×

NMB BANK
NIC ASIA

भूकम्प प्रभावित क्षेत्रमा तिहारको खल्लो अनुभूतिः

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

काठमाडाैं | मंसिर ३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​
दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। 

Muktinath Bank

हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत निकै सुनिन्छ, विशेषगरी दशैंतिहारका सन्दर्भमा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युद्धकालमा भर्खरै घर छाडेर पूर्णकालीन भएका कतिपय कार्यकर्ता साथीले तिहार आसपासमा आफूले बोकेको रेडियोमा यो गीत बज्दा निकै भावुकताका साथ सुन्ने गर्थे । मलाई भने यो गीतले सबैभन्दा बढी यसपटक छोयो ।


Advertisment
Nabil box
Kumari

नेपालीहरूको निकै ठूलो चाड तिहारको पूर्वसन्ध्यामा जाजरकोट, पश्चिम रुकुम र आसपासका जिल्लामा भूकम्पले जुन अकल्पनीय क्षति पुर्‍यायो, त्यो दृश्यले भाइटीकामा मखमली र सयपत्री मालाको सजावटमा खुशी साटासाट गर्न सकिने स्थिति रहेन । घरका फूलजस्ता मान्छेहरू र आँगनका सयपत्री फूलहरू सबै एकै झट्कामा चुँडेको भुइँचालोले छाडेका भग्नावशेष हेर्दा पुर्पुरोमा हात लगाएर आँसु पुछ्नुपर्ने अवस्था आयो । 

Vianet communication
Laxmi Bank

दशैंलगत्तै अर्को ठूलो चाड तिहारको तयारी सबैले गरेकै थिए । बारीमा सयपत्रीको जोहो, भाइ–बहिनी भेटघाटको तयारी आफ्नो क्षमताअनुसार चलिरहेका बेला कात्तिक १७ को त्यो चकमन्न रातले यो वर्षभरि त्यस क्षेत्रमा अन्धकार हुनेगरी कैयौं परिवारका सुन्दर सपनाहरू निमोठ्यो । फूलजस्ता लालाबालाहरू निमेषभरमै चुँडिए । कैयौं परिवारको वंश नामेट भयो । कोही घाइते र अपांग भएर जीवन धान्नु पर्ने अवस्थामा छन् । अधिकांश गाउँहरू ध्वस्त बने । सग्लोघर पाउनु दुर्लभ र अपवादको स्थिति छ । 

भूकम्प प्रभावित र प्रताडित सबै परिवार विक्षिप्त छन् । तिनका मन र भावनाहरू चर्किएको शिशा झैं छन् । तिनले आफूलाई जिन्दगीकै एक्लो महसुस गरिरहेका छन् । जब म ती उजाड बस्तीहरूमा पुगें, उनीहरूले मलाई आफ्नो निराशा र उदास भावनाहरू सुनाए । जीवनले फेरि लय समात्नेमा तिनलाई शंका छ । 

कतिपय ठाउँमा भूकम्पले मारिएका आफ्ना आफन्तहरू सम्झेर भक्कानिँदै उनीहरूले मलाई सोधे– के तपाईं हाम्रो सहारा बन्न सक्नुहोला त ? ती उदास अनुहार, त्यो बेसहारा अनुभूति र सम्हाल्न नसकिएर बगेको आँसुलाई कुन शब्दमा व्यक्त गर्न सकिन्छ, मलाई थाहा छैन । मैले निकै भावुकताका साथ उनीहरूको प्रश्नको जवाफमा सकारात्मक सन्देश दिने गरी टाउको हल्लाएँ । 

यतिबेला उनीहरूलाई आधारभूत आवश्यकतासँगै ढाडस र हौसला पनि चाहिएको छ । यो महाविनाश एक–दुईजनाले पार लगाउन सक्ने कुरा होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको सहयोगविना प्रभावितहरूको जीवनलाई लयमा फर्काउन सहज छैन । फेरि पनि उनीहरूले शंका र विश्वास मिश्रित स्वरमा जसरी सहाराको वचन मागेका छन्, त्यसमा भौतिक रूपमा उभिएर कसै न कसैले विश्वास दिलाउनै पर्छ ।

