×

NIC ASIA

नक्कली लाइसेन्स प्रकरण

लाइसेन्समा लहरो तान्दा पहरो थर्किने संकेत– ४ कर्मचारीसहित ९ जना सीआईबीको हिरासतमा

काठमाडाैं | बैशाख २६, २०८१

Prabhu Bank
NTC
Premier Steels

नक्कली लाइसेन्स प्रकरणको छानबिनमा लहरो तान्दा पहरो थर्किने संकेत देखिएको छ ।

Muktinath Bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका क्रममा हालसम्म ९ जनालाई पक्राउ गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'३ जना बहालवाला कर्मचारी, १ जना करार सकिएका पूर्व कर्मचारी, ३ जना फेक लाइसेन्सबाहक र २ जना दलाल गरी कुल ९ जना पक्राउ परेका छन्,' सीआईबीका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले लोकान्तरसँग भने, 'लहरो तान्दा पहरो थर्किनेजस्तो देखिएको छ ।'


Advertisment
Nabil box
Kumari

यातायात कार्यालय बुटवलका कम्प्युटर अपरेटर नारायण पाण्डे, यातायात व्यवस्था विभागमा काम गरिसकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल, विभागमा कार्यरत वृजनारायण चौधरी र करारमा काम गरेका हरिश भट्टसहित चारजना पक्राउ परेका हुन् । लाइसेन्स होल्डर लगराज कुमारसहित अन्य पाँच जना पनि पक्राउ परेको एसपी बोगटीले बताए ।

Vianet communication

सवारी ज्यान मुद्दाका अभियुक्तलाई थुनामै रहेका बेला अवैध लाइसेन्स उपलब्ध गराएको विषयबाट अनुसन्धान शुरू भएको उनले बताए ।

यातायात कार्यालय बुटवलबाट सवारी ज्यान मुद्दामा पक्राउ परी थुनामा रहेका शशांक बस्याललाई अवैध लाइसेन्स दिएको पाइएको हो ।

त्यसैगरी, फास्ट ट्रयाकबाट लाइसेन्स दिने भनेर मास प्रिन्ट गरी हजारौं रकम लिएर विभागबाट अवैध लाइसेन्स वितरण गरिएको विषयमा समेत अनुसन्धान भइरहेको उनले खुलाए ।

'त्यसबाहेक यातायात व्यवस्था विभागबाट गठित छानबिन समितिको प्रतिवेदनलाई समेत आधार बनाएर छानबिन गरिरहेका छौं,' बोगटीले लोकान्तरसँग भने, 'कीर्ते मुद्दामा अनुसन्धान भइरहेको हो ।'

विभागबाट झन्डै ३० हजार फेक लाइसेन्स जारी भएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

विभागले ती सबै लाइसेन्सलाई इनभ्यालिडसमेत गरिसकेको छ ।​

यो पनि पढ्नुहोस्

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x