पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
माधवकुमार नेपालको ढुलमुले प्रवृत्तिको कारण फेरि एकपटक प्रचण्ड रक्षात्मक बनेका छन् । माओवादीको शक्ति झन्झन् क्षीण हुँदै गएको छ ।
केपी ओलीलाई दम्भी र अहंकारीको आरोप लगाइरहने नेपाललाई ओलीले मात्रै ठेगान लगाउन सक्ने रहेछन् । पद वरिष्ठ नेता तर काम भने कसरी हुन्छ भाँजो हालेर बन्न लागेको काम बिगारिदिने उनको स्वभाव रहेछ ।
महाधिवेशनमार्फत निर्वाचित अध्यक्ष केपी ओली थिए । स्वाभाविक रूपमा प्रधानमन्त्री पनि ओली नै थिए । नेपाल केवल वरिष्ठ नेता थिए तर उनले कस्तो सोच राख्ने रहेछन् भने केपी ओलीले हरेक काम मलाई नै सोधेर गर्नुपर्छ भन्ने जस्तो । उनले भने जस्तो भएन भने नाक फुलाएर गजरधम्म परेर बस्ने अनि गुट परिचालन गर्ने ।
प्रचण्डको प्रयोग गरेर उनले पछिल्लो समय ओलीलाई पार्टीको साधारण सदस्यबाट नै निकाल्ने षड्यन्त्र गरे । आज उनी तिनै ओलीको पाउमा आफ्नो अनुहार लुकाउन पुगेका छन् ।
यसरी हेर्दा पदको लोभी पनि माधवकुमार नेपाल नै रहेछन् भन्ने प्रस्ट भएको छ । प्रतिगमन आधा सच्चियो भनेर दरबारतिर कुद्न हतार गर्ने नेपालले यतिखेर आफूलाई केपी ओलीको निगाहामा समर्पण गरेका छन् । केको विधिको कुरा, केको पद्धतिको कुरा, केको प्रतिगमनको कुरा ? अब उनलाई आफ्नो अनुहार लुकाउन पाए पुग्छ ।
जेहोस्, गुटबन्दी गरेर हैरान पार्ने माधव नेपालको विधि र पद्धतिको दर्शन नक्कली हो भन्ने कुराको पटाक्षेप भएको छ ।
माधव नेपालकाे स्वार्थपूर्ण राजनीतिको कारणले भोलिका दिनमा पनि एमालेको यात्रा सहज देखिँदैन । उनले आफ्नै पार्टीको सरकारलाई अल्पमतमा पार्ने काम गरेर अराजनीतिक चरित्र पनि प्रदर्शन गरेका छन् । यदि ओलीको कदम प्रतिगामी नै थियो भने उनी अन्तिम समयसम्म टिकेर संघर्ष गर्न सक्नुपर्थ्यो । विचार र एजेन्डाको राजनीति गर्ने हो भने विद्रोह गर्न समेत तयार हुनुपर्ने थियो । तर उनले अन्ततः ओलीको अगाडि बहादुरीका साथ आत्मसमर्पण गरेका छन् ।
माधव नेपालले सिंगो नेकपा बनाउनेभन्दा पनि नेकपाभित्र प्रचण्डलाई प्रयोग गरेर आफ्नो गुट सुधार गरेर केपी ओलीलाई प्रहार गर्ने सपना शुरूआतदेखि नै बुन्दै आएका रहेछन् । यस्तो प्रवृत्ति माधव नेपालको हकमा सही थियो नै होला तर प्रचण्ड उनको पछाडि लागेर, उनको उक्साहटमा लागेर निकै मेहनतको साथ अगाडि बढाइएको वाम एकतालाई भंग गर्ने दिशातिर लाग्नु हुँदैन्थ्यो । केपी ओलीविरुद्ध केपी ओलीसँगै संघर्ष गर्नुपर्थ्यो । मूल नेतृत्वसँग सहकार्य अपरिहार्य थियो ।
ओलीसँगको सम्बन्ध तोडेर नेपाल जस्तो अडान नभएको नेतासँग सहकार्य गर्नु प्रचण्डको गम्भीर भूल हो । किनकि इतिहास पनि छलकपटकै थियो । झलनाथ खनाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दाको समय तत्कालीन सेनापति प्रकरणमा प्रचण्डलाई नराम्रोसँग झापड हानियो । २–२ ठाउँबाट निर्वाचन हारेका माधवकुमार नेपाललाई पनि प्रचण्डले प्रधानमन्त्री बनाएर अवसर दिए तर अन्ततः उल्टै डस्न आएका थिए । वाम एकताको सपना देखेर प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारे । यसपालि पनि माधव नेपाल लगायतको समूह मिलेर प्रचण्डलाई नराम्रोसँग फसाइयो । उचाल्नुसम्म उचालेर पछारियो ।