प्रभावित क्षेत्रका भत्किएका घर, भत्किएका मन, भत्किएको सामाजिक मनोविज्ञान अनि त्रिपालभित्र सकसपूर्ण जीवन बाँचिरहेका उनीहरूलाई मैले वचन दिनैपर्थ्यो, दिएँ । 

मलाई लाग्छ, म मेरो सामाजिक जीवनको अग्निपरीक्षामा छु । ५० को दशकदेखि उनीहरूले ममाथि विश्वास गर्दै आए । मेरो आदेशमा कतिले भौतिक शरीर गुमाए । कतिले राजनीतिक चाहना र महत्त्वाकांक्षा थाती राखे । मेरै वचनमा कतिले आफ्ना आन्तरिक कलह र शत्रुतालाई थाती राखेर सामाजिक एकताका लागि हात र काँध मिलाए । मैले जे कोशिश गरें, त्यो पनि उनीहरूलाई थाहा छ । मैले जे गर्न सकिनँ, त्यो पनि उनीहरूलाई थाहा छ । मेरा सबल र दुर्बल पक्षहरू पनि उनीहरूलाई थाहा छ । 

समाज विकासको स्वाभाविक नियमलाई तीव्र गति दिन सकिन्छ, तर पुनरुत्थानमा सामान्य सामर्थ्यले काम गर्दैन किनकि त्यहाँ मानिसहरूलाई त्रिपालसम्म पुर्‍याइदिनु, भत्केका घरहरू बनाइदिनु र दुईचार महिनाका लागि राहतको जोहो गरिदिनु मात्रै छैन । मैले अघि नै भनें, मनोवैज्ञानिक रूपमै नागरिकलाई सामाजिक अस्तित्वको पुरानै लयमा ल्याउन थुप्रै प्रकारका मोटिभेसन जरुरी हुन सक्छ । 

मलाई उनीहरूले ऐनामा जत्तिकै प्रस्ट हुनेगरी देखेका छन् । फेरि पनि उनीहरूले निर्णायक घडीमा आउँदा आड–भरोसा र विश्वास दिलाएका छन् । जाजरकोट होस् वा रुकुम, मलाई हरेक बस्तीको कुनै पनि घर बिरानो छैन । निर्वाचन क्षेत्र भएकाले पश्चिम रुकुमले अलि बढी आश गर्छ होला, फरक त्यत्ति मात्र हो । यसपटक उनीहरूले मलाई गम्भीरताका साथ हेरेका छन्, प्रभावित क्षेत्रमा झण्डै १५ दिन जनतासँग रहँदा मलाई अझ गहिरो गरी यो अनुभूति भयो । 

उनीहरूलाई सहयोगका लागि मेरो भूमिका कति रहन्छ ? भौतिक संसाधनका अतिरिक्त बिरक्तिएका मन र भाँचिएको साहसलाई पूर्ववत् अवस्थामा ल्याउनुपर्ने चुनौती थियो र अझै छ । भूकम्पको त्रासले विक्षिप्त भएका घरपरिवारमा आशाको सञ्चार कसरी भर्ने ? उनीहरूभित्रको निराशा र दिक्दारीपनलाई कसरी न्यूनीकरण गर्ने ? टुटेको साहसलाई कसरी मजबुत बनाउने ? खुम्चिएका हौसलाहरूलाई कसरी पुनः बुलन्द बनाउने ?

यी तमाम भौतिक र मनोवैज्ञानिक अभाव, दबाब, प्रभाव र असरहरूलाई कसरी सही ट्र्याकमा ल्याउने यी सबै कुराहरू हाम्रासामु प्रमुख चुनौती बन्दैछन् । यस्तो अवस्थाका बीच मैले आफूलाई तिहारमा भाइटीकाको आशिष लिएर सन्तुष्ट बन्ने देखिनँ । पार्टीले दिएको ३ महिने अभियानको जिम्मेवारीका कारण दशैंमा घर नपुगेको म दीपावलीमा काठमाडौंमै रहन सक्थें, तर त्रिपालमुनि जनता छाडेर, उनीहरूको आँसु र अभावलाई बेवास्ता गरेर दीपावलीको रमझममा मनोरञ्जन लिने कुरा मनले स्वीकार गर्न सक्दैनथ्यो । 

