कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
विभाजनअघि बैठक बस्नै 'सकस' पर्ने सत्तारूढ नेकपा विभाजनपछि दुवै पक्षले धमाधम कार्यकर्ता भेला गर्न थालेका छन् ।
पार्टी कामका लागि बालुवाटारबाट बाहिर ननिस्कने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अहिले कार्यकर्ता भेलामा कहिले निजी पार्टी प्यालेस त कहिले प्रज्ञा प्रतिष्ठान धाउन थालेका छन् । केही दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेश पनि पुग्ने उनको तयारी छ ।
ओलीविरुद्ध मोर्चाबन्दी र पार्टीको आन्तरिक कलहमा व्यस्त रहने प्रचण्ड-माधव नेपाल पक्ष पनि अहिले सडकदेखि जनताको घरदैलोमा पुगिरहेको छ ।
गत साल माघ १९ गते सम्पन्न तत्कालीन एकीकृत नेकपाको केन्द्रीय कमिटी बैठकले केही दिनमा पार्टी एकीकरण प्रक्रिया टुंग्याएर देशैभर जनतासँग जोडिन अभियान शुरू गर्ने निर्णय गरेको थियो ।
पार्टी एक रहँदासम्म जनताकहाँ पुग्ने कुनै कार्यक्रम तय गर्न नेकपाले सकेन । यद्यपि कोभिड- १९ का कारण नेकपाको राजनीतिक गतिरोध पनि कायमै रह्यो ।
केन्द्रीय कमिटी बैठकपछि नेकपा ध्रुवीकृत हुन शुरू गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्ला सार्वजनिक अभिव्यक्तिहरूमा 'पार्टीले गति लिने भयो भनेरै ओली पक्षको टाउको दुख्न शुरू भएको' आरोप लगाउने गर्छन् ।
ओली पक्षको दाबी भने प्रचण्डले पार्टी विभाजनकै लागि ओलीमाथि फौजदारी अभियोगसहित आरोप पत्र पेश गरेको भन्ने छ ।
विवाद बढ्दै जाँदा भेला, सभा सम्मेलन भएनन्, बरू सचिवालय र स्थायी कमिटी बैठक बस्न पनि हम्मेहम्मे पर्दै गयो ।
सचिवालय बैठक बोलाउनुपर्ने भन्दै बहुमत सचिवालय सदस्यले ओलीसमक्ष पत्र लेख्नुपर्ने परिस्थितिसमेत पार्टीले बेहोरेको थियो ।
पार्टीको केन्द्रीय कमिटीलाई 'सडक छाप' र स्थायी कमिटीलाई ओलीले 'हुल्लडबाज'को संज्ञा दिने गरेका थिए ।
बैठक बस्न ओलीको अरुचि!
ओली असार १० गतेदेखि शुरू भएको स्थायी कमिटी बैठकमा जान रुचि देखाएनन् । मन लाग्दा बैठकमा जाने, नलाग्दा नजाने ओलीको रवैयाको बैठकमै विरोध भएको थियो । त्यस्तै केन्द्रीय कमिटी बैठक बोलाउन पनि ओलीले अनिच्छा व्यक्त गरेका थिए ।
त्यसअघि वैशाख ८ गते ओलीले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाका बहुमत स्थायी कमिटी सदस्यहरूले तत्काल बैठक बोलाउन हस्ताक्षर गरे । ओलीले त्यसलाई पनि टेरपुच्छर लगाएनन् ।
विधानतः बैठक माग गरेको १५ दिनभित्र बैठक बस्नुपर्ने थियो । तर ओलीले बैठकमा 'आफ्नो आलोचना गर्न नपाइने' पूर्वशर्त राखे ।
वैशाख २५ गते बस्नुपर्ने स्थायी कमिटीको बैठकलाई ३० गतेसम्म धकेलियो । सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा मात्र छलफल हुने गरी ३० गते एक दिनका लागि स्थायी कमिटी बैठक बस्न सकेको थियो ।
गत भदौ २६ गते समापन भएको स्थायी कमिटी बैठकले पार्टीभित्रको विवाद तत्कालका लागि समाधान गरेको थियो ।
प्रचण्डले पार्टी हेर्ने, ओलीले सरकार हेर्ने र महत्त्वपूर्ण विषयमा दुवै अध्यक्षले सल्लाह गरेर काम गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको थियो ।
नयाँ विवाद खडा भएपछि बैठकका लागि तोकादेश !
