×

NMB BANK
NIC ASIA

बुलेटप्रुफ गाडीको बेहाल

तत्कालीन राजाहरूले चढ्ने महंगा गाडीको हरिबिजोग, धूलोले नचिनिने अवस्था [फोटो/भिडियो]

चैत ५, २०७७

NTC
Premier Steels

तत्कालीन राजा र राजपरिवारका सदस्यले चढ्ने महंगा बुलेटप्रुफ गाडी निकै बिजोग अवस्थामा नारायणहिटी संग्रहालय परिसर र प्रहरीको ग्यारेजमा थन्किएको पाइएको छ ।

Muktinath Bank

तत्कालीन राजा ज्ञानेन्द्र शाहले चढ्ने गरेका बुलेटप्रुफ गाडी नेपाल प्रहरी हेडक्वार्टर नक्सालको ग्यारेजमा थोत्रिएर बसेको छ भने महेन्द्रले चढ्ने गरेका गाडी संग्रहालय परिसरमै डम्प गरेर राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७५ सालमा प्रहरीले नारायणहिटी संग्रहालयबाट ल्याएका २ वटा बुलेटफ्रुफ गाडी प्रयोगविहीन अवस्थामा थोत्रिएर बसेका छन् ।


Advertisment
Nabil box
Kumari

त्यसमध्ये एउटा गाडी लिलाम भइसकेको र लिलाम सकार्ने व्यक्तिले लैजान बाँकी रहेको प्रहरीले जनाएको छ ।

Vianet communication

प्रहरीको ग्यारेजमा थन्किएको गाडी

दरबारका ११ मध्ये ३ वटा गाडी प्रहरीलाई हस्तान्तरण भएकोमा एउटा गाडीको चाबी नभएका कारण २ वटा गाडी मात्र ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए ।

‘एउटा गाडी अलिअलि चल्छ, अर्को गाडी लिलाम भइसेको छ,’ एसएसपी कुँवरले लोकान्तरसँग भने, ‘३ वटा गाडी ल्याउने भनिएकोमा एउटा चाबी नभएर ल्याएका थिएनौं ।’

नेपाल प्रहरीले ल्याएका ‘भी सिक्स’ मोडलका गाडीमध्ये एउटा गाडी पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालले चढ्ने गरेका थिए ।

नारायणहिटी संग्रहालयका सवारी शाखा प्रमुख अनिल अधिकारीका अनुसार पूर्वराजा ज्ञानेन्द्रको पालामा किनिएका ११ वटा गाडीमध्ये ४ वटा नेपाली सेनाले लगेको छ । 

३ वटा गाडी प्रहरी र एक–एकवटा गाडी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई हस्तान्तरण भएको छ भने अन्य २ गाडी संग्रहालयमा नै थन्किएर बसेको छ ।

बनाउनुपर्छ भनेपछि प्रहरीले लगेन गाडी !

प्रहरीले एउटा गाडी चाबी नभएकाले ल्याउन नसकिएको बताएपनि संग्रहालयका अधिकारीले भने बनाउनुपर्ने भएकाले प्रहरीले गाडी नलगेको जिकिर गरेका छन् ।

प्रहरीलाई हस्तान्तरण भएपनि संग्रहालय परिसरमै थन्किएको गाडी

‘चाबी नपाउने भन्ने त होइन । यसको चाबी बनाउन पनि मिल्छ, तर प्रहरीले बनाउनु पर्ने भएकाले नलगेको हो,’ संग्रहालयका एक अधिकृतले लोकान्तरसँग भने, ‘यहाँ धूलो लागेर झन् बिग्रिएर बसेको छ ।’

उक्त गाडी तत्कालीन राजा वीरेन्द्रको निवासअगाडि राखिएको छ ।

गाडी बाँडेर तत्कालीन हाकिमले गरे फाइल गायब

पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेलगत्तै नारायणहिटी दरबार संग्रहालयका तत्कालीन हाकिमले विभिन्न व्यक्तिलाई रिझाउन गाडी बाँडेका थिए । ती गाडीहरूको फाइल दरबारबाटै गायब बनाइएको छ ।

‘त्यो बेलामा संग्रहालयका हाकिमहरूले विभिन्न व्यक्तिलाई रिझाउनका लागि दिएका गाडीको फाइल नै गायब छन्,’ नारायणहिटी दरबार संग्रहालयका सवारी शाखा प्रमुख अनिल अधिकारीले लोकान्तरसँग भने, ‘त्यो बेलाका ६५ वटा गाडीमध्ये ३५ वटा गाडीको फाइल संग्रहालयबाट गायब भएका छन् ।’

पहिला हाकिमहरूले काम देखाउनका लागि मन्त्रालयमा गाडी पठाएको फाइल थियो तर अहिले ती फाइलहरू गायब छन् । अहिले ती हाकिमहरू रिटायर्ड भैसकेको उनले बताए ।

यसअघि नारायणहिटी संग्रहालयमा जयराम महर्जन, लेखराज कार्की, रोहित ढुंगाना र अद्वित प्रकाश श्रेष्ठले प्रमुखको जिम्मेवारी सम्हाली अवकाश पाइसकेका छन् । संग्रहालयमा अहिले भेषनारायण दाहाल प्रमुख छन् । 

महेन्द्रका गाडी संग्रहालयपछाडि डम्प

नारायणहिटी संग्रहालयको पछाडि पूर्वराजा महेन्द्रले चढ्ने गरेका ५ वटा पुराना गाडी डम्प गरेर राखिएको छ । 

तत्कालीन राजा महेन्द्रले चढेका गाडी

संग्रहालयका सवारी शाखा प्रमुख अनिल अधिकारीका अनुसार नेपाली सेनाले ती गाडी बनाउन भनेर लगेको थियो । 

सेनाले बनाउन नसक्ने भनेपछि ती गाडीलाई फेरि संग्रहालयमा फिर्ता ल्याएर डम्प गरी राखिएको अधिकारीले बताए । 

संग्रहालयमा दीपेन्द्रले सिकेकादेखि हिटलर दिएका गाडीसम्म

तत्कालीन युवराज दीवेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतीले सिकेका गाडीनारायणहिटी संग्रहालयमा अहिले युवराज दीपेन्द्र, निराजन र युवराज्ञी श्रुतीले बाल्यकालमा सिकेका गाडी र राजा त्रिभुवनलाई जर्मन चान्सलर हिटलरले उपहार दिएकोलुफ्तान्सा कार राखिएको छ । 

हिटलरले उपहार दिएको गाडी

राजा वीरेन्द्रले राजकीय समारोहमा प्रयोग गर्ने मर्सिडिज बेञ्जको बुलेट प्रुफ कार र दरबारका विदेशी पाहुनालाई ल्याउन प्रयोग गरिने गाडीहरू समेत संग्रहालयमा राखिएको छ ।

भिडियो :

हेर्नुहोस्, थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x