×

NMB BANK
NIC ASIA

‘यही गठबन्धनले गर्दा प्रधानमन्त्री, मन्त्री पाइया छ, अनि गठबन्धन चाहिन्न भनेर हुन्छ ?’

मंसिर ८, २०७८

NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पनि ५ दलीय गठबन्धन कायम रहने जिकिर गरेका छन् ।

Muktinath Bank

प्रेस सेन्टर कैलालीद्वारा बुधबार धनगढी एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनलाई अझ सुदृढ बनाएर जाने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘निर्वाचनसम्बन्धी बहस चलिरहेको छ । ३ वटै निर्वाचन एकैपटक गर्ने एउटा तर्क छ । संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्‍यो भने राज्यको अर्बौं खर्च वचत पनि हुन्छ । जनतालाई पनि पटक–पटक चुनाव भनेर झञ्झट दिनुभन्दा एकैपटक गर्दा सजिलो हुन्छ ।’


Advertisment
Nabil box
Kumari

उनले संविधानविद्, कानूनविद् र निर्वाचन आयोगसँग पनि पर्याप्त अन्तरक्रिया गरेपछि एउटा निष्कर्षमा पुग्नु उचित हुन्छ भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा र आफूबीच समझदारी भएको बताए ।

Vianet communication

उनले ५ दलीय गठबन्धनलाई आउँदो चुनावसम्म सँगै लैजान बाटो क्लियर भएको पनि दाबी गरे । आउने राष्ट्रिय सभा निर्वाचन र उपचुनावमा पनि सँगै जान नीतिगत र व्यवहारिक निर्णय नै भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

नेपाली कांग्रेसले त गठबन्धन आवश्यक छैन भनिरहेको छ नि ? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘कोही कोहीलाई के लाग्छ भने महाधिवेशन आएको छ । कसैलाई गठबन्धन बनाएर गयौं भने भोट धेरै आउँछ भन्ने लाग्या छ । कोहीलाई गठबन्धनको विरोध गर्‍यौं भने भोट धेरै आउँछ भन्ने लागेर भन्या हो । भित्र सबैको एउटै छ, गठबन्धन त चाहिन्छ भनेर । त्यस्तो पनि हुन्छ र भन्या, यो गठबन्धनले गर्दा मज्जाले प्रधानमन्त्री, मन्त्री पाइया छ । सरकार चलाउन पाइया छ । अनि गठबन्धन चाहिन्न भनेर हुन्छ ? कहीँ कतै मिल्ने कुरै होइन नि !’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x