बैशाख २०, २०८१
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले गत असार २९ गते अर्थमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका थिए ।
मुलुककै अर्थतन्त्रको बागडोर सम्हाल्ने जिम्मेवारीमा पुगेका उनले शुरूदेखि नै आफू अर्थतन्त्रका बारे धेरै जानकार नरहेको भन्दै अध्ययन गर्ने र समस्या पत्ता लगाउने अनि दिगो समाधान गर्ने भाषण पिट्न थाले ।
उनले पछिल्लो समय जुनसुकै सार्वजनिक मञ्चमा गरिरहने एउटा भाषण हो, पूँजीगत खर्च बढाएर विकास निर्माणको काम अगाडि बढाउनुपर्छ ।
गत बिहीवार अर्थमन्त्रीले विभिन्न कार्यक्रमहरूमा सहभागी भए । तीमध्ये २ वटा कार्यक्रममा उनको मन्तव्य उस्तै थियो ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले पूँजीगत खर्च बढाएर विकास निर्माणलाई अगाडि बढाउनुपर्ने कुरा मात्र गरेनन्, निजी उद्योगीलाई राष्ट्र हितमा काम गर्न सम्झाए पनि ।
त्यसपछि उनले विकास निर्माणको काममा साधन स्रोतको अभाव नभएको बताउँदै त्यसको व्यवस्थापकीय कला भने अभाव रहेको सुनाए ।
उनको मूल भाषण पूँजीगत खर्च बढाउनेतर्फ नै थियो ।
दिउँसो अर्थमन्त्रालयको त्रैमासिक प्रगति समीक्षामा पनि अर्थमन्त्री शर्माले पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए ।
उनले समीक्षा कार्यक्रममा बोल्दै पूँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताए ।
पूँजीगत खर्च उल्लेख्य रूपमा नबढेकोप्रति असन्तुष्टि समेत उनले जनाएको मन्त्री शर्माको सचिवालय बताउँछ ।
*****
अर्थमन्त्री शर्माको मन्त्रालयमा आएदेखिकै रटान बन्यो पूँजीगत खर्च बढाउने । तर मन्त्री आएको ५ महिना भयो, पूँजीगत खर्च अत्यन्तै निराशाजनक छ ।
आर्थिक वर्ष २०७८/७९ को ४ महिना पूरा भइसक्दा विकास खर्च जम्मा ५.७ प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मंसिर ८ गतेसम्ममा २२ अर्ब १४ करोड ९ लाख रूपैयाँ मात्रै खर्च भएको छ ।
चालू आर्थिक वर्षमा ४ खर्ब ३९ अर्ब ६५ करोड ९ लाख रूपैयाँ पूँजीगत खर्च गर्ने सरकारी लक्ष्य छ । तर ४ महिना बितिसक्दा खर्चको हालत भने निकै लज्जास्पद रहेको महालेखा नियन्त्रकको कार्यालयका एक उच्च कर्मचारीले लोकान्तरसँग भने ।
अघिल्लो वर्ष पनि पूँजीगत खर्च त्यति राम्रोसँग हुन सकेको थिएन । यद्यपि अहिलेको हालतमा पनि थिएन ।
चालू आर्थिक वर्ष २०७७/७८ को मंसिर ८ गतेसम्ममा ८.४८ प्रतिशत पूँजीगत खर्च भएको थियो ।
सो आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखिएकोमा मंसिर ८ गतेसम्ममा ८.४८ प्रतिशत अर्थात २९ अर्ब ९२ करोड ८२ लाख रूपैयाँ मात्रै खर्च भएको थियो ।
पूँजीगत खर्च भाषणले हुने हो ?
अर्थमन्त्री शर्माले पूँजीगत खर्च बढाउने भाषण गरिरहँदा के गर्दा यो बढ्छ भन्ने सोच्न नसकेको अर्थ मन्त्रालयकै एक कर्मचारी बताउँछन् ।
पछिल्ला दिनहरूमा त झनै कर्मचारीमा जबरजस्ती भय सिर्जना गर्ने, आफूले भनेको हुनैपर्ने जस्ता व्यवहारदेखि कर्मचारी वृत्त नै आजित बनेको उनको दाबी छ ।
‘सिधा भन्न पनि नसकिने अवस्था छ सर, सम्भवतः नेपालको इतिहासमा सबैभन्दा बढी भाषण गर्ने अर्थमन्त्री उहाँ (जनार्दन शर्मा) नै हुनुहुन्छ,’ अर्थ मन्त्रालयका उच्च तहका एक कर्मचारीले लोकान्तरसँग भने, ‘भाषण मात्र गरेर पूँजीगत खर्च बढ्दैन । खर्च गराउने ठाउँमा काम गर्ने व्यक्तिभन्दा पनि आफ्नै मान्छे लैजाने उनको सोच हुन्छ । हेर्नुस् न, पछिल्लो समय भइरहेका काम पनि रोकिएका छन्, अनि कहाँ पूँजीगत खर्च हुन्छ,’ ती कर्मचारीले बताए ।
पूँजीगत खर्च बढाउन नसक्दा बैकिङ क्षेत्रमा तरलता अभाव रहेको छ भने विकासका कामहरू ठप्प छन् ।
यसरी खर्च नै ठप्प हुँदा समेत अर्थमन्त्री शर्माले भाषण तथा सीमित चर्चा मात्रै चाहेको अर्थ स्रोत बताउँछ ।
पूँजीगत खर्च बढाउन के गर्ने ?
पूर्व अर्थसचिव रामेश्वर खनालले पूँजीगत खर्च बढाउनका निम्ति अर्थमन्त्रालयले कामलाई नै मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।
राजनीतिक अस्थिरताको निहुँमा पछिल्लो समय आयोजनाका कामहरू अगाडि नबढेको भन्दै उनले पूँजीगत खर्च गर्नमा बाधक अर्थमन्त्रालय आफैं भएको दाबी गरे ।
उनले भने, ‘आयोजनाहरू जहाँजहाँ काममा ढिलाइ भइरहेको छ, त्यहाँ काम कसरी हुन्छ छिटो गर्नुपर्छ, यसमा अर्थमन्त्रीले विशेष ध्यान र चासो दिनुपर्ने देखियो ।’
अर्थमन्त्रालय भन्छ– पुसबाट खर्च बढ्छ कि !
अर्थमन्त्रालयले भने अहिले चाडपर्वको समय भएका कारण पूँजीगत खर्च नभएको बताएको छ ।
अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले लोकान्तरसँग भने, ‘चाडपर्वको समयले पनि पूँजीगत खर्च हुन सकेन । फेरि यसपटक राजनीतिक कारण समय केही लम्बिएको हो ।’
उनले पुसदेखि पूँजीगत खर्च बढ्ने अपेक्षा गरिएको समेत सुनाए ।
‘पुसबाट विकासका कामहरूले तीव्रता पाउने देखिन्छ, त्यसपछि खर्च बढ्छ,’ उनले भने ।
प्रवक्ता शाक्यले अहिले पूँजीगत खर्च हुन नसक्दा तरलता अभाव भइरहेको तथा विकासका काम पनि अगाडि बढ्न नसकेकोमा अर्थ मन्त्रालय जानकार रहेको सुनाए ।
उनले पुसबाट भने खर्च बढ्ने र तरलता प्रवाह हुनेमा विश्वस्त हुन आग्रह गरे ।
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...