×

NMB BANK
NIC ASIA

संसद् विघटनपछि ध्रुवीकरण तीव्र: मधेशवादीदेखि जनसेना र हिन्दू जनमतसम्म समेट्ने प्रयासमा ओली

माघ २२, २०७७

NTC
Premier Steels

प्रतिनिधि सभा विघटनपछि नेपालको राजनीतिमा तीव्र ध्रुवीकरण शुरू भएको छ ।

Muktinath Bank

राजनीतिको एउटा तप्का विघटनविरुद्ध सडकमा ओर्लिएको भने प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको पक्षमा माहोल बनाउन मूलधारको राजनीतिमा नरहेका सबै शक्तिसँग संवाद थालनी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपादेखि राजावादी समूह, मधेशकेन्द्रित दलका नेताहरू, पूर्व जनमुक्ति सेना, बाल लडाकू सबैलाई आफ्नो पक्षमा ल्याउन बालुवाटारले यतिबेला विशेष रणनीतिका साथ कदम चालिरहेको छ ।


Advertisment
Nabil box
Kumari

नेकपाको ओली पक्षले देशव्यापी अभियानका रूपमा ठाउँ-ठाउँमा सभा जुलुसहरू गरिरहेको छ ।

Vianet communication

चुनावी माहोल बनाउने प्रयोजनका लागि देशव्यापी सभा जुलुस र मूलधारमा नसमेटिएका पक्षहरूलाई आफूतिर ल्याउने रणनीतिमा एकैपटक काम भइरहेको बालुवाटार स्रोतको दाबी छ ।

पूर्वमन्त्रीसमेत रहेका गोकुल बाँस्कोटाले राष्ट्रनिर्माणका लागि सबै पक्षसँग छलफल गरिरहेको बताए । 'अबको समय निर्माणको समय हो,' उनले भने, 'यसमा सहमति जनाउने सबैसँग हामी सहकार्य गरेर अघि बढ्छौं ।'

उनले सेना र हतियार विघटन गर्ने शर्तमा विप्लव नेतृत्वको नेकपासँग पनि सहकार्य गर्न तयार रहेको बताए । 'शान्तिपूर्ण गतिविधिका लागि सेना र हतियार विघटन गर्नुपर्छ, त्यो शर्तमा सरकारले उनीहरूमाथि लगाएको प्रतिबन्ध हटाउने कुरा पनि छ । छलफलहरू भइरहेका छन् ।'

विप्लव, पूर्व माओवादी र जनमुक्ति सेनामा ओलीको आँखा

व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन जनमुक्ति सेनाका कमान्डर कालीबहादुर खाम पनि प्रधानमन्त्री ओलीको सम्पर्कमा छन् । पूर्व जनमुक्ति सेनालाई आफ्नो पक्षमा पार्ने रणनीतिका साथ ओलीले खामलाई बालुवाटार बोलाएका थिए ।

'अहिल्यै केही ठोस सहमति भइसकेको छैन,' बालुवाटार स्रोतको दाबी छ, 'तर प्रधानमन्त्रीले पूर्व लडाकूका सबै माग पूरा गर्ने वचन दिनु भएको छ । बहिर्गमित र बाल लडाकूहरूसँग पनि कुराकानी भइरहेको छ । उनीहरूले केही मागहरू राखेका छन्, प्रधानमन्त्रीले बिस्तारै त्यसको सम्बोधन गर्न शुरू पनि गरिसक्नुभएको छ ।'

अयोग्य घोषित लडाकू लेनिन विष्टको समूहलाई पनि प्रधानमन्त्रीले बालुवाटार बोलाएका थिए ।

विष्टले लोकान्तरसँग भने, 'हामीसँग छलफल भएपछि मन्त्रिपरिषद्बाट नै लोकतान्त्रिक योद्धा घोषणा गरिएको छ । त्यो सकारात्मक कुरा हो । प्रधानमन्त्रीले अब नेतृत्वले धोका दिन्न भन्नुभएको छ । हाम्रा अन्य केही कुराहरू छन्, त्यो सम्बोधन भएमा राजनीतिक सहकार्य गर्न सकिन्छ भनेर हामीले उहाँलाई भन्यौं ।'

पूर्व माओवादी नेता बालकृष्ण ढुंगेल पनि ओलीको पक्षमा खुलिसकेका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोप लागेका ढुंगेलको मुद्दा अदालतमा विचाराधीन छ ।

लोकान्तरसँग पूर्व माओवादी नेता ढुंगेलले भने, 'मैले कित्ता क्लियर गरिसकें । तर प्रधानमन्त्रीसँग मेरो कुनै तहमा सम्झौता भैसकेको छैन । छलफल चलिरहेको छ । निष्कर्ष अझै आएको छैन । सांगठनिक रूपमा कता के भन्ने टुंगिएको छैन ।'

उनले सरकार प्रमुख भएका नाताले ओलीले सबै पक्षसँग संवादको थालनी गर्नु र दु:ख बुझ्न खोज्नु स्वाभाविक रहेको बताए । पुष्पकमल दाहाल 'प्रचण्ड'सँग कुन तहको असमझदारी थियो भनेर सोधिएको प्रश्नमा ढुंगेलले भने, 'बेइमानी र इमान्दारिताको प्रश्न थियो । उनले आफूलाई साथ दिनेहरूलाई मतलब गरेनन् । त्यसैले म ओलीको पक्षमा लागेको हुँ ।'

