×

NMB BANK
NIC ASIA

सुधीर बस्नेतका नाममा अदालतमा ८० मुद्दा, यसरी ठगिएका थिए सर्वसाधारण

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १३ पुस — घरजग्गा कारोबारी सुधीर बस्नेत मंगलवार राति काठमाडौंको धापासीस्थित आफ्नै घरबाट पक्राउ परेका छन् । उनी पक्राउ परेसँगै काठमाडौं जिल्ला अदालतले उनीमाथि परेका मुद्दा र उनले पाउने कारवाहीका बारेमा हिसाबकिताब निकाल्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौं, प्रहरीको अपराध नियन्त्रण ब्युरो तथा काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइको समूहले उनलाई घरमा सुतिरहेकै अवस्थामा मंगलवार बेलुका पक्राउ गरेको थियो । विभिन्न व्यक्ति तथा संस्थाहरूलाई ठगेर बस्नेत भारतमा लुक्दै आएका थिए ।

आफूले सञ्चालन गरेको सहकारी र विभिन्न बिल्डर्स कम्पनीहरूमार्फत उनले सर्वसाधारणलाई ठगेका थिए । बैंकिङ प्रणालीबाट उनले लिएको एक अर्ब ६० करोड ऋण समेत उनले चुक्ता गर्न सकेका छैनन् । यसबाहेक विभिन्न व्यक्तिहरूको ७ अर्ब रुपैयाँ उनले ठगेको आरोप लागेको छ ।

काठमाडौं जिल्ला अदालतका फैसला कार्यान्वयन इकाइका प्रमुख सन्तोष पराजुलीले बस्नेतमाथि विभिन्न प्रकृतिका थुप्रैखाले मुद्दाहरू रहेको बताए । ‘उनी पक्राउ परेसँगै उनीसँग सम्बन्धी सम्पूर्ण मुद्दा र उनले पाउने सजायको निर्क्योल गर्दै छौं,’ पराजुलीले लोकान्तरसँग भने, ‘अहिलेसम्म उनले चारवटा मुद्दामा कैद तथा रकम असुलीको सजाय पाएका छन् ।’

पराजुलीले बस्नेतमाथि ८० वटा देवानी तथा फौजदारी प्रकृतिका मुद्दाहरू रहेको बताए । ‘आफ्नो सहकारी र विल्डर्स कम्पनीमार्फत सर्वसाधारणलाई ठगेका मुद्दाहरू थुप्रै छन्,’ उनले भने, ‘केही मिसिलहरू त पुनरावेदन पनि गएका छन् ।’

उनले काठमाडौं जिल्ला अदालतले फैसला गरेको एउटा मुद्दामा ६ महिना कैदको सजाय पाएका छन् । त्यस्तै अर्को एउटामा दुईवर्ष कैद र पाँचकरोड एकानब्बे लाख असुलीको सजाय पाएका छन् । ‘अरू दुईवटा मुद्दामा सफाइ पनि पाएका थिए,’ पराजुलीले लोकान्तरसँग भने, ‘अहिले त उनीमाथिका मुद्दा र सजायको बारेमा एकिन बताउन सक्ने अवस्था छैन ।’

उनी माथि ठगी, जालसाजीका मुद्दा धेरै परेका छन् । उनले काठमाडौंको मैतीदेवीमा सञ्चालन गर्ने ओरेन्टल सहकारीमार्फत सर्वसाधारणलाई ठगेका थिए । त्यस्तै घरजग्गा र अपार्टमेन्टको नाममा पनि सर्वसाधारणलाई ठगेका थिए ।

उनले सञ्चालन गरेको सहकारी ओरेन्टलबाट ठगिएकी काठमाडौंकी गीता दाहालले आफूले बचत गरेको २२ लाख ७ हजार रुपैयाँ उनको सहकारीले डुबाएको बताइन् । २०७० सालमा बस्नेतले सञ्चालन गरेका घरजग्गाका कम्पनीहरू टाट पल्टिएपछि सर्वसाधारणको लगानी सहकारीमा फसेको हो ।

‘त्यसबेला बजारमा १० प्रतिशत ब्याज आउँथ्यो, उनको सहकारीले १३ प्रतिशत ब्याज दियो अनि हामी त्यता लोभियौं,’ उनले लोकान्तरसँग भनिन्, ‘तर उनले सहकारीमा जम्मा भएको सबै पैसा घरजग्गामा लगाएर हामीलाई डुबाए ।’ उनका अनुसार उनलाई ऋण दिन बैंकहरूले त उनको धितो लिलाम गराउँछन्, गराइरहेका छन् ।

तर उनीबाट ठगिएका सर्वसाधारणले समाउने ठाउँ छैन । दाहालका अनुसार बस्नेत डुब्दै गएपछि पहुँच पुग्ने मान्छेहरूले सहकारीमा भएको रकम फिर्ता ल्याएका थिए । तर पहुँच नपुग्नेहरूले सो समयमा रकम फिर्ता पाएनन् ।

ओरेन्टलले काठमाडौंका विभिन्न ठाउँमा शाखा विस्तार गरेर कारोबार गरेको थियो । बस्नेतको सहकारी डुबेसँगै त्यसबेला मानभवनको शाखामा काम गर्ने म्यानेजरले आत्महत्या नै गरेका थिए ।

उनले आरेन्टल बिल्डर्स, आयुसा बिल्डर्स, कोहिनूर बिल्डर्स, कोहिनूर हिल हाउजिङ, रोसिडेल डेभलपर्स, बीबी नेपाल टे«ड कन्सर्न, दिपाज बिजनेस कन्सर्न लगायतका संस्थाहरू चलाउँदै आएका थिए । यी संस्थाहरूबाट घरजग्गा तथा अपार्टमेन्टहरू बेच्ने बाहनामा उनले सर्वसाधारणहरूको करोडौं रकम लिएर डुबाएका छन् । सर्वसाधारणहरूको ७ अर्बभन्दा बढी रकम डुबाएको अनुमान गरिएको छ ।

उनले यी संस्थाहरूको नामबाट विभिन्न बैंकहरूबाट लिएको रकम समेत तिर्न सकेका थिएनन् । उनले विभिन्न बैंकबाट एक अर्ब ६० करोड रकम ल्याएर फसाएका छन् ।

काठमाडौं प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख एसपी प्रद्युम्न कार्कीले बस्नेतलाई अदालतमा हाजिर गराएपछि अरू मुद्दाहरू पनि अघि बढ्ने बताए । ‘हामीले ऊ घर आएको सूचना पाएका थियौं, त्यही अनुसार पक्राउ गरिएको हो,’ कार्कीले भने, ‘अदालतमा हाजिर भएसँगै अरू मुद्दाहरू पनि अघि बढ्छन् ।’

कार्कीका अनुसार बस्नेतलाई अदालतले यसअघि नै कैद सजाय सुनाएको छ । फैसला भएका मुद्दामा उनले सजाय पाउनेछन् भने अरू मुद्दाहरू पनि अब अघि बढ्ने उनले जानकारी दिए । बस्नेतलाई बुधवार नै डिल्लीबजारस्थित कारागार चलान गरिएको छ ।

बस्तेत पक्राउ परेपनि सर्वसाधारणको डुबेको रकम कसरी उठ्छ भन्ने प्रश्न भने अनुत्तरित छ ।

  •  तस्वीर स्रोत : नागरिक दैनिक/ यसअघि फोटो स्रोत खुलाउन छुटाएकोमा क्षमा चाहन्छौंं।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x