×

NMB BANK
NIC ASIA

प्रतिष्ठित व्यावसायिक घरानाका युवा 'लीडर'

बुवाको त्यो प्रस्ताव अनि अक्षय गोल्यानको व्यावसायिक उडान

पुस २२, २०७८

NTC
Premier Steels

५१ औं वर्षमा कुदिरहेको नेपालकै प्रतिष्ठित एवं स्थापित औद्योगिक घराना 'गोल्यान समूह'को नेतृत्व तेस्रो पुस्ताको काँधमा पुगेको छ ।

Muktinath Bank

सोहनलाल गोल्यानले सन् १९७० मा कपडा उद्योग स्थापना गरी शुरू गरेको गोल्यान समूहलाई दोस्रो पुस्तामा उनका छोरा पवन गोल्यानले अगाडि बढाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बाबुको लिगेसी’लाई अझ मजवूत बनाउँदै अगाडि बढेका पवनले अहिले आएर छोरा अक्षयलाई पनि सँगसँगै डोहोर्‍याएका छन् ।


Advertisment
Nabil box
Kumari

अक्षयले गोल्यान समूहमार्फत व्यावसायिक यात्रा अगाडि बढाएको ५ वर्ष भयो । पवनले अक्षयलाई ‘लिगेसी’ मात्र सुम्पेनन्, व्यावसायिक पुस्तान्तरण पनि गरे । 

Vianet communication

समयमै छोरालाई व्यवसायमा अब्बल बनाउने उनको योजना सफल हुँदै गएको छ ।

‘ठीक समयमा ठीक निर्णय’ लिएर छोरालाई व्यवसायमा फर्काएका पवनले आजकल भन्ने गरेका छन्, ‘म त रिटायर्ड लाइफमा छु । अब जे गर्छन्, छोराछोरीले गर्छन् ।’

‘हजुरबुवादेखिको लिगेसी’लाई निरन्तरता दिने र व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी अहिले अक्षयको काँधमा छ ।

गोल्यान समूहको प्रगतिमा नयाँ इँटा थप्ने क्रममा अक्षयले काठमाडौं उपत्यकामै ५ तारे होटल सञ्चालनमा ल्याइसकेका छन् भने अन्य नयाँ-नयाँ परियोजना थप्दै अगाडि बढेका छन् ।

***

अक्षय पवनका कान्छा छोरा हुन् ।

पाँच दशक लामो विरासत बोकेको गोल्यान समूहलाई थप अगाडि बढाउने जिम्मेवारी अहिले उनकै काँधमा छ ।

शुरूमा त अक्षय व्यावसायिक जीवनमा प्रवेश गर्ने कुनै योजनामा थिएनन् ।

बाल्यकालमा अरू साथीले डाक्टर, पाइलट, इञ्जिनियर बन्ने सपना सुनाउँदै गर्दा उनी अन्योलमा पर्थे ।

हुर्कँदै गए । औपचारिक अध्ययन पनि सँगसँगै अगाडि बढ्यो । तर उनमा व्यावसायिक लक्ष्य चुम्ने हुटहुटी थिएन । बरु सामाजिक सेवामा रुचि थियो ।

‘सामाजिक सेवामा लागेँ भने खुशी हुन्थें, शायद चाहना त्यस्तै केही थियो,’ अक्षयले सम्झिए ।

पाइलट बन्ने सपना

अक्षयले शुरूमा ‘एस्ट्रोनट’ बन्ने सपना देखेका थिए । तर ठूलो हुँदै जाँदा त्यो सपनालाई त्यागिदिए ।

त्यसपछि उनी पाइलट बन्ने धुनमा लागे । दुई महिना ट्रेनिङ पनि गरे, तर त्यसमा मन रमाएन ।

‘दुई महिनामै मैले त्यो ट्रेनिङ छाडिदिएँ,’ उनी भन्छन्, ‘त्यसमा थप इन्ट्रेस्ट नै लागेन ।’

त्यतिबेला उनी स्पेनमा थिए । त्यहीँ बसेर केही काम गर्ने सोच बनाए ।

एमबीए सकाएर होटल क्षेत्रमा केही गर्ने सोच बनाउँदै थिए, अक्षय । 

यति मात्र नभई उनले सूचना प्रविधि क्षेत्रमा लगानी गरेर मुलुकको प्रविधिमा थप टेवा पुर्‍याउने सोच बनाए । लगानी पनि गरे, तर सोचेजस्तो सफलता मिलेन ।

अध्ययनपछि नेपाल फर्किएर के गर्ने खास योजना बनाएका थिएनन् । जीवन विन्दास ढंगले चलिरहेको थियो ।

‘विन्दास मूड थियो । शुरूमा त चलचित्र हेर्ने, बस्ने गरें,’ उनले भने ।

त्यसैताका बुवाको ३ वटा कम्पनीमा मार्केटिङ हेर्ने जिम्मेवारी उनको काँधमा आयो ।

‘त्यो २०११ को कुरा थियो । विनाउद्देश्य, विनारहर नै मैले ३ कम्पनीको मार्केटिङ सम्हालें,’ अक्षयले सम्झिए । 