माधव नेपालले केवल प्रचण्डलाई मात्र फसाएनन्, माओवादी पार्टीको भविष्यलाई नै अन्योलमा राखिदिएका छन् । किनकि वाम एकता गरेपश्चात यो एकतालाई भाँड्न वा केपी ओलीको सत्ताबाट पार्टीलाई अलग गर्न उनले धेरै षड्यन्त्र गरे । तत्कालै केपी ओली र प्रचण्ड विनाको नेकपा सम्भव नै थिएन । महाधिवेशन आउँदै थियो । तर माधव नेपालको हतारोको कारण पार्टी पनि दुर्घटनामा पर्यो ।
उनले सुदूरपश्चिमका आफ्नै सांसदहरूको राजनीतिक भविष्य जोखिममा पारिदिएका छन् । उनकै कारण रामकुमारी झाँक्री, योगेश भट्टराईहरू समेत एमालेको मूलधारबाट विस्थापित हुनसक्ने सम्भावना छ ।
प्रतिनिधिसभा विघटनको अघिल्लो दिन प्रचण्डसँग वार्ता गरेर शंकर पोखरेलहरूले ओलीमाथिको आरोप पत्र फिर्ता लिन अनुरोध गरिरहेका थिए । प्रचण्ड लचिलो बन्दै गइरहेका पनि थिए । तर ठीक त्यहीँ समयमा माधवकुमार नेपालले भीम रावल लगायतलाई परिचालन गरेर भाँजो हाल्ने काम गरे । तपाई जस्तो गणतन्त्रको लागि लडेको नेता मामुली केपी ओलीसँग डराउने भनेर उक्साइरहे । माधव नेपालकै उक्साहटमा लागेर प्रचण्डले त्यो दिन आरोप पत्र एक्लै फिर्ता गर्ने आँट गर्न सकेनन् । अन्ततः भोलिपल्ट बिहानै संसद विघटन भयो ।
‘मैले हाम्रो समूहको हस्ताक्षर संकलन गरिसकें, अब तपाईं गर्नुहोस्, अविश्वासको प्रस्ताव ठोकिहाल्नुपर्छ’ भन्दै माधवकुमार नेपालले हस्ताक्षर समेत देखाए । पछि रामकुमारी झाँक्रीले त्यो अर्कै प्रयोजनको लागि गरेको हस्ताक्षर हो भनेकी थिइन् । तर ओलीलाई अविश्वासको प्रस्ताव समेत पेश गर्न सकिने भन्दै नेपाल खल्तीमा हस्ताक्षर बोकेर हिँडिरहेका थिए । तर अविश्वासको प्रस्ताव पेश गर्नेतिर उनी लागेनन् । माधव नेपाल कसरी हुन्छ केपी ओली र प्रचण्डलाई मिल्नै नदिने र प्रचण्डलाई प्रयोग गरेर ओलीमाथि हावी हुने तानाबाना बुन्न लागिरहे ।
कसरी हुन्छ केपी ओलीलाई पार्टीबाट हटाएर कारवाही गर्ने योजना र चाहना माधव नेपालको थियो । केपी ओलीलाई साधारण सदस्यबाट पनि हटाउने कुराको योजनाकार उनी नै थिए । त्यो प्रस्ताव सर्वप्रथम उनले नै लिएका थिए । किनकि त्यहाँ पनि उनी आफू अध्यक्ष बन्ने स्वार्थले काम गरेको थियो ।
प्रचण्डले शुरूमा कारवाहीको कुरालाई यत्ति रुचि मानेका थिएनन् । साधारण सदस्यबाटै हटाउने कुरा माधव नेपालकै मुखबाट पहिलो पटक आएको थियो । केपीलाई अलिकति पनि स्पेश दिन नहुने उनको धारणा थियो । मौका यही हो र यही मौकामा चौका हान्नुपर्छ भन्दै उनले प्रचण्डलाई उक्साउने गरेका थिए ।
हिजो बहुमतको सरकार बनाउने दौडधूप चलिरहेको थियो । आवश्यक संख्या जति हो, त्यतिको जसरी पनि राजीनामा दिलाउँछु भनेर क्याप्टेन रामेश्वर थापाको घरमा गएका माधवकुमार नेपाल ४ घण्टा बाहिर निस्किएनन् । राजीनामा बुझाउने सचिवालयमा कर्मचारीहरू कार्यालय बन्द गरेर घर गइसकेपछि मात्र उनी निस्किए ।
