कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सर्लाहीका पाँच पालिकाले रकम निकासा नगर्दा धेरै विद्यालयले अझै पाठ्यपुस्तक वितरण गर्नसकेका छैनन् ।
जिल्लाका कविलासी, हरिपुर्वा र गोडैता नगरपालिका तथा धन्कौल र चन्द्रनगर गाउँपालिकाले पाठ्यपुस्तकका लागि रकम निकासा नदिँदा शैक्षिकशत्र सुरूभइसक्दा पनि पाठ्यपुस्तक वितरण गर्न नसकिएको स्थानीय विद्यालयले जनाएका छन् ।
पालिकाले आन्तिरिक समस्या देखाउँदै पाठ्यपुस्तक खरिदका लागि निकासा नगरेपछि पाठ्यपुस्तक वितरण नहुँदा पठनपाठन नै प्रभावित भएको हरिपुर्वा–२ स्थित प्राथमिक विद्यालयका शिक्षक दिनेश रायको भनाइ छ ।
हरिपुर्वा नगरपालिका शिक्षा शाखा प्रमुख जनक काफ्लेले भने प्रमुख प्रशासकीय अधिकृत नभएकाले पुस्तक खरिदका लागि निकासा दिन ढिलाइ भएको बताए । प्रशासकीय अधिकृत आउनेबित्तिकै निकासा दिने गरी उधारोमा भए पनि पुस्तिक वितरण गर्न आग्रह गरिएको र धेरै विद्यालयले सोहीअनुसार व्यवस्था गरेका समेत उनले बताए ।
त्यस्तै, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पनि पछि भुक्तानी गर्ने गरी विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन आग्रह गरिएको बताए ।
चन्द्रनगर गाउँपालिका–३ स्थित श्रीराम जनता निम्न मावि बडकुर्वाका प्रधानाध्यापक सरोज सिंहले भने पालिकाहरूले समयमै पुस्तकको भुक्तानी नगर्ने भन्दै स्थानीय पुस्तक वितरकले उधारोमा कारोबार गर्न नमानेका बताए । आफ्नो विद्यालयमा जस्तै निकासा रोकिएर समयमै पाठ्यपुस्तक नपाउँदा जिल्लाका धेरै विद्यालयलाई समस्या भएको उनको भनाइ छ ।
सर्लाहीमा चार सय ४२ सामुदायिक विद्यालयमा एक लाख १९ हजार सात सय सात विद्यार्थी भर्ना रहेका शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...