कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
पुस २४, २०७७
कोरोना महामारीका कारण विगत चैत्रदेखि बन्द भएका अधिकांश क्षेत्र खुलिसकेका छन् । सिनेमा हल, नाइट क्लब, बजारदेखि दशौं हजारका जुलुस निर्वाध रूपमा चलिरहेका छन् ।
काठमाडौं महानगरपालिका लगायत केही स्थानमा विद्यालय अझै खुलेका छैनन् । स्कूलहरू सरकारले छिटो खोल्न अनुमति दिए हुन्थ्यो भन्ने मानसिकतामा छन् भने आमअभिभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउन ढुक्क छैनन् ।
भारत, चीन, कोरिया, युरोपियन केही देशहरू तथा अमेरिकाका केही राज्यमा स्कूल खोलेको २ हप्तामा अधिकांश बालबालिका संक्रमित भएकाले पटक–पटक खोल्दै, बन्द गर्दै गरेको तथ्य सबैलाई थाहा छ । हुम्ला, डडेल्धुरा र ललितपुरका केही स्कूलमा पनि बालबालिकामा संक्रमण देखिएको हुँदा बन्द गर्नुपरेको घटना आमसञ्चारमाध्यममा आएका थिए ।
कस्तो छ त अहिलेको अवस्था ?
नेपालमा कोरोना महामारी अहिले घटिरहेको छ । पहिले परीक्षण गरेका ३०–३३ प्रतिशतमा संक्रमण देखिएकोमा हाल १०–१२% को हाराहारीमा संक्रमण देखिएको छ । अहिले परीक्षणको दायरा निकै साँघुरो भएको, कन्ट्याक्ट ट्रेसिङ नभएको, वडामार्फत परीक्षण बन्द भएको, निःशुल्क परीक्षणको व्यवस्था नभएको तथा सरकार र आमनागरिक परीक्षणमा उदासिन देखिएका कारण पनि वास्तविक तथ्यांक हामीसँग छैन ।
एन्टिजेन टेस्ट, एन्टीबडी टेस्ट तथा पुल मेथडबाट पीसीआर टेस्ट व्यापक बनाएर सुरक्षित क्षेत्र पहिचान गर्ने हो भने महामारी नियन्त्रण गर्न तथा गतिविधिहरू सञ्चालन गर्न सजिलो हुने थियो । देशको प्राथमिकता राजनीतितर्फ भएको हुँदा धेरै गर्न सकिने काम गह्रौं भएका छन् ।
युरोपका अधिकांश देश, अमेरिका, अफ्रिका, जापान, कोरिया लगायतका धेरै देशले दोस्रो र तेस्रो वेभको सामना गरिरहेका छन् । बेलायत, दक्षिण अफ्रिका, नाइजेरिया लगायतका देशमा भाइरस म्युटेसन भएर व्यापक रूपमा महामारीको लहर सिर्जना भएको छ । नयाँ प्रजातिका कारण बेलायत लकडाउनमा छ भने यो प्रजातिको भाइरस विश्वका अधिकांश देशमा पुगिसकेको छ । पुरानो प्रजातिको भाइरसभन्दा नयाँ प्रजातिको भाइरसको फैलिने दर तीव्र भएकाले नेपालमा पनि अर्को लहर नआउला भन्न सकिँदैन ।
बेलायतबाट फर्किएकामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हप्तौं हुँदा हालसम्म जिनोम सिक्वेन्सको परिणाम नआउनु हाम्रो स्वास्थ्य सेवाको चरम ढिलासुस्ती हो । सरकार जनस्वास्थ्यका मापदण्ड पालना गराउन बेपर्वाह बनेको छ भने आमनागरिक पनि उस्तै बेपर्वाह बनेका छन् । यो परिप्रेक्ष्यमा स्कूल सञ्चालन गर्नका लागि ‘वेट, सी एण्ड गो’को नीति अवलम्बन गर्नु व्यावहारिक हुन्छ ।
अहिले स्कूल खोल्दा के जोखिम हुन्छ ?
