×

NMB BANK
NIC ASIA

जसपा विवाद

आफूखुशी संसदीय दलको नेता दाबी गर्ने महतोलाई कारवाही हुन सक्छ– उपेन्द्र यादव [अन्तर्वार्ता]

जेठ २, २०७८

NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) फुटको डिलमा उभिएको छ ।

Muktinath Bank

सत्ता सहकार्यका विषयमा दुई कित्तामा विभाजित भएको जसपा एकअर्कालाई कारवाही गर्ने तहसम्म पुगिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनअघि जसपा वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई कारवाही हुनसक्ने बताएका थिए ।


Advertisment
Nabil box
Kumari

अहिले उनै महतोलाई पार्टीका बहुमत सदस्यको उपस्थितिमा संसदीय दलको नेता बनाइएको दाबी अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादवले कारवाही गर्ने चेतावनी दिएका छन् ।

Vianet communication

जसपा विवाद, एकअर्कालाई दिँदै आएको कारवाहीको चेतावनी लगायतका विषयमा लोकान्तरकर्मी अजय अनुरागीले जसपा अध्यक्ष यादवसँग कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको जेष्ठ १ गते बसेको अनौपचारिक बैठकबाट के कस्ता निर्णयहरू गर्नुभयो?

सबैभन्दा पहिले त कार्यकारिणी समितिको बैठक नै थिएन। केही कार्यकारिणी साथीहरू पार्टीका अन्य बुद्धिजीवी साथीहरूसँग बसेर अहिलेको परिस्थितिको विषयमा विचार आदानप्रदान गरिएको हो। कार्यकारिणीको बैठक हो भनेर कहाँबाट भ्रम फैलाइयो, त्यो गलत हो।

तर,तपाईंकै पार्टीले प्रेस विज्ञप्ती जारी गरेर राजेन्द्र महतो संसदीय दलको नेताका रूपमा चुनिएको कुरा पार्टीको विधान तथा संसदीय दलको विधानविपरीत भएको भन्ने विज्ञप्ति कसरी जारी भयो त?

यो पार्टीमा संसदीय दल समायोजन नै भएको छैन। समायोजन भएपछि संसदीय दलको विधान हुन्छ। त्यो विधानलाई संसदीय दलले पारित गर्नुपर्छ। त्यसपछि पार्टीको कार्यकारिणी समितिले अनुमोदन गर्छ । त्यसपछि पार्टीले संसदीय दलको निर्वाचनका लागि एउटा समिति बनाउँछ । उक्त निर्वाचन समितिले संसदीय दलको उम्मेदवारी आह्वान गर्छ ।

उम्मेदवारी दिएपछि दाबी विरोध हुन्छ । निर्वाचनको प्रक्रिया शुरू हुन्छ । त्यसपछि संसदीय दलको निर्वाचन हुन्छ । यो विधि र प्रक्रिया हो। अहिले विना विधि, नियमावली, विना पार्टीको निर्णय, विना निर्वाचन समिति कतै कुनै होटलमा बसेर एउटा कागजमा सही गरेर म दलको नेता भएँ भनेर कोही नेता हुँदैन। वास्तवमा भन्ने हो भने यो अनैतिक कार्य गरिएको हो। अनुशासनहीन कार्य हो। त्यसलाई पार्टीले मान्ने कुरा हुँदैन ।

तपाईंकै भाषामा भन्दा अनुशासनहीन कारवाही भएको हो भने पार्टीले अनुशासनको प्रश्न उठाउला नि त?

निश्चित रूपमा पार्टीमा उहाँहरूले जवाफ दिनुपर्छ नि!पार्टीको विधि, विधान, प्रक्रियालाई लात हानेर जाने मान्छे कसरी नेता हुन्छ?