इतिहासमा पहिलोपटक नै हुनुपर्छ माधवले ओलीसँग यति लामो वार्तालाप गरे । जबकि बाहिर एक सेकेन्डको पनि महत्त्व थियो । बहुमतको सरकारको दाबी गर्ने तयारी चल्दै थियो । अन्तिममा आएर माधवकुमार नेपालले स्तरहीन, नैतिकहीन राजनीतिक चरित्र प्रदर्शन गरेका छन् ।
माओवादी र एमालेको पार्टी एकतापश्चात नेकपा बन्यो । सबै कुरा राम्रैसँग चलिरहेको थियो । नेकपा एकता आफ्नै गतिमा थियो । प्रचण्ड पनि वाम एकता भएकोमा खुशी नै थिए । केपी ओली दुईतिहाइ बहुमतको प्रधानमन्त्री हुन पाएकोमा मख्ख थिए । ओलीले प्रचण्डसँग सल्लाह सुझाव लिँदै काम गरिरहेका थिए । बालुवाटारमा सँगै खाना खाने, कुराकानी गर्ने नियमित जस्तै भइरहेको थियो । उनीहरू टेलिफोनमा पनि प्रायः कुरा गरिरहन्थे ।
किनकि पार्टी एकता गर्दा माओवादीको तर्फबाट प्रचण्ड र एमालेको तर्फबाट केपी ओली प्रमुख हर्ताकर्ताका रूपमा अगाडि आएका थिए । पार्टी एकताको प्रस्ताव पनि ओलीसँग नै गरिएको थियो । यसकारण पनि उनीहरूको सम्बन्ध प्रगाढ बन्दै थियो । २ पार्टीको एकीकरण भएर महाधिवेशन नहुँदासम्म बहुमत र अल्पमतको आधारमा निर्णय गर्दा महाधिवेशनमा नपुग्दै एकता टुट्नसक्छ, त्यसैले तपाईं र मेरो सहमतिकै आधारमा निर्णय गर्नुपर्छ भन्ने प्रचण्डको प्रस्ताव ओलीले मान्दै पनि आएका थिए ।
तर २ अध्यक्षबीचको यस्तो सहमति माधवकुमार नेपाललाई पटक्कै मन परेको थिएन । केपीसँग प्रचण्ड नजिक भएको देखेर उनी भित्रभित्रै जलिरहेका थिए । किनकि उनी अब आफू ‘माइनस’मा परेको अनुभूति गरिरहेका थिए । ‘म र तपाईं भएपछि पार्टी पनि सरकार पनि राम्रोसँग चल्छ, सबै कुरामा नेपालसँग किन सल्लाह गर्नुपर्यो’ भन्दै ओलीले महत्त्वपूर्ण कुराहरू पनि माधव नेपालसँग शेयर गर्न छाडिसकेका थिए ।
माधव नेपालको पद एक सम्मानित नेताको जस्तो थियो । उनको कुनै भूमिका थिएन । भूमिकाविहीन नेताको दिमागमा खुरापाती षड्यन्त्र जन्मियो । त्यो षड्यन्त्रको शिकार प्रचण्ड बन्न पुगे ।
ओली सरकार र पार्टीले के गर्दैछ भन्ने कुरा उनले पनि आमजनताले जस्तै समाचार हेरेर थाहा पाउने स्थिति थियो । नेपालले यो कुरा सार्वजनिक कार्यक्रममा पनि भनिसकेका छन्, ‘केपी जीले के–के गर्नुहुन्छ, गर्नुहुन्छ मलाई त थाहा पनि हुँदैन, मलाई सोध्नु पनि हुँदैन, मेरो कुनै मूल्यांकन पनि भएको छैन ।’ उनी यतिमा मात्रै सीमित भएनन्, प्रचण्ड र ओलीले चोचोमोचो गरेर मात्रै पार्टी नचल्ने भनेर आफ्नो तुष पनि पोखिरहेका थिए ।
झलनाथको छटपटी पनि आफ्नै किसिमको थियो । उनी माधव नेपाल जस्तो प्रत्यक्ष खुराफातमा ननिस्किए पनि राष्ट्रपति पदमा मुख मिठ्याइरहेका थिए । माधव नेपालकै अदूरदर्शी कदमका कारण वामदेव गौतमको राजनीति समेत यतिखेर संकटमा परेको छ ।
बालुवाटार बैठकमा केपी ओलीको नजिकै हुने गरेका प्रचण्डको कुर्सी संक्रमण हुने डरका कारण स्वास्थ्यकर्मीकै सल्लाहमा एकदिन अलिक पर सारिएको थियो, त्यो कुरा शुरूमा प्रचण्डलाई मतलबै थिएन । तर माधव नेपालले नै ‘कुर्सीसुर्ची थुतेर सँगै लगेर बस’ भनेर प्रचण्डलाई उक्साए । प्रचण्ड भावुक मान्छे उनले रणनीति बुझ्न सकेनन् । प्रचण्डलाई अध्यक्ष मान्न अस्वीकार गरेको, ओलीमा दम्भ र अहंकार पलाएको जस्ता हल्ला माधवकुमार नेपालले फिजाए । प्रचण्डले त्यो विश्वास गर्दै आए ।