ठूला शहरका अधिकांश स्कूलमा विद्यार्थीको संख्या उच्च छ । विद्यार्थी संख्याको तुलनामा खुला स्थान निकै कम छ । विभिन्न स्थान र अवस्थाका विद्यार्थीहरू एकै ठाउँ घण्टौं बस्दा संक्रमण सर्ने सम्भावना बढी हुन्छ । बस, कक्षा कोठा, स्कूलका गल्ली, क्यान्टिन, शौचालय आदिमा दूरी कायम गराउन निकै गाह्रो छ । विद्यार्थीलाई हात धुने, मास्क लगाइरहने तथा दूरी कायम गर्ने कुरा निकै गाह्रो भएको खुलेका स्कूलको अनुभव छ । २–४ जना संक्रमित बालबालिकाबाट सयौं विद्यार्थीलाई संक्रमण सर्ने, शिक्षक तथा कर्मचारीलाई सर्ने अनि दीर्घ बिरामी शिक्षक तथा कर्मचारीलाई जोखिम हुने सम्भावना नकार्न सकिँदैन ।
विद्यार्थीहरूले संक्रमण बोकेर घरघरमा जाँदा घरका ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीलाई संक्रमण सर्यो भने जोखिम हुनसक्छ । कथंकदाचित कुनै विद्यार्थी वा अभिभावकलाई जोखिम भएमा समुदाय र विद्यालयबीच द्वन्द्व हुने अप्रिय अवस्था आउन सक्छ ।
– जनस्वास्थ्यका मापदण्ड अनिवार्य गर्ने
– शिक्षक तथा विद्यार्थीले अनिवार्य रूपमा फेस शिल्ड लगाउने
– मास्क अनिवार्य र सही तरिकाले लगाउने
– घटीमा १ मिटरको दूरी कायम गर्ने
– भीड हुन नदिने
– हरेक कक्षा कोठामा झ्याल, ढोका खोलेर अधिकतम भेन्टिलेसनको व्यवस्था मिलाउने
– कक्षा कोठामा पानी नखाने, प्यास लागेमा कोठा बाहिर गएर पानी पिउने (समूहमा मास्क खोल्दा संक्रमण सर्ने जोखिम रहन्छ)
– जन्मजात दीर्घरोग भएका विद्यार्थी तथा दीर्घरोग भएका शिक्षक र कर्मचारीलाई खोप लगाउनु पूर्व विशेष ख्याल गर्ने
– हात धुने, स्यानिटाइजर प्रयोग गर्ने कुरालाई निकै ध्यान दिने
– खाजा शेयर गरेर तथा समूहमा बसेर नखाने
– साँघुरो कोठामा ट्युसन वा कोचिङ नपढाउने
– यी मापदण्डको अनुगमन प्रभावकारी बनाउन प्रत्येक १० जना विद्यार्थीको ग्रूप मनिटर बनाउने र मनिटरले अनुगमन तथा कडाइ गर्ने
सुरक्षित रूपमा स्कूल सञ्चालन कसरी गर्ने ?
कोरोना महामारी कहिलेसम्म रहने हो, त्यो अनिश्चित छ । अनिश्चितकालसम्म विद्यालय बन्द गर्नु असम्भव हुन्छ । तसर्थ महामारीको अवस्था बुझेर तदनुरूप सञ्चालन गर्नुपर्ने हुन्छ । कोरोनाको खोप १४ वर्ष मुनिका बालबालिकालाई दिने नीति हाललाई नभएको हुँदा र बालबालिका जोखिम वर्गमा पनि नपर्ने भएको हुँदा धेरै डराउनुपर्ने अवस्था हुँदैन । बालबालिकाले जोखिम वर्गलाई सार्ने सम्भावनाको हरदम ख्याल गर्नुपर्ने हुन्छ । तलका बुँदाहरूमा ध्यान दिने हो भने स्कूल सञ्चालन सुरक्षित हुनेछ ।
– स्कूल बसलाई डिसइन्फेक्टेन्ट दैनिक दिनको २ पटक संक्रमणरहित बनाउने
– प्रत्येक १५ दिनमा ड्राइभर र हेल्परको पीसीआर टेस्ट गर्ने ।
– बसमा एउटा सिटमा १ जना विद्यार्थी कुनोमा र अर्को सिटमा १ जना विद्यार्थी छेउमा बस्ने गरी सिट प्लान गर्ने
– बसमा मास्क, स्यानिटाइजर तथा भेन्टिलेसनको व्यवस्था गर्ने
