साउन ६, २०७८
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
कैलालीका युवा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरीले हालसम्म ३० जना बढीसँग घटना विवरण लिएको छ भने १ दर्जन बढीसँग बयान लिएको छ ।
कात्तिक २३ गते भएको हत्या घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले हालसम्म २० जना बढी व्यक्तिसँग बयान लिएको छ तर हालसम्म प्रहरी अनुसन्धान चुरोमा भने पुग्न बाँकी नै छ ।
कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले भने, ‘अनुसन्धान जारी छ । हालसम्म ३० जना बढीसँग घटना विवरण लिइसकेका छौं भने अभियुक्तहरूसँग बयान लिएका छौं । हामी अनुसन्धानको अन्तिम चरणमा छौं । १/२ दिनमा घटनालाई सार्वजनिक गर्ने तयारीमा छौं ।’
‘कल डिटेल’ र घटना प्रकृतिको आधारमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ ।
लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय बडुवालको गत कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलनजिकै हत्या भएको थियो ।
प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरेको छ । मृतकका आफन्तले शुरूमा १६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । हाल २० जनाविरुद्ध जाहेरी परेको छ । प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरेको छ भने बाँकी फरार छन् ।
‘घटनाको फिगर आइसक्यो’
केही दिनअघि प्रहरीले थप २ जनालाई पक्राउ गरेको थियो । आरोपीलाई भाग्न सघाएको आरोपमा सविनजंग शाह र लोकेन्द्र कुँवर पक्राउ परेका थिए । उनीहरूलाई बौनियाँ र बर्दियाबाट पक्राउ गरिेएको हो ।
उनीहरूलाई पनि सहयोग गरेको तथा कल डिटेलको आधारमा धनगढीका विश्वास शाह, बनबेहडाका बहादुर शाह लगायतलाई पनि सोधपुछको क्रममा प्रहरीले पक्राउ गरेको थियो । कागज गरी तिनीहरूलाई छाडिएको छ । विश्वास शाह नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य हुन् ।
प्रहरीले घटना घटाएको केही दिनमै जिल्लाको टीकापुरका आर्यन देवकोटा, महेश रावल, कपिल श्रेष्ठ, रोहित आले, सोहन शाह, निशान मल्ल, मदन शाही, धिरज शाही, विकास खड्का, प्रवीण रिमाललाई पक्राउ गरेको थियो ।
मुख्य योजनाकार भनिएका लम्कीचुहा नगरपालिका–३ चिसापानीका नवीन रावल, रोशन शाही, हेमन्त शाही, अनुज शाही, हिमाल शाही अझै फरार छन् । उनीहरू भारत भागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
तिनीहरूलाई भगाएको अभियोगमा सविनजंग शाह र लोकेन्द्र कुँवरलाई पक्राउ गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।
प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘घटनाको कारण खुलिसकेको छ । घटनाको फिगर नै आइसकेको छ । घटनाका मुख्य संलग्नहरू पनि समातिएका छन् तर योजनाकार भनिएका नवीन रावल लगायतलाई भारत भगाइएको छ । हामी भारतीय प्रहरीसँगको सहकार्यमा अनुसन्धानमा छौं । पकिस्तानमा लुकेका अपराधीलाई त हामीले पक्रेका छौं, यी त भारतमा लुकेका छन् । छाड्ने कुरै छैन ।’
ती प्रहरी अधिकारीका अनुसार नवीन रावल लगायतलाई कात्तिक २५ गते राति सविनजंग शाह र लोकेन्द्र कुँवरले गाडीको व्यवस्था गरी कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित चुरेफेदी क्षेत्रबाट धनगढीको स्याउले जुगेडा हुँदै भारत भगाइएको छ ।
कैलालीको लम्की, टीकापुर क्षेत्रमा २ आपराधिक समूह सक्रिय रहेको प्रहरीले जनाएको छ । ती समूहमा डेढ सय बढी युवाहरू रहेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बडुवाल हत्याकाण्डको भित्री पाटो– सेनाका मेजर शाही 'काण्ड’ मिलापत्रमा टुंग्याउँदाको परिणाम !
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...