×

NMB BANK
NIC ASIA

उदीपको छलाङ : लिगेसीको मायाले ‘फ्यामिली बिजनेस’मा डेब्यु, छोटो समयमै सफल

फागुन १९, २०७८

NTC
Premier Steels

पञ्चकन्या ग्रुप प्रायः सबै नेपालीले सुनेको वा चिनेको नाम हो । 

Muktinath Bank

४८ वर्ष पहिले उद्यमी प्रेमबहादुर श्रेष्ठले शुरू गरेको यो ग्रुप ‘फ्यामिली बिजनेस’मा निकै अब्बल मानिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेमबहादुरले शुरू गरेको यस ग्रुपमा ध्रुवबहादुर श्रेष्ठ, प्रदीपबहादुर श्रेष्ठ, बद्रीबहादुर श्रेष्ठ, उज्ज्वल श्रेष्ठ हुँदै नाति पुस्ताका उदीप श्रेष्ठ पनि संलग्न छन्  ।


Advertisment
Nabil box
Kumari

हजुरबादेखि नातिपुस्तासम्मले हाँकिरहेको यो समूहले विभिन्न क्षेत्रमा सफल व्यावसायिक यात्रा गरिरहेको छ । 

Vianet communication

प्रदीपबहादुर श्रेष्ठका छोरा उदीप ग्रुपका कान्छा कार्यकारी निर्देशक हुन् । 

नयाँ सोचका साथ अन्य औद्योगिक घरानाहरूसँग प्रतिस्पर्धा गर्ने जिम्मेवारी अहिले उदीपकै काँधमा छ । 

००००

उदीपको बाल्यकाल भारतमा बित्यो । 

भारतमै हुर्किएका उनले कक्षा १२ सम्म उतै अध्ययन गरे । 

वर्षमा ३ महिना (बिदाका समयमा) मात्रै उनी नेपाल आउँथे । 

स्कूलको अध्ययन सकाएपछि उनी पहिलोपटक लगातार एक वर्षसम्म नेपालमा बसे ।

व्यावसायिक घरानामा जन्मिएका उदीपले सानैदेखि व्यावसायका कुरा सुन्थे । 

रगतमा नै व्यवसाय भएका उदीप अहिले व्यवसायमा जमेका छन् । 

उनी भन्छन्, ‘परिवारमा व्यावसायिक छलफल हुने गथ्र्यो । शायद त्यही भएर होला यो क्षेत्रमा रुचि जागेको ।’

भारतमा कक्षा १२ सम्म अध्ययन गरेका उदीपले सिंगापुरबाट ब्याच्लर र मास्टर्स सकाए । 

ब्याच्लर सकाएपछि पनि केही समय उनी नेपालमै बसेका थिए । यो २०६५ तिरको कुरा हो । उदीपको व्यावसायिक यात्रा त्यहीँबाट शुरू भयो ।

व्यवस्थापन संकायमै स्नातक गरेका उनले सिंगापुरमा छँदा नै अब के गर्ने भन्ने सोचिरहेका थिए । तर त्यतिखेर सिंगापुरमा आर्थिक मन्दीले हाहाकार मच्चिएको थियो । 

उदीपलाई त्यो समय त्यहाँ बसिरहन उचित लागेन, र नेपाल फर्किए । 

‘कहिलेकाहीँ उतै सेटल हुँ जस्तो लाग्थ्यो, तर मनले मानेन,’ उनले भने ।

उदीपलाई पञ्चकन्या ग्रुपको विरासत अगाडि बढाउने दायित्वबोध हुँदै गएको थियो । 

‘कम्पनी र परिवारले हामीमाथि लगानी गरेको छ, त्यसकारण पनि हामीले परिवारलाई र कम्पनीलाई माथि लैजान केही योगदान गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि मैले यसमै लाग्ने निर्णय लिएँ,’ उनले भने ।

