चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
फागुन १२, २०७८
तपाईं बजारमा केही सामान किन्दै हुनुहुन्छ ? त्यसो हो भने सावधान हुनुहोस्, नक्कली सामानमा पर्नुहोला ।
बजारमा विभिन्न ब्रान्डेड कम्पनीका सामानको नक्कली भर्जन छ्याप्छ्याप्ती भेटिन्छ ।
पछिल्लो समय चकलेट, बिस्कुट, मसला, जुस, बीयर लगायतका खाद्य वस्तुहरूको नक्कली रूप बजारमा छ्याप्छ्याप्ती भेटिएको छ ।
‘नक्कली ट्रेडमार्क’ प्रयोग भएका ती सामग्रीहरूमध्ये कतिपयको उत्पादन बन्द हुने प्रक्रियामा रहेको उद्योग विभागले जनाएको छ ।
बजारमा भएका त्यस्ता सामग्रीहरू नेपालमा विना दर्ता नै सञ्चालनमा रहेको र खानका लागि पनि उपयुक्त नहुने गरेको पाइएको विभागले जनाएको छ ।
विभागका उपसचिव दीपक घिमिरेले बजारमा नक्कली ट्रेडमार्कको प्रयोग गरेर सामान बिक्री गरिरहेका केही कम्पनीहरू कारवाहीको प्रक्रियामा रहेको जानकारी दिए ।
उनका अनुसार अहिले करीब २० कम्पनीको उत्पादनमा नक्कली ट्रेडमार्क प्रयोग गरेको पाइएको छ ।
ती कम्पनीहरूमाथि अनुसन्धान गरिरहेको उपसचिव घिमिरेले जानकारी दिए ।
‘अन्य कम्पनीहरूले पनि आफ्नो उत्पादनमा नक्कली उत्पादन प्रयोग गरिरहेका छन्, तर खाद्य वस्तुमा पनि धेरै नै नक्कली ट्रेडमार्क राखिएको पाइएको छ,’ उपसचिव घिमिरेले भने ।
उनका अनुसार, अहिले रोयलस्ट्यागको बोतललाई अरूले नक्कल गरेको (नक्कली ट्रेडमार्क प्रयोग गरेको) पाइएको छ ।
विभागले त्यसमाथि अनुसन्धान गरिरहेको छ ।
यस्तै गोल्डेन ओकको ट्रेडमार्क चोरी गर्दै क्रिस्टल ओक ल्याइएको पाइएको छ ।
विभागमा उजुरी परेपछि त्यसमाथि पनि विभागले अनुसन्धान गरिरहेको उपसचिव घिमिरेले जानकारी दिए ।
बजारमा केएफसी होटलको ट्रेडमार्क चोरी गर्दै केकेएफसी होटल सञ्चालन भइरहेको पाइएको विभागले जनाएको छ ।
उजुरी परेपछि यसमा पनि विभागले अनुसन्धान गरिरहेको उपसचिव घिमिरे बताउँछन् ।
हालै विभागले एक चक्लेटको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
रसिलो क्यान्डी चकलेटको ट्रेडमार्क चोरी गर्दै चटपटे रसिलो क्यान्डी चकलेट उत्पादन तथा बिक्री गर्ने कम्पनीलाई विभागले कारवाहीको तयारी गरेको हो ।
‘यसले रसिलो क्यान्डी भन्ने चकलेटको ट्रेडमार्कको नक्कल गर्दै चटपटे रसिलो क्यान्डी उत्पादन तथा बिक्री गरेको पाइयो, दुई तीनदिन भित्रमै त्यसको उत्पादनमा प्रतिबन्ध लगाउने छौं,’ उपसचिव घिमिरेले भने ।
उजुरीको चाङ, फर्छ्यौट न्यून !
