×

NMB BANK
NIC ASIA

आइतवार अकस्मात डाकिएको मन्त्रिपरिषद् बैठक जम्माजम्मी २५ मिनेट बस्यो ।

Muktinath Bank

संसद् विघटन गर्ने प्रधानमन्त्रीको तयारीका बारेमा मन्त्रीहरू जानकार थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रीहरूलाई बैठकका लागि भनेर साढे ९ बजेको समय दिइएको थियो । सबै मन्त्रीहरू बालुवाटार पुगे ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीले अध्यादेश फिर्ताको प्रक्रिया शुरू गर्न बैठक मन्त्रिपरिषद् बैठक बोलाएका होलान भन्नेमा मन्त्रीहरू विश्वस्त थिए ।

Vianet communication

बैठकमा जानुअघि एक मन्त्रीले लोकान्तरसँग कुरा गर्दै भनेका थिए, 'आज त्यही अध्यादेश फिर्ताको सिफारिश गर्न बोलाइएको हुनुपर्छ ।'

बैठक शुरू हुनेबित्तिकै संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ताको निर्णय भयो । यतिबेलासम्म मन्त्रीहरू चुप बसेका थिए ।

त्यसपछि ओलीले भने, 'ल साथीहरू ताजा जनादेशका लागि अघि बढ्नुपर्‍यो । संसद् विघटन गर्ने र वैशाखमा चुनाव गर्ने !'

त्यसपछि मन्त्रीहरू मुखामुख गर्न थाले । ओलीले मुख्यसचिवलाई त्यही अनुसारको भाषा माइन्युटमा लेख्न लगाए ।

केही मन्त्रीहरूले प्रतिवाद गर्ने प्रयाससमेत गरेका थिए । मन्त्रीहरूमध्ये वर्षमान पुन, घनश्याम भुसाल, योगेश भट्टराई र प्रदीप ज्ञवालीले पार्टीभित्र छलफल गरौँ, अहिल्यै यस्तो निर्णय नगरौं भने, तर ओलीले उनीहरूको कुरा सुनेनन् ।

प्रधानमन्त्री ओली बिहानैदेखि अलि थाकेका र गलेका जस्ता देखिन्थे । उनले शनिवार बेलुकादेखि नै संसद् विघटनका बारेमा आफूनिकट नेता र कानूनविदसँग सल्लाह गरेका थिए ।

'प्रधानमन्त्री यो निर्णयमा पुगिहाल्नु भएको छैन होला भन्ने हाम्रो अनुमान थियो,' ओलीनिकट मानिने एक मन्त्रीले लोकान्तरसँग भने, 'तर अन्त्यमा संसद विघटनको सिफारिस भयो ।'

बैठक जम्माजम्मी २५ मिनेट मात्र बस्यो । बैठकका निर्णयहरू माइन्युट गर्न लगाएर प्रधानमन्त्री ओली निर्णयसहित अन्य केही फाइल बोकेर कक्षबाट बाहिरिए ।

त्यसपछि बालुवाटारमै ओलीलाई कुरिरहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग ओलीको छोटो भेट भयो ।

भेटमा प्रचण्डले यति धेरै अविश्वास किन ? भनेर सोधेका थिए ।

ओलीले तपाईंहरूले मलाई साथ नदिने भएपछि मैले चाल्नुपर्ने कदम नै यही हो भनेर आफ्नो कदमको प्रतिवाद गरे ।

बाहिर कुरिरहेका प्रचण्डलाई भित्रका मन्त्रीहरूले नै पल-पलमा म्यासेज गरेर घटनाक्रमका बारेमा जानकारी गराएका थिए ।

ओली शितलनिवासतिर लागेपछि प्रचण्ड आफ्नो निवास खुमलटार फर्के । उनले तत्कालै आफूनिकट नेताहरूलाई फोनमा ओलीले 'कू' गरेको ब्रिफिङ गरे ।

त्यसपछि खुमलटारमा प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरू जम्मा भएका थिए ।

फाइल बोकेर ओली राष्ट्रपति कार्यालय शितलनिवासतिर लागे । करीब डेढ घण्टा राष्ट्रपति कार्यालयमा बिताएर ओली बालुवाटार फर्किसकेका छन् ।

राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् बैठकले गरेको सिफारिश यो समाचार टिप्पणी लेख्नेबेलासम्म अनुमोदन भएको छैन ।

आजै नेकपाको स्थायी कमिटी बैठक बस्ने कार्यतालिका थियो । ओलीको हठात् निर्णयले बैठक अनिश्चित बनेको छ ।

तर केही नेताहरू बालुवाटार पुगेका छन् । बैठक बस्छ या बस्दैन भन्ने कुनै निश्चित नभएको नेताहरूले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x