त्यसपछि उदीपले सामान्य तालिमहरू लिन थाले । 

आफ्नो व्यावसायिक ग्रुपको माहोल, बजार तथा अन्य क्षेत्र सबैको अध्ययन गरे । 

‘मलाई एकदमै फ्री छाडिएको थियो । यो डिभिजन हेर्नू, त्यो काम गर्नू भन्ने केही भएन । यी सब मेरा लागि एकदमै नयाँ कुरा थियो,’ उनले सम्झिए, ‘त्यसपछि मैले ट्रेनिङ लिएँ । नयाँ कम्पनी सेटअप गरें र यात्रा शुरू गरें ।’

सीफएलबाट शुरू भएको यात्रा 

२०६५/६६ तिर मुलुकमा निकै ‘लोडशेडिङ’ हुन्थ्यो । 

लोडशेडिङ अरूलाई समस्या बनेका बेला उदीपका लागि भने अवसर बनिदियो । 

उनले सीएफएल बत्तीको बिक्री शुरूआत गरे । 

उज्यालो बढी दिने तर ऊर्जा खपत कम गर्ने सीएफएल निकै लोकप्रिय बन्यो ।

‘ठीक समयमा ठीक निर्णय’ लिएका उनी डेब्यु बिजनेसमै सफल बने ।

समय बित्दै गयो । उनले नयाँ–नयाँ सोच अगाडि ल्याए ।

ट्रेडिङ बिजनेसमा उनले पाइला चाले । अहिले पञ्चकन्यामा ट्रेडिङ डिभिजन नै छ । 

यसमा पनि उनले केही नयाँ योगदान दिए । 

त्यसपछि उनले मोटरसाइकलको पनि बिक्री शुरू गरे । 

मोटरसाइकलमा डुकाटी प्रसिद्ध थियो ।  

डुकाटी तथा बेनेलीको मोटरसाइकलको बिक्री अहिले पनि जारी छ । 

उनले ब्याच्लर सकेर ग्रुपमा काम गर्दै गर्दा करीब साढे ३ वर्षसम्म समय दिए । 

त्यसपछि मास्टर्स अध्ययन गर्ने रहरले पुनः सिंगापुर पुगे । 

मास्टर्स सकेपछि भने उनले आफ्नो व्यावसायिक यात्रालाई थप विस्तार गरे । 

भूकम्प जानुअघि अर्थात् २०७१ को अन्तिमतिर उनी आफ्नो उच्च शिक्षा सकेर स्वदेश फर्किए । 

त्यसपछि उनको व्यावसायिक यात्राले बाटो समात्यो । 

२०७२ मा उदीप पुरानो विरासत ओगटेको पञ्चकन्या ग्रुपको कार्यकारी निर्देशक बने । 

पञ्चकन्या ग्रुपमा यात्रा थालेसँगै उदीपले हजुरबुवाको लिगेसीलाई मात्रै बोकेनन्, नयाँ–नयाँ क्षेत्रमा आफ्नो व्यापारिक यात्रा समेत अगाडि बढाए ।

००००

भूकम्प गएकै आसपासमा उनले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । 

त्यतिखेर पञ्चकन्या ग्रुपमा धेरै कामहरू सिस्टममा भएको थिएन । 

भूकम्पपछि उनले सिस्टम बसाले । साथै बजारबारे बढीभन्दा बढी जानकारी संकलन गरे ।

‘प्रोफेसनल हुनका लागि त्यही अनुसारको इन्फरमेसन हुनुपर्छ, हामीले त्यसपछि इन्फरमेसन लिने, बजारबारे थप जानकारीहरू संकलन गर्ने काम गर्‍यौँ,’ उनले भने ।

भूकम्पपछि पञ्चकन्या ग्रुपले ‘पीएसएस’ स्टील बजारमा ल्यायो । 

भूकम्पपछिको पूनर्निर्माणका लागि यो स्टीलको प्रयोग निकै भयो । 

उदीपले भने, ‘भूकम्पपछिको पूनर्निर्माणका लागि पीएसएस स्टीलको प्रयोग व्यापक भयो ।’