त्यसमा पनि भक्तपुरमा एमाले सांसद र कार्यकर्ताहरूको घेराबन्दीमा बसेर कसैले आफूलाई संसदीय दलको नेता भएँ भनेर भन्छ भने त्यो भन्दा अशोभनीय, अनैतिक कुरा के हुन्छ? चित्त बुझ्दो जवाफ उहाँले नदिए पार्टीले उहाँलाई अनुशासन उल्लंघन गरेको कसूरमा कारवाही गर्छ।

बहुमत सांसदहरूको उपस्थितिमा उक्त निर्णय गरेर चयन गरिएको भन्ने कुरा गर्नुभएको छ। संसदीय दलका बहुमत सांसदले महतोजीलाई दलको नेता चयन गरे हुँदैन र?

सबै सांसद त एकै पार्टीको हो नि। संसद्मा बहुमत पुग्यो रे, त के स्वतः त्यो मानिस प्रधानमन्त्री त हुँदैन। एउटा विधि, प्रक्रिया अनुसार प्रधानमन्त्री बन्ने हो नि ! अल्पमत वा बहुमतको कुरा नै छैन। उहाँलाई त्यो अधिकार कसले दियो?कहाँ मतदान भयो?

न विधानअन्तर्गत बहुमत पाउनुभयो? उम्मेदवारी दिनका लागि कसले उहाँलाई उम्मेदवार तोक्यो? यो त अराजक काम भयो। भोलि यही काम पार्टीमा बहुमतको आधारमा महतोजीलाई पार्टीको साधारण सदस्यबाट निस्कासन अरूले गर्‍यो भने के हुन्छ? त्यसैले पार्टीलाई अराजकतातर्फ लग्न, पार्टीलाई विघटन गर्न, विभाजनतर्फ लग्न गरिएको षड्यन्त्रबाहेक अरू केही पनि होइन।

तपाईंहरू शीर्ष नेता बसेर ठाकुरजी,महतोजीलाई वार्ताका लागि अपिल गर्ने निर्णय पनि गर्नुभएको कुरा आयो, कहिलेदेखि वार्ता गर्नुहुन्छ?

कार्यकारिणी समितिका ५० जना सबै सदस्य बसेर अहिलेको राजनीतिक गतिविधिमाथि व्यापक बहस गरेर एउटा निर्णय गरौं। त्यो निर्णयको आधारमा पार्टीलाई संचालन गरौं।

तर,उहाँहरू त तपाईंले नै पार्टीको निर्णय नै नगरेर छापामार शैलीमा घरघरबाट हस्ताक्षर संकलन गरेर लुम्बिनी प्रदेशका सांसदहरूलाईनिस्कासन गरेकाले पार्टी विभाजनको अवस्थामा पुगेको आरोप लगाउनुहुन्छ नि?

त्यो त उहाँहरूको ब्ल्याकमेलिङ भयो। लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय भयो। संसदीय दलको बैठक बसेर अविश्वासको प्रस्ताव दर्ता गर्ने पार्टीको निर्देशनअनुसार नै निर्णय गरिएको थियो। तर, उहाँहरूले हाम्रो पार्टीका सांसदहरूलाई उक्साएर एमालेलाई मदत गर्ने, केपी ओलीलाई मद्दत गर्ने कार्य पार्टीको नीति, निर्देशनविपरीत गरियो। उहाँहरू सरकारमा सहभागी हुनुभयो । पार्टीको अनुशासन उल्लंघन गर्‍यो भने अनुशासनको कारवाही त हुन्छ।

तर,त्यहाँ संसदीय दलको समायोजन नभएको,संसदीय दलको विधान नबनेको,पार्टीको प्रदेश कमिटी समेत समायोजन नभएको अवस्थामा त्यस्तो निर्णय गरियो। कारवाही नै गर्नुपरे पार्टीको कार्यकारिणी बैठक बसेर दुवैपक्षको उपस्थितिमा कारवाहीको निर्णय गरेको भए हुन्थ्यो। तर,तपाईंले त छापामार शैलीमा कारवाही गर्नुभयो नि?

