कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हवाई जहाजको नक्कली टिकट बेचेर स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेर हाल फरार रहेका एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजंग कुँवरको चलअचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया शुरू भएको छ ।
त्यसका लागि सर्वपक्षीय बैठकको आयोजना गरेर पोर्चुगलस्थित नेपाली काउन्सिलरले ठगीको सम्पूर्ण विवरण संकलन गरिरहेको छ ।
बिहीवार काउन्सिलरको कार्यालयमा दर्जनौं पीडित र सामाजिक संघसंस्थाका प्रतिनिधि छलफलमा जुटेका छन् ।
स्रोतका अनुसार ठगी कति र कसरी भएको हो त्यसबारे काउन्सिलरले फ्रान्सस्थित नेपाली दूतावासमा लिखित रूपमा जानकारी पठाउने र दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालयमा कुँवरलाई कारबाहीका लागि सिफारिस गरिने छ ।
पीडितले पोर्चुगल प्रहरीमा कुँवरबारे उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरका प्रतिनिधिले जिम्मेवारी लिएर लडिदिने पहलकदमी समेत अगाडि बढेको छ ।
लकडाउनबीच अनेकौं दुःख सहेर बिदा मनाउन नेपाल फर्किन लागेका श्रमिकलाई आर्थिक, पारिवारिक सबै हिसाबले समस्या हुने भएका कारण कानूनी प्रक्रियाको सम्पूर्ण जिमेवारी राज्यको निकायले लिनुपर्ने तनहुँ समाजकी अध्यक्ष बिनु बस्नेतले बताएकी छन् ।
पोर्चुगलको लिस्बन शहरमा सञ्चालित लक्ष्मी ट्राभलले हवाई जहाजको नक्कली टिकट बेच्ने गरेको रहस्य खुलेको समाचार पहिलोपटक लोकान्तर डटकममा सार्वजनिक भएको थियो । विगतमा पनि उनले कोरोना कोष तथा रेमिट्यान्समार्फत लाखौं ठग्ने गरेका उजुरीहरू पनि प्राप्त भइरहेका छन् ।
सहज रूपमा पैसा ठग्न नसके हातपातमा समेत उत्रिन पछि नपर्ने कुँवरबाट धेरै नैपालीहरू पीडित भए पनि उनलाई पोर्चुगलमा ठगी गिरोहबाट निरन्तर संरक्षण हुँदै आएको थियो ।
गैरआवासीय नेपाली संघ पोर्चुगल, जनसम्पर्क समिति पोर्चुगल, जनप्रगतिशील मञ्च, नेपाली महिला समाज, बागलुङ समाज, तामाङ समाज, लमजुङ समाज, म्याग्दी प्रवासी नेपाली संघ (मोना) लगायतले नक्कली टिकट काण्डका सन्दर्भमा पोर्चुगलमा रहेका दर्जनौं संघसंस्थाले विज्ञप्ति जारी गरेर कडा विरोध जनाएका छन् ।
पोर्चुगलमा ठगीधन्दामा बादशाह मानिने विक्रमजंग कुँवरलाई कानूनको कठघरामा उभ्याएर जसरी भएपनि पीडितलाई न्याय दिलाउनुपर्ने सामाजिक अगुवाको माग छ । कुँवर हाल फरार छन् ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...