×

NMB BANK
NIC ASIA

गोकुल बास्कोटासँग अन्तर्वार्ता

पिँध नभएका पार्टीहरू हाट्टहुट्ट गर्न आएका हुन्, सुकेर जान्छन्- गोकुल बाँस्कोटा [अन्तर्वार्ता]

चैत २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ ।

Muktinath Bank

मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन नेपाली कांग्रेस र नेकपा एमाले लागिपरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका सिलसिलामा चितवनमा रहेका एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले चितवन २ को चुनावी अभियानमा कमान्डरको भूमिका निर्वाह गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

उनी उम्मेदवार मनोनयनदेखि कार्यकर्ता भेटघाटमा सक्रिय छन् ।

Vianet communication
Laxmi Bank

मंसिर ४ को चुनावी नतिजा उल्टाएर एमाले उम्मेदवार रामप्रसाद न्यौपानेलाई जिताउन भन्दै चितवनमा सक्रिय बाँस्कोटासँग लोकान्तरका लागि गगन अर्यालले कुराकानी गरेका छन् ।

प्रस्तुत छ कुराकानीको सारः

उपनिर्वाचनको उम्मेदवारी मनोनयनअगावै चितवनमा आउनुभएको थियो । कस्तो पाउनुभयो यहाँको माहोल ? 

म चितवनमा ग्रासरुट मिसनका लागि आएको थिएँ । पार्टीले जिम्मा लगाएका ठाउँमा मैले काम गरें । भरतपुर महानरपालिकाका १० वटा वडाहरूमा म सक्रिय भएको थिएँ ।

माडी रत्ननगरलगायत क्षेत्रको काम समेत सकेर चुनावी अभियानमा सक्रिय भएको छु । 

उम्मेदवारी मनोनयनका क्रममा तपाईंले भदौरे हिलो पखालिएर नारायणी कञ्चन बनेको छ । अब फेरि चैते हुरी आउँदैन भन्नुभएको थियो । के भन्न खोज्नुभएको हो ? प्रस्ट भाषामा भन्दिनुस् न । 

अहिले नेपाली समाज निम्नपूँजीवादी अधैर्यताको शिकार भएको छ । त्यसबाट कोही पनि अछुतो छैन । मानिसहरू आफैंसित समेत असन्तुष्ट भएका छन् । उनीहरूसँग कुनै बाटो छैन ।

उनीहरूले समाज विज्ञानका, आर्थिक रूपान्तरणका, नेतृत्व स्थापनाका, क्रान्तिका, आर्थिक समाजिक परिवर्तनका मुद्दालाई बुझेका छैनन् । यो कुरा बुझाउनलाई राजनीतिक दलहरूले पनि कसरत कम गरे । मेनस्ट्रिमका मिडियाहरूले पनि यो दायित्व भुले।

मानिसहरूलाई छिटोछिटो परिवर्तन चाहिएको छ । उदाहरणका लागि यहाँ पेरिसको जुन फेसन भित्रियो, त्यो फेसन माग गरेर बुवाआमालाई सराप्ने र आफू काम नगर्ने स्थिति देखिएको छ । बुवाआमाको हैसियत नभए पनि त्यो फेसन चाहिन्छ । यसले समाजिक अधैर्यता सिर्जना गरेको छ ।

null

सञ्चार क्षेत्रको स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, मानिसहरूको स्वतन्त्रतालाई आर्थिक रूपान्तरणतर्फ नलगेर निजी दृष्टिकोणतर्फ लगेको देखिन्छ । यसले समाजको उन्नतितर्फ नभएर केही मानिसको हिरोइजमतर्फ विश्वास केन्द्रित गरेको छ । यही बाछिटा नेपाली समाजमा छताछुल्ल भएको छ ।

नेपाली बौद्धिकताले अहिले आएर त्यो बुझेको छ । यहाँ कोही अति विषेश हुन् भन्ने मानक सिर्जना खोजिएको थियो, त्यो अहिले चिरिएको छ । कानूनको सामान्य कुरालाई नबुझेर स्टन्टबाजीबाट समस्याको समाधान खोज्ने, दौडिने पंक्ति प्रभावित भएको थियो । समाजमा ज्ञान हासिल गरेको पुस्ता मौन बसेको थियो । अहिले ठक्कर हन्डर खाएर फेरि राजनीतिको लय ठीक ठाउँमा फर्किन थालेको छ । चितवनमा पनि बदलिएको मनोविज्ञान पाएको छु । 

तपाईंले चितवन- २ मा मंसिरको नतिजा उल्टिने बताइरहनुभएको छ । त्यसको आधार के हो ?