उनका अनुसार, भूकम्प गएको ४ महिनामा ग्रुपले यसको छुट्टै डिभिजन शुरू भयो । 

त्यतिखेर नै पीएसएस स्टील ४ सयभन्दा बढी घरहरूमा प्रयोग गरिएको थियो । 

त्यसपछि उदीप निर्माण कार्यलाई थप विस्तार गर्ने निष्कर्षमा पुगे । 

ग्रुपले निर्माण एजेन्टको पनि व्यवस्था गर्‍यो ।

पञ्चकन्या ग्रुपले भूकम्पपछि ट्यांकी पनि उल्लेख्य मात्रामा बेचेको छ । 

अहिले पञ्चकन्या ग्रुपमा सञ्चालनमा रहेका विभिन्न युनिटलाई अप्टिमाइजेसनको काम भइरहेको छ । 

उत्पादन क्षमता तथा गुणस्तरलाई प्राथमिकतामा राखेर काम भइरहेको छ ।

आफ्नै स्वामित्व

हजुरबुवाले शुरू गरेको व्यवसायलाई नै निरन्तरता दिइरहेका उदीपले नयाँ–नयाँ क्षेत्रमा हात हालेका छन्, जसमा उनी सफल पनि बन्दै गएका छन् । 

उदीपले आफ्नै सक्रियतामा भोल्भो गाडीको बिक्री शुरू गरे । 

यति मात्रै नभएर आफ्नो करिअरको शुरूआतमै डुकाटी तथा बेनेली मोटरसाइकलको बिक्री पनि उनले आफ्नै स्वामित्वमा अगाडि बढाइरहेका छन् । 

यस्तै ट्रेडिङ बिजनेसमा पनि उदीप अगाडि बढिरहेका छन् । 

अहिले पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक बनेका उदीपले ग्रुपलाई अगाडि बढाउनु त छँदैछ, आफ्नै स्वामित्वमा रहेका बिजनेसहरूलाई पनि अगाडि बढाइरहेका छन् । 

‘मुख्य कुरा समय व्यवस्थापन रहेछ । म बिहानैदेखि काममा फोकस हुन्छु । प्रायजसो फिल्डमै रहन्छु ।’

नयाँ उत्पादन बजारमा ल्याउने तयारी 

पञ्चकन्या ग्रुपले अहिले नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको छ । 

ग्रुपले विगत ४ वर्षदेखि नयाँ उत्पादन बजारमा ल्याएको थिएन । 

अब भने प्लास्टिक र स्टिल क्षेत्रमा नयाँ उत्पादन बजारमा ल्याउन लागिएको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

उनका अनुसार, निर्माण, स्टील्स, डन्डी तथा प्लास्टिकका केही नयाँ उत्पादन बजारमा ल्याउनका लागि अहिले काम भइरहेको छ । 

अबको केही महिनापछि नै ती उत्पादनहरूलाई बजारमा ल्याउने तयारी भइरहेको उनले बताए ।

युवा उद्यमीलाई प्रोत्साहन 

उदीप आफूले युवा उमेरमा नै व्यवसायमा हात हाले । 

अहिले उनी पञ्चकन्या ग्रुपमा मात्र सीमित छैनन् । 

उनले ‘स्टार्टअप उद्यमी’हरूलाई विभिन्न किसिमका सहजीकरणको काम पनि गरिरहेका छन् । 

उनी गत जेठदेखि नेपाली युवा उद्यमी मञ्चको अध्यक्ष बनेका छन् । 

उदीप भन्छन्, ‘सिकाइ नै मुख्य कुरा हो । मञ्चमा रहेर हामीले व्यावसायिक वातावरणबारे जानकारी दिइरहेका हुन्छौं ।’

युवा उद्यमीहरूलाई विभिन्न किसिमका सहयोग, प्रोत्साहन तथा सरकारको नीति बनाउने काममा समेत युवा उद्यमीमैत्री वातावरण बनाउन उनले पैरवी गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x