– बस चढ्दा तथा ओर्लिंदा पालो गरेर दूरी कायम गराउने
– विद्यालयको गेटमा थर्मल गनले हरेक विद्यार्थीको तापक्रम नाप्ने
– प्रार्थना, खेलकुद तथा अतिरिक्त क्रियाकलाप नगर्ने
– हरेक विद्यार्थीलाई २–३ वटा मास्क तथा १–१ वटा स्यानिटाइजर ल्याउन अनिवार्य गर्ने । कुनै विद्यार्थीको मास्क भिजेमा वा नभएमा स्कूलले उपलब्ध गराउने
– स्कूलको गल्लीमा भीड हुन नदिन पालैपालो कक्षा कोठामा जाने व्यवस्था मिलाउने
– दूरी कायम गरेर पढाइ गर्दा ३० जना पढ्ने कोठामा १५ जना विद्यार्थी मात्र राख्ने । यसो गर्नको लागि २ शिफ्ट वा १ दिन बिराएर कक्षा सञ्चालन गर्ने
– विद्यार्थी–विद्यार्थी बीचको दूरी मात्र होइन, विद्यार्थी र शिक्षक बीचको दूरी पनि कायम गर्ने
– शौचालयको संख्या थप्ने । शौचालय नजिक साबुनपानीको पर्याप्त व्यवस्था गर्ने । शौचालय जाँदा स्यानिटाइजर वा स्प्रिट कपासले ह्यान्डिल, चुकुल सफा गर्ने अनि शौचालय प्रयोग गरिसकेपछि साबुनपानीले सफा गर्ने व्यवस्था मिलाउने
– साबुनको लागि लिक्कुइड साबुन राख्ने
– क्यान्टिनमा काम गर्नेले अनिवार्य रूपमा गाउन तथा मास्क लगाउने । खाना वा खाजाको प्याकेट बनाएर विद्यार्थीलाई चौरमा दूरी कायम गरेर खाने व्यवस्था मिलाउने वा विद्यार्थी आफैंले खाजा ल्याएर खुला ठाउँमा बसेर खाने व्यवस्था मिलाउने
– कुनै शिक्षक, कर्मचारी वा विद्यार्थीलाई रुघाखोकी र ज्वरो आएमा घरमै बस्न लगाउने
– स्कूलमा दिउँसो ज्वरो आए वा रुघा लागेमा अभिभावक आउने बेलासम्म राख्नको लागि आइसोलेसन कक्ष बनाउने
– पारासिटामोल, जीवनजलजस्ता प्राथमिक उपचारका सामग्री राख्ने
– जाडो मौसममा रुघाखोकी लाग्ने तथा श्वासप्रश्वासका बिरामीलाई गाह्रो हुने हुँदा सकभर फागुनबाट स्कूल सञ्चालन गर्ने
– प्रत्येक विद्यालयले १ जना नर्सलाई अनिवार्य रूपमा राख्ने । १ जना चिकित्सक तथा एउटा अस्पतालसँग सम्बन्ध स्थापित गर्ने
– समय–समयमा अभिभावक, शिक्षक तथा विद्यार्थीलाई जनस्वास्थ्यविद् तथा मनोपरामर्शदातासँग अन्तरक्रिया गराउने
– विद्यालय र अभिभावक बीचको सम्बन्ध अत्यन्तै सुमधुर र पारदर्शी राख्ने
– स्थानीय तहसँग समन्वय राखेर स्कूललाई सुरक्षित स्थल बनाउनको लागि सहयोग आदानप्रदान गर्ने
महामारीको समय पहिलेभन्दा निकै फरक तथा झन्झटिलो हुन्छ । अभिभावक, शिक्षक तथा कर्मचारीले खोप लगाएपछि यो झन्झटबाट मुक्ति मिल्नेछ । त्यो बेलासम्मको लागि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने र गराउने हो भने संक्रमण रोकथाम गर्न सकिन्छ । अहिलेको अवस्थामा शिक्षाभन्दा स्वास्थ्य ठूलो हो । सुरक्षित स्कूल सञ्चालनको लागि स्कूल, अभिभावक तथा विद्यार्थी तिनै पक्षको उत्तिकै जिम्मेवारी हुन्छ । यो विषम परिस्थितिमा एकले अर्कोलाई साथ दिएर हातेमालो गर्दै अघि बढ्नुको विकल्प छैन ।
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...