मैले परिवारका सदस्यहरूलाई भनें, यसपटक तिहारमा म जिल्लाका विक्षिप्त परिवारसँगै हुन्छु । हामी शोकमा छौं । शोकमा खुसियाली साटासाट गर्न सकिँदैन । सकारात्मक कुरा के भने श्रीमती र परिवारका सदस्यहरूलाई त्यो महसुस पहिले नै भैसकेको रहेछ । श्रीमतीले काठमाडौंको डेरामा पनि दीपावलीको तयारी नहुने कुरा परिवारका सदस्यलाई भनिसकेकी रहिछन् । पीडा र शोकमा खुशी साट्न सकिँदैन भन्ने साझा बुझाइ स्वाभाविक रूपमा बन्दोरहेछ । 

जिल्लामा जनताको अवस्था हेर्ने हो भने यो वर्ष नै शोकको वर्षजस्तो छ । यस वर्षले त्यहाँका जनताका वर्तमान रहर, इच्छा–आकांक्षा मात्र मारेन, कैयौं सुन्दर सपना र सुनौला भविष्यहरू मारेको छ । प्रगतिको एउटा रफ्तारमा हिँडेका परिवारहरू थिए, उनीहरूको पाइलाको गति रोकिएको छ । उनीहरूले जुन लक्ष्य र उद्देश्यका लागि आफूलाई तयार पारेका थिए, अब त्यसबाट केही समयका लागि पछि हटेका छन् ।

उनीहरूका जुन प्राथमिकताहरू थिए, ती फेरिएका छन् । उनीहरूको आर्थिक र सामाजिक हैसियतको सकारात्मक गति रोकिएको छ । राज्य र समाजलाई गर्न सकिने आर्थिक र सामाजिक योगदानहरू शून्यमा झरेका छन्, बरु राज्यसँग आर्थिक र सामाजिक अस्तित्वका लागि सहयोग अपेक्षा गर्नुपर्ने समय आएको छ ।

यो एकप्रकारले भूकम्प प्रभावित क्षेत्रका लागि समग्र रूपमा भयानक ‘सेटब्याक’ हो । प्राकृतिक विपत्तिका कारण आएको आर्थिक–सामाजिक ‘सेटब्याक’को पुनरुत्थान वास्तवमै चुनौतीपूर्ण छ । समाज विकासको स्वाभाविक नियमलाई तीव्र गति दिन सकिन्छ, तर पुनरुत्थानमा सामान्य सामर्थ्यले काम गर्दैन किनकि त्यहाँ मानिसहरूलाई त्रिपालसम्म पुर्‍याइदिनु, भत्केका घरहरू बनाइदिनु र दुईचार महिनाका लागि राहतको जोहो गरिदिनु मात्रै छैन । मैले अघि नै भनें, मनोवैज्ञानिक रूपमै नागरिकलाई सामाजिक अस्तित्वको पुरानै लयमा ल्याउन थुप्रै प्रकारका मोटिभेसन जरुरी हुन सक्छ । 

मेरो यसपटकको निष्कर्ष के हो भने भूकम्प प्रभावित बस्तीहरूको राम्रो पुनर्निर्माण गर्न सकियो भने पीडित र प्रभावितहरूको आशा, सपना र भविष्य ज्यूँदै रहनेछन् । मानवीय क्षतिबाहेकका भौतिक क्षतिहरूको परिपूर्ति सम्भव छ भन्ने विश्वास दिलाउन सकियो भने र मानव जातिले आफ्नो क्रमिक विकासका चरणमा प्राकृतिक विपत्तिमा करोडौं मानिसहरू गुमाएको छ र त्यो संघर्ष गर्दै आफूलाई थप सशक्त बनाएर आजको युगसम्म आइपुगेको हो भन्ने कुरा राम्ररी सम्झाउन सकियो भने चाडबाडहरू फेरि पनि आइरहने छन् र समृद्ध मान्छेले आफ्ना सभ्यतामा थप सकारात्मक योगदान गर्दै रीतिरिवाज र चाडपर्वहरूको सम्वद्र्धन गरिरहने छन् । यसपटक चुँडिएका मनहरू जोड्नु र उनीहरूमा आशा जगाइराख्नु हाम्रो प्राथमिकता हो र रहिरहनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x