान विषय बनायौं । हामीले उठान गरेका कैयौं विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकेर भ्रष्टाचार मुद्दा दायर गरेको छ । न्यायपरिषद्ले छानबिन गरेर न्यायाधीशसमेतलाई कारवाही गरेका धेरै उदाहरण छन् । सरकारले नीतिगत निर्णय सच्याएको छ । सांसदहरूलाई नियममा बस्न बाध्य बनाएको छ ।
राजनीतिको भित्री कुरा र समाजको बदलिँदो चित्रलाई हामीले पाठकसम्म पुर्याइरहेका छौं । जे होस्, ‘सिंहदरबार’ले हामीलाई पढ्न र सुन्न थालेको छ । यी विषयलाई हामीले हाम्रो सफलता ठानेका छौं ।
आगामी दिनमा हाम्रो मुख्य ध्यान खोजमूलक पत्रकारिताका माध्यमबाट पारदर्शी शासन स्थापनाका लागि सघाउनेतर्फ हुनेछ । ‘खोजी पत्रकारिता’ गर्छु भन्न सजिलो छ, व्यवहारमा उतार्न कठिन छ । पटक-पटक सरकारी कार्यालय धाएर सूचना ल्याउने र त्यसलाई पाठकसम्म पस्किने काम सहज छैन । तर, हामी त्यही अप्ठ्यारो काममा नतिजा निकाल्ने प्रयत्न गर्नेछौं ।
कोरोना महामारी, युक्रेन युद्धलगायतका कारणले देखापरेको आर्थिक मन्दीका कारण बजार नराम्ररी प्रभावित छ । त्यसको प्रत्यक्ष मार मिडिया उद्योगले सामना गरिराख्नुपरेको छ । यस चुनौतीलाई चिर्दै हामी नयाँ ऊर्जासाथ खोजमूलक पत्रकारिताको धारलाई अझ तेजिलो बनाउने प्रण गर्दछौं ।
खोजमूलक, विश्वसनीय र सन्तुलित सामग्री पस्कनुका अलावा हाम्रो मिडियालाई पाठकसामु अझ बढी परिचित गराउँदै अघि बढ्ने हाम्रो अभियान पनि निरन्तर चल्नेछ ।
सधैँझैं हाम्रा गल्ती-कमजोरी औंल्याएर सन्मार्गमा अघि बढ्न तपाईं समस्त पाठकको रचनात्मक सुझाव र प्रतिक्रियाको अपेक्षा हामी गर्दछौं ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ । ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् । मध्यरातमा आ...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...