हुनुपर्ने के थियो भने माधव नेपालको चर्काे गुटबन्दी प्रवृत्तिलाई रोकेर नयाँ आधारमा पार्टी दोस्रो पुस्ताको लागि तयारी गर्नुपर्ने थियो । क. केपी ओली र प्रचण्डको कार्यशैली लगभग मिल्न थालेको थियो । निर्णय गर्ने ड्याम्म काम गर्ने । ओलीलाई ५ वर्ष प्रधानमन्त्री नै चलाउन दिने, महाधिवेशनमा ओली आफू नउठ्ने प्रचण्डलाई नै अध्यक्ष बनाउने । यस्तो खालको सहमति बनिरहेको थियो । तर यो सहमति थाहा पाएसँगै माधवकुमार नेपाललाई निद्रा लाग्न छोड्यो । पार्टीमा उनको भविष्य समाप्त हुँदै गइरहेको थियो । किनकि लगभग ५–६ वर्षको लागि पार्टी र सरकारको ‘रोड म्याप’ तयार थियो ।
तर माधवकुमार नेपालको ध्यान कसरी हुन्छ प्रचण्ड र ओलीको बीचमा फाटो ल्याउने र आफ्नो गुट बलियो बनाउँदै अगाडि बढ्ने भन्नेतिर गयो । पार्टी अध्यक्ष आफू हुने, प्रधानमन्त्री प्रचण्डलाई दिने र यसका लागि उनले झलनाथ खनाललाई राष्ट्रपतिको कार्ड फ्याँके । उनी पनि मक्ख भए ।
यसरी माधवकुमार नेपालले प्रचण्डलाई मात्र होइन, आफ्नो पक्षका नेताहरूको राजनीतिक भविष्यलाई पनि फोहोरी बनाइदिएका छन् । उनीहरू बाध्यताले मिले जस्तो त गर्लान् तर माधव नेपाल प्रत्यक्ष भूमिकामा रहेसम्म यहाँ धेरै नेताहरू सीपी मैनाली बन्नेछन् ।
प्रचण्डले पालैपालो प्रधानमन्त्री छाड्ने कुरा ओलीलाई जानकारी गराएका थिए । उनले तपाईं नै ५ वर्ष प्रधानमन्त्री हुनुहोस् भनेका थिए । त्यसपश्चात माधव नेपाल झन् सशंकित र आक्रोशित हुन थाले । किनकि ओलीलाई प्रधानमन्त्रीबाट हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन सके प्रचण्डले आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने र नेकपामा आफू ५ वर्ष नेतृत्वमा पुग्न सक्ने उनको सपना थियो । यसका लागि उनले ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेर भएपनि हटाउने संकल्प गरेका थिए ।
शुरूशुरूमा उनले प्रचण्डसित प्रधानमन्त्री पद पाउन केपी ओलीले जनताको बहुदलीय जनवाद (जबज) साटेको आरोप लगाउने गरेका थिए । प्रचण्ड र ओली मिलेको देखेर फाटो ल्याउने अनेक प्रपञ्च गरेका थिए । त्यो काम नलाग्ने देखेर ओलीलाई कारवाही गर्ने, अविश्वासको प्रस्ताव पेश गर्ने, साधारण सदस्यबाट निष्कासन गर्नेजस्ता सबै बबन्डर हुने योजना माधव नेपालले बनाउन भ्याए । एकपटक बालुवाटारमा बसेको तत्कालीन नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले बोलेका कुरा हुबहु बाहिर छरपस्ट आएको थियो । त्यो अडियो रेकर्ड गरिएको थियो । यस्तो कुकर्म गर्न लगाउने पनि यिनै माधव नेपाल थिए ।
गुटको स्वार्थमा रमाउने, विधि र पद्धतिको नक्कली कुरा गर्ने यस्ता खुराफाती नेताले एमालेको भविष्य सुन्दर बन्न देलान् भन्ने कुरामा शंका छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...