आफ्नो रहरभन्दा पारिवारिक दायित्वबोधका कारण उनले त्यो जिम्मेवारी सम्हालेका थिए ।

अब के गर्ने ? उनीसँग ‘ब्याकअप प्लान’ थिएन ।

के गरौँ, कसो गरौँ भन्ने भएपछि उनले युएईमा हस्पिटालिटी क्षेत्रमा लगानी गरे । 

तीन वर्ष बित्यो । तीन वर्ष उनले सामान्य तरिकाले नै बिताए । अक्षय सम्झन्छन्, ‘त्यसमा उल्लेख्य प्रगति भएन ।’

त्यसबीचमा बुवाको एउटा प्रस्तावले उनलाई नयाँ गोरेटोमा डोहोर्‍यायो ।

बुवाको त्यो प्रस्ताव अनि व्यावसायिक उडान

पवनले सन् २०१७ मा एकदिन अक्षयसँग बसेर विशेष कुराकानी गरे । 

त्यही बेला हो, पवनले व्यवसायलाई अगाडि बढाउन पहिलोपटक आफ्नो छोराको साथ खोजेको ।

‘बुवाले धेरै मेहनत गर्नुभयो । तर त्यो समय केही ‘ब्यालेन्स’ भइरहेको थिएन,’ उनी सम्झन्छन्, ‘एकातिर बुवाको तनाव, अनि अर्कोतिर विन्दास म ।’

गोल्यान समूहको विरासतलाई अगाडि बढाउने बुवाको प्रस्तावलाई उनले सहर्ष स्वीकारे ।

अक्षय भन्छन्, ‘बुवाले मलाई यहाँसम्म ल्याउनुभयो । अब मैले बुवालाई साथ दिनुपर्छ भन्ने महशुस गरें । थप केही सोचिनँ ।’

त्यतिखेर पवनले उनलाई भनेका थिए, ‘अरू  उद्योगहरू अगाडि बढिरहेको समयमा हामी पछि पर्न थाल्यौँ । अब यसलाई अगाडि बढाउन तिम्रो साथ चाहियो ।’ 

बुवाको कुराले भावुक बनेका अक्षयले त्यतिखेरै ‘हुन्छ’ भनिदिए ।​

जीवनकाे टर्निङ पोइन्ट

अक्षयको प्रवेशले गोल्यान समूहमा नयाँ ऊर्जा थपियो । नयाँ नेमप्लेट तयार भयो– अक्षय गोल्यान, निर्देशक, गोल्यान समूह ।

शुरूमै व्यवसाय सम्हाल्ने योजना नबनाए पनि उनमा आत्मविश्वास भने भरपूर थियो ।

‘शुरूमा कुनै योजना नभएपनि हात हालेपछि सफल बनाउन सक्छु भन्ने आत्मविश्वासचाहिँ थियो,’ व्यावसायिक यात्राको शुरूआती क्षण सम्झिँदै अक्षयले भने ।

त्यसपछि उनले समूहकै रिलायन्स स्पिनिङ मिल्सबाट आफ्नो व्यावसायिक यात्राको थालनी गरे । रिलायन्समा जोडिएसँगै उनले त्यहाँ धेरै कुरा सिक्न पाए । 

‘उत्पादन उद्योगमा काम गर्‍यो भने त्यसको व्यवस्थापनको सबै पक्ष जानकारी हुने रहेछ,’ उनी भन्छन्, ‘उत्पादन, व्यवस्थापन, ब्रान्डिङमा जे जति काम गर्नुपर्छ, मैले त्यहीँ सिक्न पाएँ ।’

औपचारिक रूपमा व्यावसायिक यात्रा शुरू गरेका उनले एक वर्षमै थप जिम्मेवारी पाए । उनले हाइड्रो सेक्टरलाई पनि अगाडि बढाउन थाले । 

उनी भन्छन्, ‘२०१७ को त्यो निर्णय नै मेरा लागि टर्निङ पोइन्ट बन्यो । मैले यसमै इन्जोय गर्न थालें ।’

२०१७ देखि २०१९ सम्म उनले समूहमा के–के समस्या छन्, अब कसरी अगाडि बढाउने भन्ने विषयमा विस्तृत अध्ययन गरे ।

त्यसपछि उनले समूहलाई नयाँ तरिकाले लैजाने निर्णय गरे । ‘२०२० र २०२१ हाम्रो  रिस्टक्चरिङको पिरियड रह्यो,’ उनले भने ।

रिलायन्स स्पिनिङ मिल्समा काम गरेको अनुभवपछि नै हो उनी निर्देशक बनेको ।

त्यसपछि उनले २०२० र २०२१ मा नयाँ टीम बनाए । नयाँ परियोजना शुरू गरे– जलविद्युतमा ।  

अहिले गोल्यान समूह सम्मिलित परियोजनामा करीब ९ सय मेगावाट विद्युत् उत्पादनका लागि इजाजत प्राप्त भइसकेको छ ।