धन्न मान्नुस् कि लुम्बिनी प्रदेशका ती चारजना सांसदलाई यहाँबाट उक्साउने नेताहरूलाई चाहिँ कारवाही भएन।

तपाईंले आफ्नो पदीय हैसियतको दुरुपयोग गरेर वैकल्पिक सरकार गठनको गृहकार्यमा लाग्नुभयो भन्ने आरोप छ नि?

केपी ओली प्रतिगमनकारी हो भन्ने कुरा पार्टीको आधिकारिक निर्णय हो। ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक हो भनेर पार्टीले निर्णय गरेको होइन ?

त्यसको विरुद्धमा पार्टीले आन्दोलन पनि गर्‍यो । ठाकुर पक्षधर नेताहरूले नै मधेशमा गएर त्यसका विरुद्ध भाषण पनि गर्नुभयो । प्रतिगमनकारी शक्तिलाई परास्त गर्ने पार्टीको निर्णय अनुसार म वैकल्पिक सरकार निर्माणको बाटोमा लागेको हो।

प्रतिनिधि सभा पुनर्गठनपछि तपाईंले भनेको प्रतिगमन त सच्चिसकेको हैन र?

प्रतिगमन एक दिनमा हुँदैन। एक दिनका लागि मात्र खतरा थियो र अब हुने छैन भन्ने कुरा छैन। एक दिनमा सच्चिने कुरा हुँदैन। अझै पनि नेपालमा प्रतिगमनको खतरा कायमै छ। प्रतिगमनकारी त विचार र प्रवृति हुन्छ, त्यो अहिले समाप्त भएको छैन। प्रतिगमनकारीको साथ दिनु भनेको सती जाने कुरा भयो नि !

तर,अहिले ठाकुर पक्षले ओलीमात्र होइन देउवा प्रचण्ड पनि प्रतिगमनकारी हो भनिरहनुभएको छ । पार्टीभित्र यतिधेरै फरक विचार किन ?

हाम्रो पार्टी समाजवादी हो। पार्टीको नीति, सिद्धान्त छ जसले दिशानिर्देश गर्छ । पार्टीको विधि, प्रक्रियाबाट जब मान्छे च्युत हुन्छ तब मानिसमा विचलन आउछ।

पार्टी एक ढिक्का रहने सम्भावना सकिएकै हो त?

जे जसले गल्ती गरेको छ, बाटो बिराएको छ त्यसले आफ्नो गल्ती सच्याएर आयो भने सबै कुरा अहिले पनि सम्भव छ । सही बाटोमा जानुपर्छ भन्ने कुराको दिशाबोध गरेर आए किन एकता हुँदैन ?

तर, अहिले जे जति काम उहाँहरूले गरिरहनुभएको, त्यो पार्टीको निर्देशनअनुसार हो कि बाहिरको निर्देशनअनुसार ?  त्यो त गम्भीर विश्लेषणको कुरा हो ।

यदि उहाँहरूको आफ्नै निर्णय हो भने त पार्टीमा बसेर निर्णय गर्नुपर्‍यो नि !

वैकल्पिक सरकार निर्माण गर्ने भन्ने कुरा त पार्टीले निर्णय नै नगरेको तर्क उहाँहरूको छएकतर्फी रूपमा तपाईं त्यस दिशामा अगाडि बढेपछि अहिलेको अवस्था आएको भन्ने कुरा उहाँहरूको छ नि?

वैकल्पिक भन्नुको अर्थ प्रतिगमनकारी शक्तिलाई परास्त गर्ने न हो । अहिलेको सरकारलाई परास्त गर्नका लागि हामीले दोस्रो विकल्प दिने कि नदिने पार्टीले एउटा सैद्धान्तिक निर्णय गरिसकेको छ, प्रतिगमनकारी शक्तिलाई परास्त गर्ने भनेर । त्यो सिद्धान्त त पार्टीमा स्ट्याबलिस भइसकेको छ । त्यही बाटोमा म अगाडि बढेको हो ।

ओलीलाई बचाउन वा देउवालाई प्रधानमन्त्री बनाउनभन्दा पनि तपाईंहरू आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने कुरा पनि आएको थियो। तपाईंले देउवालाई प्रधानमन्त्री बनाउनकालागि जसरी कम्मर कसेर लाग्नुभयो त्यसैगरी महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरेर त्यसका लागि अगाडि आएको भए त अहिलेको अवस्था आउन्नथ्यो होला । तर,तपाईंले त्यसकालागि त कुनै प्रयास नै गर्नुभएन नि?

हामीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनको लागि पार्टीमा पनि प्रस्ताव गरेको थियौं र कांग्रेस, माओवादीसँग पनि कुरा गरेका थियौं। ठाकुरजीलाई पनि मौका दिनुपर्‍यो भनेर मैले देउवा र प्रचण्डजीसँग पनि कुरा गरेको हो। तर, ठाकुरजीलाई क-कसले भड्कायो, कहाँ-कहाँबाट कुन खेल भयो कि उहाँ आफैं त्यसका लागि तयार हुनुभएन ।

मधेशका जनताले त अहिले पनि ठाकुरजी र तपाईंबीच घनीभूत वार्ता भएर पार्टी एकता कायम रहोस् भनेर चाहेका छन। तपाईं दुईजना नेताबीच वार्ता किन हुन सकिरहेको छैन त?

समझदारी त हुनैपर्‍यो तर त्यो समझदारी नीतिगत, सैद्धान्तिक आधारमा देश र जनताको बृहत् हितमा हुनुपर्छ । केपी ओलीका लागि सती जाने कुराका लागि समझदारी हुनुभएन । 

उहाँहरूले त मधेश मुद्दा सम्बोधनका लागि आफूहरू लागि परेको बताउनुहुन्छ नि?

यो त मधेशका जनतालाई मुर्ख बनाएर आफ्नो उल्लु सिधा गर्ने कुरा हो। मधेशको मुद्दा के हो? स्वायत्त मधेश प्रदेशको स्थापना । १०+१ प्रदेशको स्थापना । पहिचानमा आधारित संघीयता । मधेशको कुन मुद्दा ओलीले सम्बोधन गर्नुभयो ? ओली नै प्रधानमन्त्री भएको बेलामा लगाइएको मुद्दामध्ये केही फिर्ता गर्नु भनेको पोलिटिकल एजेण्डा होइन, प्रशासनिक एजेण्डा हो। कोही आए पनि त्यसले गर्नै पर्ने हुन्छ । त्यसका लागि सती जाने वा बलिदान दिने जरूरी छैन ।

यही प्रशासनिक एजेन्डा पनि तपाईं सरकारमा हुँदा सम्बोधन गराउन सक्नुभएन । तपाईंले प्रधानमन्त्री ओलीसँग प्रतिशोध साँध्न खोज्नुभएको आरोप छ नि!

यो कुरा एउटा फन्टुसले मात्र भन्न सक्छ । ओली सरकारसँग हामीले सहकार्य गरेका थियौं। संविधान संशोधन लगायतका विषयमा हामीले सहकार्य गरेका थियौं। जतिबेला ओली संविधान संशोधनका लागि तयार हुनु भएन, त्यतिबेला हामी सरकारबाट बाहिरिएका थियौं ।

पार्टीले निर्णय गरेर सरकारमा गएको थियो र पार्टीले निर्णय गरेर नै सरकारबाट बाहिरिएका थियौं। मैले मधेशको मुद्दा सम्बोधन गराउन खोज्दा तयार नहुने ओलीले अहिले आएर झन् कमजोर भएको अवस्थामा, संकटमा फसेको अवस्थामा पूरा गर्छ भनेर भन्नु भनेको जनतालाई मुर्ख बनाउने काम मात्र हो ।

ओली संविधान संशोधनमा पनि तयार भएको कुरा ठाकुर-महतोले गरिरहनुभएको छ । संसदमा पनि प्रधानमन्त्रीले यो प्रतिबद्धता जनाउनुभएको हैन र?

