×

NIC ASIA

महामारीका फ्रन्टलाइनर

बिरामीका लागि अक्सिजन भर्न दिनमा १६ घण्टा खटिने ‘हिरो’हरूको कथा

बैशाख २१, २०७८

Prabhu Bank
NTC
Premier Steels

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सोलुखुम्बुका विजय तामाङको दैनिकी पनि फेरियो । सामान्य समयमा दिनमा ८ घण्टा ड्युटीमा खटिने तामाङ अहिले दिनमा १६ घण्टासम्म ड्युटीमा खटिन्छन् । 

कोरोना भाइरसको संक्रमणका कारण अक्सिजनको माग बढ्दै गएपछि काभ्रेको पनैतीमा रहेको नवज्योति ग्यास प्रा.लि.मा काम गर्ने उनी जस्तै अन्य साथीहरूको पनि यसैगरी दैनिकी फेरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशको मुटु राजधानी काठमाडौंका निजी अस्पतालहरूमा अक्सिजन सप्लाई गर्ने नवज्योति अक्सिजन प्लान्टमा कोरोना भाइरसको संक्रमण बढेसँगै त्यहाँ काम गर्ने मजदुरहरू अक्सिजन उत्पादन गर्न तल्लिन भएका छन् ।


Advertisment
Rupse Holidays
Nabil box

‘अक्सिजनको माग छ । बिरामीमा ज्यान हाल्ने पनि यसैले हो । मर्न लागेकाको ज्यान बचाउने अक्सिजन भर्न पाउँदा खुशी लाग्छ,’ विजयले लोकान्तरसँग भने, ‘हामी ४/५ घण्टा खटिँदा सयजना भन्दा धेरैको ज्यान बच्छ भने त्यो भन्दा ठूलो धर्मको काम के हुन्छ र सर ?’

Vianet communication

उनीसँगै काम गर्ने काभ्रे धनेश्वर– १० का दिनेश भुजेल पनि अहिले लामो समयसम्म ड्युटीमा खटिन्छन् । आफूले भर्ने अक्सिजनले बिरामीको ज्यान बचाएको भान हुने उनले बताए ।

‘मैले भर्ने अक्सिजनको सिलिन्डरमा एकजना बिरामी बाँचेको जस्तो लाग्छ,’ दिनेशले लोकान्तरसँग भने, ‘यस्तो बेलामा डाक्टर जस्तै हौं नि हामी पनि, उनीहरू उपचार गर्छन्, हामी अक्सिजन दिन्छौं ।’

भारतमा अक्सिजन नपाएर कोरोनाका सयौं संक्रमितको मृत्यु भएको सुन्दा मन खिन्न हुने सिन्धुपाल्चोकका आत्मराम चौलागाईँ बताउँछन् । 

‘इन्डियामा अक्सिजन नपाएर कोरोनाका बिरामी मरेको खबर सुन्दा मन खिन्न हुन्छ । सिलिन्डर भर्दा नेपालीहरू अक्सिजन नपाएर नमरून् भन्ने सोच्छु,’ आत्मरामले लोकान्तरसँग भने ।

काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका सरकारी तथा निजी अस्पतालहरूमा अक्सिजन सप्लाई गर्दै आएको नवज्योति ग्यास प्रालिले अहिले दैनिक साना, ठूला र मझौला गरेर करीब १ हजार सिलिन्डर भर्दै आएको छ ।

सामान्य समयमा दैनिक ८ सय सिलिन्डर ग्यास उत्पादन गर्दै आएको नवज्योतिले अहिले अक्सिजनको माग बढेपछि २ सय सिलिन्डर बढी उत्पादन गर्न थालेको नवज्योति ग्यास प्रा.लि.का व्यवस्थापक प्रकाश थापाले बताए । 

