×

NMB BANK
NIC ASIA

भोलि पुनर्निर्माण प्राधिकरणको अन्तिम दिन, भूकम्पले गरायो झण्डै ४ खर्ब खर्च

पुस ८, २०७८

NTC
पुनर्निर्माणपछि धरहरा
Premier Steels

२०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्काएको संरचना पुनर्निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विधिवत रूपमा विघटन हुने भएको छ ।

Muktinath Bank

२०७२ पुस १० गते स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अन्तिम कार्यदिन भोलि शुक्रवार हो । त्यसपछि प्राधिकरणको अस्तित्व बाँकी रहँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख १२ गतेको भूकम्प र त्यसका परकम्पले २१ जिल्लामा ८ हजार ९७० जनाको निधन भएको थियो भने २२ हजार ३०० जना घाइते भएका थिए ।  


Advertisment
Nabil box
Kumari

भूकम्प र परकम्पका कारण ८ लाखभन्दा बढी निजी आवास, ७ हजार ७५३ शिक्षण संस्था, १ हजार १९७ स्वास्थ्य संस्था तथा ९२० वटा सांस्कृतिक सम्पदा र सरकारी भवनमा प्रयोग गर्न नमिल्ने गरी क्षति भयो । 

Vianet communication

भूकम्पका कारण ७ खर्ब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको भएको सरकारी तथ्यांक थियो । 

पुनर्निर्माण प्राधिकरणले काम शुरू गरेको ६ वर्षमा ७ लाखभन्दा बढी बलिया र भूकम्प प्रतिरोधी निजी आवास निर्माण भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ ।

यस्तो छ पुनर्निर्माणको तथ्यांक

पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि ८ लाख २९ हजार ६६७ वटा अनुदान सम्झौता गरेको थियो । त्यसमध्ये ७ लाख ३ हजार ३०७ लाई तेस्रो किस्ता वितरण भइसकेको प्राधिकरणले बताएको छ । यो कूल सम्झौताको ८४.८ प्रतिशत हो । 

त्यसैगरी, ७ लाख ५० हजार ४५९ जनालाई दोस्रो किस्ता वितरण गरेको छ । यो कूल सम्झौताको ९०.५ प्रतिशत हो । 

पहिलो किस्ता ९९.९ प्रतिशतलाई अर्थात् कूल सम्झौतामध्ये ८ लाख २८ हजार ७६३ जनालाई वितरण गरिएको प्राधिकरणले बताएको छ । 

अनुदान सम्झौता गरेकामध्ये ६ लाख १५ हजार ४९३ वटा अर्थात् ७४.१ प्रतिशत निजी आवास पुनर्निर्माण भएको प्राधिकरणको तथ्यांक छ । 

अझै १ लाख ४३ हजार ३०० वटा अर्थात् क्षति भएकामध्ये १७.३ प्रतिशत निजी आवास निर्माणाधीन अवस्थामा छन् । 

पुनर्निर्माण प्राधिकरणले ७ हजार ५५३ वटा शैक्षिक संस्था निर्माण गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ८८ प्रतिशत अर्थात् ६ हजार ६६७ वटा शैक्षिक संस्था पुनर्निर्माण सम्पन्न भएका छन् । अझै ९०६ वटा अर्थात् १२ प्रतिशत शैक्षिक संस्था पुनर्निर्माण भइरहेका छन् । 

१ हजार १९७ स्वास्थ्य संस्था पुनर्निर्माणको लक्ष्य राखिएकोमा हालसम्म ६२.७ प्रतिशत अर्थात् ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण सम्पन्न भएका छन् भने ३५४ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइरहेका छन् । 

प्राधिकरणले ९२० वटा सांस्कृतिक सम्पदा पुनर्निर्माणको लक्ष्य राखेकोमा ६०६ सांस्कृतिक सम्पदा पुनर्निर्माण भएका छन् । अझै ३१४ सांस्कृतिक सम्पदा पुनर्निर्माण हुने क्रममा छन् ।

यस अवधिमा ४१५ वटा सरकारी भवन पुनर्निर्माण गर्ने लक्ष्य राखेकोमा ३८८ वटा सम्पन्न भएका छन् भने २० वटा भवन पुनर्निर्माण हुँदैछन् । 

सुरक्षा निकायका भवन शतप्रतिशत निर्माण सम्पन्न भएका छन् । प्राधिकरणले सुरक्षा निकायका २१६ वटा भवन पुनर्निर्माण गरेको छ ।

पुनर्निर्माणमा करीब ४ खर्बको लागत

गोरखा भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणको लागि सरकारी र दातृ निकायको सहयोग समेत गरेर ३ खर्ब ८१ अर्ब ८३ करोड १८ लाख ४३ हजार ८८ रूपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ । यो आर्थिक वर्ष २०७७/७८ सम्मको तथ्यांक हो ।

सबै पुनर्निर्माण सम्पन्न हुँदा यो तथ्यांक बढ्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

कूल खर्चमध्ये २ खर्ब ३९ अर्ब ५४ करोड ९४ लाख ७० हजार २७६ रूपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट व्यहोरेको छ । त्यसबाहेक १ खर्ब ४२ अर्ब २८ करोड २० लाख १६ हजार १०२ रूपैयाँ विभिन्न द्धिपक्षीय र बहुपक्षीय दातृ निकायबाट सहयोग प्राप्त भएको प्राधिकरणले बताएको छ ।

दातृ निकायबाट प्राप्त भएको सहयोगमध्ये विश्व बैंक अन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एशोसिएशन (आईडीए) ले सबैभन्दा धेरै रकम सहयोग गरेको छ । आईडीएले मात्रै ५६ अर्ब ७४ करोड ३४ लाख ९९ हजार ७१० रूपैयाँ सहयोग गरेको पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ ।

भूकम्पले भत्काएको संरचना पुनर्निर्माणको लागि विभिन्न १७ वटा द्धिपक्षीय र बहुपक्षीय दातृ निकायबाट सहयोग प्राप्त भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । 

सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को लागि ३ करोड ७४ लाख २ हजार रूपैयाँ बजेट छुट्याएको थियो । त्यसमध्ये मंसिर अन्तिमसम्ममा जम्मा ९.५२ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।  

कुन आर्थिक वर्षमा कति खर्च ?

२०७२/७३ – २२ अर्ब ४७ करोड ५६ लाख ७१ हजार २७
२०७३/७४ – ४९ अर्ब ६९ करोड १७ लाख ३० हजार ७९३
२०७४/७५ – १ खर्ब १४ अर्ब ७६ करोड ५९ लाख २२ हजार ९८४
२०७५/७६ – ८९ अर्ब ४३ करोड ७६ लाख ४ हजार २०१
२०७६/७७ – ५२ अर्ब ४९ करोड ३३ लाख ५८ हजार ९०८
२०७७/७८ – ५२ अर्ब ९६ करोड ७१ लाख ९८ हजार ४६५
२०७८/७९ मंसिरसम्म – ३५ लाख ६० हजार ७१०

कूल खर्च – ३ खर्ब ८१ अर्ब ८३ करोड १८ लाख ४३ हजार ८८

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x