सत्य कुरा के हो भने हिजो एमाले एमाले थिएन । माओवादी माओवादी थिएन । कांग्रेस कांग्रेस भएन । सबै अलमलमा थिए । त्यो समयमा एउटा कथित भाष्य निर्माण गर्न खोजिएको रहेछ । पुराना पुस्ताले केही गर्न सकेनन्, अब नयाँलाई भन्ने थियो । राजनीतिकको जगविना सिर्जित त्यो भाष्यविरुद्ध दलहरूले हिजो प्रश्न गरेनन् ।

विश्वमा जति नै भए पनि मुख्य २ वटा विचारधारा छन् । एउटा समाजवाद र अर्को उच्च पूँजीवादको प्रवर्द्धन हो । 

नेपालमा केही संवैधानिक छिद्रहरू, राजनीतिक छिद्रहरू, लघुताभाषी मानसिकताको उपयोग पनि भयो । परिवर्तनको आशा गर्ने तर निर्णय गर्ने बेलामा आफ्नो 'सोसियो इकोनिमक' धरातललाई बिर्सने अवस्था देखिएको छ- जस्तै स्थिरताको पक्षमा मतदान नगर्ने र स्थिरता नचाहने ।

अहिले देशमा मुख्य २ वटा दल छन् । एउटा समाजवादी केन्द्र, जुन एमाले नै हो । जसले लोकतन्त्रसहितको वैज्ञानिक समाजवादको परिकल्पना गरेको छ । अर्को नव उदारवादको संरक्षण गर्ने पार्टी नेपाली कांग्रेस हो । त्योबाहेक बाँकी दलको नयाँ समाजिक आर्थिक भाष्य के छ त ? पूँजीवादी हुन् भने नेपाली कांग्रेसको छत्रछायाँमा जाने हुन्, समाजवादको विचारधारा बोक्नेहरू एमालेको छत्रछायाँमा नै आउने हुन् ।

त्यसकारण अहिले देखिएका नयाँ दलको 'भेरियन्ट'को असर नेपाली कांग्रेसलाई हो, एमालेलाई कुनै पनि असर पर्दैन् ।

अस्ति तपाईंले चितवन टुरिस्ट उम्मेदवारबाट पीडित जिल्ला भन्नुभएको थियो । यसपटक रैथाने उम्मेदवार पनि छन् । यसले तात्त्विक फरक के पार्छ ? 

नेपाली समाज युरोपेली समाज होइन, जहाँ एजेन्डाको आधारमा मतदान होस् । एजेन्डाको आधारमा मतदान हुने हो भने नयाँ आएका दलले यो गर्छु भनेर नयाँ एजेन्डा दिन सक्नुपर्‍यो नि त !

अहिले त अरू दलका नेताहरूले जान्दै जान्दैनन् भन्ने भाष्य निर्माण भएको हो । इतिहासको पुस्ता र अहिलेको पुस्ता मात्रै जान्ने छ भन्ने होइन, भविष्यको पुस्ता पनि जान्ने आउँछ भन्ने बुझ्नुपर्छ ।

null

समाजको क्रमिक विकास एउटा छ, सुविचारित ढंगले आउने विकास अर्को छ । हाट्टहुट्ट गरेर आउनेले हल्ला गर्ने मात्र हो, सिस्टममा तात्त्विक फरक पार्दैनन् । 

चुनाव जित्न एजेन्डा चाहिन्छ कि उम्मेदवार ? 

एजेन्डा चाहिन्छ । मैले एजेन्डाले चुनाव जितेको हुँ । हामीले सुख र समृद्धि भनेका थियौं । त्यसभित्र अरू ६-७ वटा विषय छन्, तिनीहरूलाई देखाएर मैले जितेको हुँ ।

अर्को कुरा जनतालाई दिएको वचन पूरा गर्नुपर्छ । मेरो नागरिकता नेपाली हो भने त मैले नेपाली जनताको सेवा गर्नुपर्छ नि त ! मेरो निर्वाचन क्षेत्रमा मैले जान नपाएको ठाउँमा गाडी चढेर आउँछु भनेको थिएँ । बाटो थिएन, बनाएँ अनि गाडी चढेर गएँ । यसले पुष्टि भयो नि ! 

मंसिर ४ को चुनावपछि रास्वपालाई एमालेको स्याटेलाइट पार्टीको रूपमा विश्लेषण गरिएको थियो । अस्ति त तपाईंले पिँध नभएको र टेक्ने आधार नभएको भनेर टिप्पणी गर्नुभयो नि ? 

मैले 'सोसियो इकोनोमी'को आधारमा भनेको हुँ । उसको (रास्वपाको) वर्ग दृष्टिकोण के हो त ? यस्तो जानिन्न, उस्तो जानिन्न, म नेपालीवादी हुँ भन्न सक्छन् । तर आजसम्म राजनीतिक अर्थशास्त्रले, समाजशास्त्रले गाइड गरेको कुरा अमेरिकी र जाप्निज समाजशास्त्र हो । विकसित, विकाशील र हाम्रोजस्तो तेस्रो विश्व भनिने समाज त एउटै हो । त्यसकारण समाजलाई डोहोर्‍याउने विचार र विद्वताको कुरा गरेको हुँ ।

पूरै अन्तर्वार्ता हेर्नुहोस्, भिडियोमा : 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x