‘कोरोना भाइरसको संक्रमण बढेपछि हामीले पनि थप समय बढाएर उत्पादन गर्दै आएका छौं,’ व्यवस्थापक थापाले लोकान्तरसँग भने, ‘यस्तो समयमा हाम्रो पनि दायित्व हुन्छ ।’

अन्य समयमा बेलुका ८ बजेसम्म मात्रै चल्ने प्लान्ट अहिले बिहान ६ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ । 

‘अहिले माग पनि बढी छ । यस्तो बेलामा अलि बढी खटिनुपर्छ । अक्सिजन नपाएर कसैले पनि अकालमा ज्यान नगुमाओस् भन्ने हाम्रो चाहना हो,’ व्यवस्थापक थापाले लोकान्तरसँग भने, ‘हाम्रो सानो खटाइले धेरैको ज्यान जोगिन सक्छ नि !’​

नवज्योतिले ३ शिफ्टमा कर्मचारी खटाएर भएका सिलिन्डर भर्दै आएको छ । एउटा सिलिन्डर भर्न लाइन नगएको खण्डमा ४५ मिनेट लाग्छ । एकै पटकमा दुईवटा प्लान्टमा गरी ३० वटा सिलिन्डर भर्दै आएको थापाले बताए ।

सामान्य समयमा ५ सय सिलिन्डर लैजाने अस्पतालले कोरोनाको संक्रमणपछि १५ सय सिलिन्डर लैजाने गरेकाले माग थेग्नलाई अतिरिक्त समय लगाउन परेको थापाले बताए ।

नवज्योतिले अहिले ठूलो सिलिन्डरलाई १५ हजार धरौटी राखेर ६ सय, मध्यम सिलिन्डरलाई १२ हजार धरौटी राखेर ४५० र सानो सिलिन्डरलाई १० हजार धरौटी राखेर २५० मा दिँदै आएको छ । 

कोरोनाको संक्रमण फैलिएपछि व्यक्तिगत रूपमा अक्सिजन दिन बन्द गरिएको छ भने टेन्डर परेका अस्पतालहरूलाई मात्रै उपलब्ध गराउँदै आएको व्यवस्थापक थापाले बताए ।

‘अरू बेलामा ग्यारेज, ठूला आयोजनाले लैजान्थे अहिले त्यो बन्द गरेका छौं,’ थापाले लोकान्तरसँग भने, ‘यहाँ मान्छे बचाउन अक्सिजन चाहिएको छ, अन्य कामलाई दिने कुरै भएन नि सर ।’

सिलिन्डरको अभाव, सिलिन्डर किने पनि आउन ४ महिना लाग्ने

भारतमा देखिएको अक्सिजन अभावसँगै मानिसहरूले घरमा पनि अक्सिजन सिलिन्डर राख्न थालेका छन् । अक्सिजन उत्पादन पर्याप्त भए पनि सिलिन्डर अभाव देखिने व्यवसायीहरू बताउँछन् ।

नवज्योति ग्यास प्रालिका बजार प्रबन्धक विनय शर्माका अनुसार अक्सिजन उत्पादन भनेको मात्रामा गर्न सकिन्छ, तर सिलिन्डरको कमी छ ।

‘सिलिन्डर मानिसहरूले घरमा राख्न थाले । प्रोजेक्टहरूमा लगेका सिलिन्डरहरू पनि फिर्ता आएका छैनन् । त्यसले गर्दा पनि अप्ठ्यारो भएको छ,’ शर्माले लोकान्तरसँग भने, ‘नयाँ सिलिन्डर किन्न पनि समस्या छ ।’

शर्माका अनुसार अहिले भारतबाट सिलिन्डर किन्न सक्ने अवस्था छैन । चीनबाट ल्याउँदा ४ महिनाभन्दा धेरै लाग्छ ।

‘सरकारले पहल गरे छिटो आउला, तर हामीले व्यापारीसँग मगाउँदा अन्य समयमा ४ महिना लाग्थ्यो अहिले झन् त्यो भन्दा धेरै लाग्छ भन्छन् ।’

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x