त्यसपछि राजदूत नियुक्ति, मन्त्रीमण्डल पुनर्गठन, कर्णाली प्रदेशमा देखिएको विवाद र प्रधानमन्त्रीले भारतीय जासुसी संस्था 'रअ' प्रमुखलाई भेटेको मुद्दा असन्तुष्ट पक्षले उठाएपछि विवाद पुनः नयाँ स्वरूपमा खडा भएको थियो ।
कात्तिकको तेस्रो साता प्रचण्ड लगायतका बहुमत सचिवालय सदस्यले ओलीलाई पत्र बुझाउँदै तत्काल सचिवालय बैठक बोलाउन माग गरे । तर ओली तयार भएनन् । दुवै पक्षले पत्रमार्फत एकले अर्कालाई आक्षेप लगाउन शुरू गरे ।
अन्ततः कात्तिक २८ गते सचिवालय बैठक बस्न सम्भव भयो । २८ गतेको बैठकले मंसिर ३ गते बैठक बस्ने गरी नयाँ मिति तय गर्यो ।
प्रचण्डले प्रस्तावका रूपमा पेश गरेको ओलीमाथिको आरोप पत्र फिर्ता हुनुपर्ने ओलीको माग थियो । तर प्रचण्ड-नेपाल पक्षले सबै डकुमेन्टमाथि बैठकमै छलफल हुनुपर्ने अडान लिएका थिए । तर मंसिर ३ गतेको सचिवालय बैठकमा ओली सहभागी बने ।
पुस ५ गते नेकपाको अन्तिम स्थायी कमिटी बैठक !
त्यसपछि मंसिर १५ का लागि तय गरिएको स्थायी कमिटी बैठक पटक-पटक सारियो ।
सिंगो पार्टी नेकपाको अन्तिम स्थायी कमिटी बैठक पुस ५ गते बस्यो । त्यसअघि पुस १ गते बसेको स्थायी कमिटी बैठकमा ओली उपस्थित भएनन् । बरू ओलीले दोस्रो पटक जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र संसद्को विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा पुर्याइएको समावेदन फिर्ता गर्ने सहमति बन्यो ।
पुस ५ गते स्थायी कमिटी बैठक बस्नुअघि बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्ने प्रस्ताव पारित गर्यो ।
उक्त सिफारिश लिएर ओली राष्ट्रपति कार्यालय पुगे । मन्त्रिपरिषद्ले सिफारिश गरेको केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गरिदिइन् । नयाँ निर्वाचन वैशाख १७ र २७ गतेका लागि तोकियो ।
राष्ट्रपतिबाट संसद् विघटन घोषणा हुँदा नेकपाका स्थायी कमिटी सदस्यहरू बालुवाटारमै थिए । बैठक शुरू हुन सकिरहेको थिएन । त्यसपछि ओलीपक्षीय नेताहरू साइड लागे ।
प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटी बैठक केहीबेर बस्यो र ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गर्यो ।
पार्टी विभाजनपछि भेला र सम्मेलनको बाढी !
संसद् विघटन गरिएपछि नेकपा राजनीतिक रूपले दुई चिरा भइसकेको छ । अलग-अलग केन्द्रीय कमिटी बैठक बसेर एकले अर्कालाई कारवाही गर्नेदेखि लिएर आरोप-प्रत्यारोप लगाउने शिलसिला जारी छ ।
पुस ७ गते अपराह्न १ बजे प्रचण्ड-नेपाल पक्षले बबरमहलस्थित एक पार्टी प्यालेसमा केन्द्रीय कमिटीको आयोजना गर्यो ।
त्यही दिन बिहान ९ बजे ओली पक्षले बालुवाटारमा अर्को केन्द्रीय कमिटी बैठक आयोजना गरेको थियो ।
ओली पक्षीय केन्द्रीय कमिटीमा सदस्यहरूको संख्या थप गरेर १ हजार ९९ पुर्याइयो ।
उता बबरमहलमा बसेको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई कारवाही गरेर अध्यक्षबाट निकाल्यो र वरिष्ठ नेता रहेका माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनायो । एकले अर्कालाई खुइल्याउने काम त्यहीँबाट शुरू भयो ।
अहिले दुवैतिरका नेताहरू देशव्यापी दौडाहामा लागेका छन् ।
संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन छ तर दुवै पक्षले अदालतको फैसलालाई प्रभावित पार्ने गरी सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।
त्यसयता दुवै पक्षले देशव्यापी रूपमा भेला र सम्मेलन तीव्र बनाएका छन् ।
आफूलाई मध्यमार्गी भन्न रुचाउने एक स्थायी कमिटी सदस्यको गुनासो छ – 'पार्टी एकीकृत हुँदा नै यसरी भेला र सम्मेलनहरू गर्न पाएको भए, नेकपाको हाइट कहाँ पुग्थ्यो होला ? अहिले एकले अर्कामाथि पोल खोलाखोल गरिएको छ, खुइल्याउन खोजिएको छ । बैठकको नाम सुन्दा तर्सिने प्रधानमन्त्रीलाई भेला र सम्मेलनमा हिँड्दा फुर्सद छैन ।'
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...