असोज १२, २०८०
खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...
काठमाडाैं | माघ ३, २०८०
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए ।
उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तलैसम्म आइपुगेको देख्न भ्याए, तर त्यहाँसम्म पुग्ने हिम्मत गर्न सकेनन् ।
'शनिवार साढे २ बजे घाम तापेर बसिरहेको थिएँ, ड्याङ्ग गर्नेबित्तिकै आँखा त्यहीँ पुग्यो,' लामाले लोकान्तरसँग भने, 'गाडी भीरबाट ३/४ बल्ड्याङ खसेर तल आइपुग्यो । मान्छेहरू रोडमा छरिएका छन्, भन्ने सुनेको थिएँ, मचाहिँ जान सकिनँ ।'
यो त्यही दुर्घटना हो, जहाँ डा. महेशकुमार गौतम, उनका दुई सन्तानसहित ५ जनाको मृत्यु भएको थियो ।
काठमाडौंबाट चित्लाङ जाँदै गरेको प्रदेश ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खस्दा चालक डा. गौतम, उनका २ सन्तान ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियान्स तथा सासूससुरा ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भयो ।
ढुंगामा फसेर गाडी अगाडि नबढेपछि श्रीमती डा. सृष्टि तिवारी गौतम ओर्लिएकी थिइन् ।
उनी ओर्लिएकै अवस्थामा गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो । अहिले पनि गाडी दुर्घटनास्थलमै छ ।
घुम्तीमा सडकबाट सडक, सडकबाट सडक हुँदै गाडी तलसम्म खसेको घटनास्थलमा देख्न सकिन्छ । अझै पनि गाडीका पार्ट्स पुर्जा सडकमा छरिएका भेटिन्छन् ।
थानकोट-चित्लाङ सडक खण्डअन्तर्गत सेतो पहरोमा यसरी गाडी खसेको पहिलोपटक होइन रहेछ ।
करिब ६ महिनाअघि पनि यही ठाउँबाट मारुती भ्यान खसेको लामाले सुनाए ।
'५/६ महिनाअगाडि यही ठाउँबाट मारुती भ्यान खसेको थियो । गाडी अगाडि नबढेपछि ३ जना झरेका रहेछन् । बाँकी २ जना गाडीमै थिए । गाडी खसेर तल सडकमा आइपुग्यो,' लामाले भने, 'एकजना गाडीसँगै सडकमै आइपुगे, अर्का एकजना माथि नै अड्किएर आर्मी आएर निकाल्नुपर्यो ।'
उक्त दुर्घटनामा ती दुवै जनाको मृत्यु भएको स्थानीय शोभा लामाले बताइन् ।
'छिटोछिटै दुर्घटना हुन थाल्यो । अस्ति साउनमा मात्र २ जना बितेको, अहिले ५ जना बिते,' लामाले लोकान्तरसँग भनिन् ।
शनिवारको घटनामा आफूले गाडी खसेको आवाज सुनेको उनले बताइन् ।
'गाडी खसेको आवाज सुनेपछि मुटु नै ढुकढुक भयो । गाडी आइपुगेको ठाउँसम्मचाहिँ गएँ, माथि जान सकिनँ । बाटोभरि शवहरू छरिएका छन् भन्ने सुनेको थिएँ,' उनले भनिन् ।
उकालो घुम्ती सडक, त्यसमाथि कच्ची, यो खण्डलाई 'मृत्यु मार्ग' भन्दा फरक पर्दैन ।
शोभा आफूलाई सडक आसपासको खोल्साखाल्सीमा पुग्नै डर लाग्ने गरेको बताउँछिन् ।
'यता खोल्सामा जान पनि डर छ, माथिबाट खसेर टाउकोमै गाडी आउने हो कि भन्ने लाग्छ,' उनले भनिन् ।
काठमाडौंमा बोकेर गाडी ल्याउने बेलादेखिको इतिहास बोकेको यो सडक दयनीय अवस्थामा छ । ट्रयाक विस्तार गरेर चौडा बनाइए पनि पिच हुन सकेको छैन ।
बसदेखि साना ठूला गाडी दैनिक चल्ने सडक धराप अवस्थामा छ । तर, स्तरोन्तिमा राज्य ध्यान जान सकेको छैन ।
हेर्नुहोस्, भिडियो :
हेर्नुहोस्, घटनास्थलको ड्रोन भिडियो :
खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...
ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् । सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...