मधेशकेन्द्रित दलका असन्तुष्टसँग छुट्टै छलफल

विप्लव, पूर्व माओवादी र जनसेना मात्र होइन ओलीले मधेशकेन्द्रित दलमा पनि खेल्न खोजिरहेका छन् । जनता समाजवादी पार्टीका असन्तुष्ट युवा नेताहरूलाई पहिलो नम्बरमा राखिएको बालुवाटार स्रोतले बतायो ।

जसपाले कुनै जिम्मेवारी नदिएको आरोप लगाउँदै युवा नेता सरोज मिश्र ओली समूहमा प्रवेश गरेका छन् । उनले मधेश आन्दोलनमा आफूले युवाहरूको नेतृत्व गरेको दाबी गरे ।

मिश्रले लोकान्तरलाई आफू ओली समूहमा लाग्नुको कारण यसरी बताए, 'अहिलेको राजनीतिक परिवेशलाई हेर्दा प्रधानमन्त्री ओलीले केही गर्नुहुन्छ कि भनेर म त्यता लागेको हुँ । मधेश आन्दोलनमार्फत हामीले संघीयता त स्थापित गर्‍यौं तर मधेशकेन्द्रित नेताहरू आफ्नो स्वार्थ पूर्ति गर्नतिर मात्र लागे ।'

पूर्व सांसद समेत रहेका जसपाका नेता शिवजी यादव केही दिनअघि ओली समूहमा प्रवेश गरे ।

उनले आफू तत्कालीन एमालेमै रहेको दाबी गरेका छन् । 'म पुरानै पार्टीमा फर्किएको हुँ,' यादवले भने, 'व्यक्तिगत स्वार्थका लागि यता आएको होइन । कुनै पद मागेको पनि छैन ।'

हिन्दूवादी शक्तिहरूसँग पनि छलफलको प्रयास !

केही दिनअघि प्रधानमन्त्री ओली पशुपति पुगेर पूजाअर्चना गरेर फर्किए ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठको दाबी छ – 'अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले यसरी पशुपति गएर पूजा गरेको मेरो स्मरणमा छैन । ओली पहिलो प्रधानमन्त्री हुन् । हिन्दूवादी जनमतलाई आफ्नो पक्षमा पार्ने प्रयास ओलीले गर्न खोजेको जस्तो देखिन्छ ।'

गत शनिवार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले राम र सीताको मूर्ति तयार भएको र एक वर्षपछि प्राणप्रतिष्ठा गर्ने घोषणा गरे । रामको जन्मभूमि नेपालमै पर्ने ओलीको विवादास्पद अभिव्यक्तिमाथि भारतीय जनता पार्टीले असन्तुष्टि व्यक्त गरिसकेको छ ।

जनताको नाममा शपथ खाएका कम्युनिस्ट पार्टीका नेता ओली हिन्दू जनमत आफूतिर आकर्षित गर्ने अभियानमा लागेको उनका पछिल्ला गतिविधिहरूले प्रस्ट पारेका छन् ।

प्रधानमन्त्रीबाट सहकार्यको औपचारिक प्रस्ताव आए छलफल गर्छौं – राप्रपा

हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपा प्रधानमन्त्रीको पछिल्लो गतिविधिले खुशी देखिएको छ ।

नेता मोहन श्रेष्ठले लोकान्तरसँग भने, 'हिन्दू राष्ट्रको मुद्दाको पक्षमा माहोल बन्दै जानु सकारात्मक छ । विभिन्न राजनीतिक दल, नेताको सकारात्मक धारणा बन्दै जानु खुसीको कुरा हो । प्रधानमन्त्री ओलीका पछिल्ला क्रियाकलापले हाम्रो एजेण्डा स्थापित गर्न मद्दत गरेको छ ।'

सहकार्यका लागि प्रधानमन्त्रीका तर्फबाट औपचारिक प्रस्ताव भने नआएको उनले बताए ।

'प्रधानमन्त्रीका तर्फबाट सहकार्यका लागि राप्रपालाई कुनै औपचारिक प्रस्ताव आएको छैन,' उनले भने, 'आयो भने हामी छलफल गर्छौं ।'

श्रेष्ठले ईश्वरको नाममा शपथ खान इन्कार गरेका कम्युनिस्ट पार्टीका प्रधानमन्त्री ओली पशुपतिमा गएर लाख बत्ती पूजा गर्ने स्थितिमा आउनुलाई रुपान्तरणका रूपमा लिएका छन् ।

'बहुसंख्यक नेपालीको भावनासँग प्रधानमन्त्री समाहित हुनु राम्रो हो,' उनले भने, 'जति क्रान्तिकारी कुरा गरेपनि नेपाली समाजको जुन अवस्था छ, त्यसबाट नेपालको दल र नेतृत्व अलग रहन सक्ने अवस्था छैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x