×

NMB BANK
NIC ASIA

विपत्तिको घडी

वर्षा शुरू नहुँदै बजेको खतराको घण्टी

काठमाडाैं | असार ४, २०८०

NTC
Premier Steels

वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ ।

Muktinath Bank

ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्यरातमा आएको बाढीका कारण ४ जनाको मृत्यु भइसकेको छ भने ३० जना जति बेपत्ता छन् । बेपत्ता हुनेमा अधिकांश निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्ने श्रमिकहरू छन् ।


Advertisment
Nabil box
Kumari

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संसदमा गराएको जानकारीअनुसार बाढीले पुल भत्काएपछि ताप्लेजुङ जिल्ला सडक सञ्जालबाट विच्छेद भएको छ ।

Vianet communication

बाढीका कारण भएको आर्थिक क्षतिको यकिन तथ्यांक अझै आइसकेको छैन । सुपर हेवाखोला जलविद्युत् आयोजनाका संरचना बाढीले बगाएको छ । सर्वसाधारणका कयौं घर पनि बाढीको चपेटामा परेका छन् ।

पछिल्ला वर्षमा आएको यस प्रकारको बाढीले धनजनको ठूलो क्षति पुर्‍याएको छ । दुई वर्षअगाडि आएको यस्तै प्रकृतिको बाढीले मेलम्ची जलविद्युत् आयोजना र त्यस आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो । कतै लामो समयको खडेरी र कतै अतिवृष्टिले यस्तो प्राकृतिक प्रकोप निम्त्याएको छ । 

खडेरी या अतिवृष्टि हामीले नियन्त्रण गर्न सक्ने विषय होइनन्, तर यसबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ । मेलम्ची या पूर्वी नेपालका जिल्लामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

मेलम्चीमा दुई वर्षअघि आएको विनाशकारी विपत्तिको मूल कारण पहिरो भए पनि पूर्वी नेपालमा बाढीले ठूलो क्षति पुर्‍याउनुमा डाँडाकाँडामा चलाइएको अनियन्त्रित डोजर प्रमुख कारणको रूपमा रहेको छ ।

सरकारी बजेट सक्नका लागि मात्र विना इन्जिनीयरिङ सडक निर्माणको नाममा गाउँका डाँडामा जथाभावी डोजर चलाइएको छ ।

हिउँदमा खनेर फालिएको माटो नै वर्षा याममा हिलो बनेर बाढीमा मिसिने गरेको छ । यो रोग देशैभरी चलिरहेको छ ।

इन्जिनीयरिङ नगरिएका सडकका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको  छ । 

वर्षा शुरू नहुँदै आएको बाढीले यो वर्ष पनि प्राकृतिक प्रकोप निम्तिने खतराको घण्टी बजिसकेको छ ।

मध्यवर्षामा हुन सक्ने प्राकृतिक प्रकोपको क्षति कम गर्नका लागि सरकारले अहिले नै योजना बनाउन जरुरी छ ।

जोखिमयुक्त क्षेत्रमा राहत र उद्धारका लागि सरकारी संयन्त्र तयारी अवस्थामा रहनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x