नक्कली ट्रेडमार्क तथा ट्रेडमार्क चोरीविरुद्ध उद्योग विभागमा उजुरीको चाङ लाग्ने गरेको छ ।
तर विभिन्न कारणले ती उजुरीमाथिको अनुसन्धान तथा फर्छ्यौट भने निकै न्यून हुने गरेको देखिएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको शुरूदेखि हालसम्म करीब ९ सय उजुरी नक्कली ट्रेडमार्कविरुद्ध परेका छन् ।
हालसम्ममा यी उजुरीमध्ये करीब ६० मुद्दा मात्र फर्छ्यौट भएको विभागको तथ्यांक छ ।
यसबाहेक, आर्थिक वर्ष २०७७/०७८ मा नक्कली ट्रेडमार्क विरुद्ध ६६२ उजुरी परेकोमा ६७ वटा मात्रै मुद्दा फर्छ्यौट भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा ८१३ वटा उजुरी परेका थिए । तर २ सय ७७ उजुरीको मात्रै सुनुवाइ भएको विभागले जनाएको छ ।
विभागमा नक्कली ट्रेडमार्कविरुद्ध उजुरीको चाङ लागेपनि विभिन्न कारणले फर्छ्यौट भने न्यून हुने गरेको उपसचिव घिमिरे बताउँछन् ।
घिमिरेले पछिल्लो २ वर्षमा कोरोना महामारीका कारण पनि उजुरी फर्छ्यौट कम भएको बताए ।
‘महामारीका कारण घरबाटै काम गर्नुपर्ने अवस्था आयो भने कतिपय कर्मचारीहरू पनि संक्रमित हुन पुगे । जसका कारण उजुरीउपर छानबिन तथा फर्छ्यौट गर्ने काम प्रभावित बन्यो ।’
पुरानो कानूनले बढ्यो समस्या
बौद्धिक चोरी बढ्दै जाँदा यसलाई नियमन गर्ने कानून बलियो नभएको सरोकारवालाहरूले बताउँदै आएको छ ।
अहिले उद्योग विभागले पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ अन्तर्गत कामकारवाही गर्दै आएको छ ।
सो ऐनले तत्कालीन अवस्थामा काम गरेको भएपनि अहिलेको सन्दर्भमा निकै फेरबदल भएको नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति संयोजक भरतराज आचार्यले बताए ।
ऐनमा ट्रेडमार्क चोरी गरेमा कसुरको हिसाबले एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।
अन्य व्यवस्थाका साथै जरिवाना पनि निकै न्यून भएकाले अहिले ऐन नै नयाँ ल्याउनुपर्ने अवस्थामा रहेको संयोजक आचार्य बनाउँछन् ।
उनले भने, ‘५६ वर्ष पुरानो ऐन छ, अहिले बिजनेस मोडल तथा प्रविधि नै आइरहेको अवस्थामा छ । यसलाई एडप्ट गर्नका लागि पनि हामीलाई चुनौती छ । जसकारण बौद्धिक चोरी बढिरहेको हो ।’
निजी क्षेत्र वा व्यवसायीमा पनि ट्रेडमार्क, पेटेन्ट वा डिजाइनको महत्त्वबारे जागरण दिन नसक्दा समस्या आएको उनको भनाइ छ ।
यता विभागले पनि ऐन पुरानो हुँदा केही समस्या आएको बताएको छ ।
विभागका उपसचिव घिमिरेले अहिले मन्त्रालयमा कानूनको मस्यौदा पठाइएको र त्यो कानून पास भएर कार्यान्वयनमा आएपछि समस्या केही समाधान हुन सक्ने बताए ।
‘बौद्धिक चोरीविरुद्ध कानून अलि कडा रूपमा प्रस्तुत हुनुपर्छ । नयाँ कानून आएपनि केही समस्या समाधान हुन्छ,’ उनले भने ।
विभागका महानिर्देशक भन्छन– नयाँ कानून आएपछि केही सहज हुन्छ
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी पछिल्लो समय बौद्धिक चोरी धेरै बढिरहेको बताउँछन् ।
उनले कतिपयले जानाजान नै चोरी गर्ने हुँदा सकेसम्म कम गराउने भनिए पनि नसकिएको उनको भनाइ छ ।
‘बौद्धिक चोरीलाई नियन्त्रण वा कम गर्नका लागि बलियो कानून बनाएर जानुपर्ने सबैको बुझाइ छ,’ उनी भन्छन्, ‘हामीले एक वर्षअघि उद्योग तथा वाणिज्य मन्त्रालयमा कानूनको ड्राफ्ट गरेर समेत पठाएका छौँ ।’
उनले त्यो कानून कार्यान्वयनमा आएपछि यसको समस्या कम हुने समेत बताए ।
यस्तै, उजुरी बढेपनि कारवाही गर्न नसक्नुमा कोरोना महामारी तथा अन्य प्रक्रियागत कुराहरू कारक रहेको सुनाए ।
‘न्यायिक प्रक्रिया हुन्छ । कतिपय उजुरीकर्ताहरूले प्रक्रिया शुरू गर्ने, समयमै नआइदिने वा बेखबर बनिदिने गर्छन्, कहिले उनीहरूका वकिलले सारिदिन्छन् । यस्तै कारणले विगतदेखि नै उजुरीको फर्छ्यौटमा ढिला हुने गरेको देखिन्छ,’ उनले भने ।
अहिले विभागले उजुरीहरूको छिटै फर्छ्यौट गर्नेगरी काम गरिरहेको समेत उनको भनाइ छ ।
कसरी चिन्ने नक्कली कि सक्कली ?
बजारमा जजस्ता सामान आएपनि उपभोक्ताले जानकारीको अभावमा नक्कली ट्रेडमार्क भएको सामान किन्दै आएका छन् ।
यसले कुनै पनि कम्पनीको ख्यातिमा नराम्रो असर त पर्छ नै । यसबाहेक उपभोक्ता आफैं पनि ठगिन सक्ने अवस्था हुन्छ ।
उपभोक्ताले बजारमा सामान किन्दा सहजै नक्कली कम्पनी हो कि सक्कली भनेर चिन्ने एउटै उपाय छ । कुनै पनि सामानको प्याकेटमा कम्पनीको लोगो हुन्छ ।
कम्पनीको लोगोको माथिपट्टि सानो गोलोघेरामा अंग्रेजी ‘आर’ लेखिएको सामान सक्कली हुन्छ ।
सकभर नक्कली ट्रेडमार्क राखिएको सामान नकिने उत्तम हुने विभागले जनाएको छ ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...