जसमध्ये हाइड्रो र सोलार गरी करीब २ सय ५० मेगावाटका परियोजना निर्माणाधीन छ । 

यस्तै कृषि क्षेत्रमा ‘माटो ब्राण्ड’ पनि उनले यही समयमा सार्वजनिक गरे ।

यसपछि करीब ४–५ वर्ष रोकिएको होटल पनि २०२१ बाटै सञ्चालनमा ल्याउन अक्षय सफल भइसकेका छन् । 

‘निकै मेहनत गरियो, २०१९ देखि २०२१ सम्ममा । होटल पनि यसबीचको एउटा महत्त्वपूर्ण सफलता हो ।’

व्यवसायमा रमाउँदै अक्षय

अक्षयले आफ्ना कुरा केलाउँदै गर्दा घरीघरी भावुक देखिन्थे ।

केहीबेर गम खाएर उनले भने– ‘अब व्यवसायका हरेक कुरामा रमाउन थालेको छु । उत्साहित पनि छु ।’

सबैको साथ लिएर व्यवसायलाई अगाडि बढाउने उनको योजना छ ।

‘एक्लै अघि बढ्न सकिँदैन । हाम्रा शेयर होल्डर, कर्मचारी सबैलाई हामीले विश्वास गर्न सक्नुपर्छ । उनीहरूबाट समाजमा केही परिवर्तन हुनुपर्छ भन्ने लाग्छ । त्यसैले हामीले केही सेक्टरमा मात्रै फोकस गर्दैछौं,’ अक्षयले भने ।

मानिसका लागि अत्यावश्यकदेखि राज्यलाई सहयोग पुग्ने खालका सम्म विभिन्न ४ क्षेत्रमा अक्षय अहिले केन्द्रित छन् । यी परियोजनाहरूलाई सफल पार्नका लागि उनी रातदिन नभनी लागिपरेका छन् । 

अक्षय कृषि क्षेत्रलाई सबैभन्दा गाह्रो तर अत्यावश्यक परियोजनाका रूपमा लिन्छन् । जो कसैलाई पनि पहिलो आवश्यकता खाना नै हो । त्यसकारण अहिले कृषि क्षेत्रमा आफूले बढी ध्यान केन्द्रित गरेको उनले सुनाए । 

उनका लागि दोस्रो महत्त्वपूर्ण क्षेत्र उत्पादन हो । निर्यात प्रवद्र्धनका लागि अत्यावश्यक क्षेत्र उत्पादन भएको उनी सुनाउँछन् । अहिले सोही क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छन्, उनी ।

अक्षयले नेपालमा भुक्तानी सन्तुलनका लागि जलविद्युत् र सोलारका परियोजनालाई थप गर्ने योजना पनि बनाएका छन् । ‘मुलुकको समृद्धि र विकासका लागि ऊर्जा अपरिहार्य छ । हामीले इनर्जी निर्यात गर्ने गरी नै काम गर्नुपर्नेछ,’ उनले सुनाए ।

होटल र हाइड्रोमा पनि ध्यान

मुलुकको विकासका लागि उनले देखेको अर्को महत्त्वपूर्ण क्षेत्र पर्यटन हो ।

पर्यटन तथा होटल व्यवसायलाई पनि सँगैसँगै लैजानका लागि उनले योजना बनाइरहेका छन् । काठमाडौं उपत्यकाभन्दा बाहिर पनि पर्यटकीय क्षेत्रमा नयाँ होटल ल्याउने योजनामा उनी छन् ।

अहिले उनी यसलाई मूर्त रूप दिन लागिपरेका छन् । ठूलै परियोजनाका रूपमा यसलाई अगाडि बढाउने उनको तयारी छ ।

यस्तै उनी कपासको उत्पादन पनि २०२२ बाटै थाल्ने तयारीमा छन् । आगामी असोज महिनासम्ममा कपासको उत्पादन थाल्ने उनले सुनाए ।

अहिले गोल्यान समूहले ५ हजारभन्दा बढी जनशक्तिलाई रोजगारी दिइरहेको छ । सन् २०२३ सम्ममा १० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी दिनेगरी काम गरिरहेको उनले सुनाए ।

६० वर्षभन्दा बढीको इतिहास बोकेको यस समूहले मुलुकको १६ क्षेत्रमा लगानी गरेको छ भने २० मुलुकमा निर्यात गरिरहेको छ ।

गोल्यान समूह खासगरी निर्यातजन्य उद्योगमा केन्द्रित छ । पछिल्लो समय रियल स्टेट र सेवा क्षेत्रमा पनि उसले लगानी बढाइरहेको छ । 

होटलतर्फ हायात प्यालेस लगानी छ भने ललितपुरको बालकुमारीमा हाउजिङ पनि छ ।  

त्यस्तै, माथिल्लो बलेफी जलविद्युत आयोजना, बलेफी हाइड्रोपावर आयोजना, भोटेकोसी हाइड्रोपावर आयोजना, केएनबीआर इस्वा हाइड्रोपावर लगायतमा पनि गोल्यान समूहले लगानी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x