ओलीले संसद् विघटन गर्ने तयारी गरेका छन् । संविधान संशोधनका तयारी गरेका छैनन् । ओलीले पार्टीमा हालै केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा जे दस्तावेज प्रस्तुत गर्नुभयो, त्यो दस्तावेज नै मधेशविरोधी छ । हिजो मात्रै ११ देशका लागि राजदूत नियुक्त गर्दा कति जना मधेशी परे त? एकजना पनि परेनन् । खोई, कहाँ छ समवेशिता? ओलीको व्यवहार हेर्ने कि झूटको भजन कीर्तन गर्ने?

ओलीबाहेक देउवा वा प्रचण्डको सरकार बने के मधेशका ती सबै मागपूराहुन्छ त?  विगतमा उहाँहरूले पनि प्रधानमन्त्री हुँदा प्रतिबद्धता पूरा नगरेको होइन र?

ओलीको भजन र कीर्तन गरेर समवेशिता समाप्त भइरहेको छ नि !  राजनीतिक नियुक्तिमा समवेशिता देखाउनुस् त? ओलीको म व्यक्तिगतरूपमा विरोधी होइन। अहिलेको मितिमा पनि ओलीजी मेरो राम्रो मित्र नै हुनुहुन्छ। व्यक्तिगत कुरा गर्ने हो भने त उहाँसँग मेरो कुनै विरोध नै छैन। तर, मेरो विरोध भनेको ओलीप्रवृत्तिको हो। उहाँको एजेण्डा संघीयता, समावेशिता, मधेशको एजेण्डा नै होइन। उहाँको भजन कीर्तन गरेर सती गएर मधेशको कल्याण हुँदैन ।

तपाईंको पार्टी एक हुन्छकिफुट्छ?

ओली प्रवृत्तिविरुद्ध जाने लाइन आयो भने एकता काम रहेर देशको वैकल्पिक शक्ति जसपा बन्छ । तर, ओली प्रवृत्तिको मतियार बन्ने हो भने पार्टीले लोकतान्त्रिक तरिकाले एउटा निर्णय लिन्छ। पार्टी एकतामा समस्या हुन्छ। त्यो कुरा ठाकुर पक्षले सोच्नुपर्छ । ओलीले मधेशको कुनै माग पूरा गर्दैन ।

लेखेर राख्नुस्, उसले युज मात्र गरेको हो। संकटमा परेको बेला आफ्नो सत्ता र कुर्सी जोगाउनका लागि केही स्वार्थी मधेशी नेताहरूको उपयोग मात्र ओलीले गरिरहेका छन् । युज एण्ड थ्रोको रणनीतिमा मात्र ओली लागेका छन् । पार्टी फुट्दैन तर प्रतिगमनकारी शक्तिसँग सहकार्य पनि गर्दैन।

तपाईंको विचारलाई ठाकुर पक्षले मानेन भने के हुन्छ?पार्टी फुट्छ?

नमानेपछि पार्टीको विधि छ, विधान छ, प्रक्रिया छ, त्यसअनुसार अगाडि बढछौं।

कार्यकारिणीदेखि संसदीय दलमा पनि उहाँहरूले नै बहुमत दाबीगरिरहनुभएको अवस्थामा के हुन्छ त? अर्कातर्फ तपाईं पनि बहुमत दाबीगर्नुहुन्छ ।

उहाँहरूसँग बहुमत छ भने पार्टी बैठक बसेर निर्णय गरे भइहाल्यो नि ! कि एमालेको लठैतको घेरामा बसेर निर्णय गरेर हुन्छ? त्यो त कायरता हो नि ! पार्टी कार्यालयमा बैठक बसोस् । बहुमत अल्पमतको कुरा नै छैन । पार्टीले जे निर्णय गर्छ त्यो हामीले पनि मान्छौं । तर, अहिले पार्टीको घोषित निर्णयलाई त पालन गर्नुपर्‍यो नि ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x